AnonymousUser

Logout

एमालेको टिप्पणी : देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न भयो

नेकपा एमालेले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न भएको टिप्पणी गरेको छ।

कांग्रेसलाई प्रचण्डको प्रस्ताव– माधवजीलाई राष्ट्रपति बनाएर जाऔँ

बालुवाटारमा बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रस्ताव गरेका हुन्।

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने माओवादीसहित तीन दलको सहमति, के गर्ला कांग्रेस?

माओवादीसहितका तीन दलबीच बिहीबार साँझ भएको माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमतिमा शुक्रबार कांग्रेसले दिने ‘राय’ राजनीतिक विकासक्रममा निर्णायक हुनेछ।

माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन माओवादी ‘सहमत’, कांग्रेसलाई मनाउने प्रयास

एमाले अध्यक्ष ओलीले केही दिनअघि राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माधव नेपालको नाम प्रधानमन्त्री दाहालसँग प्रस्ताव गरेका थिए। बुधबार दाहाल पनि सहमत भएपछि एकीकृत समाजवादीले सक्रियता बढाएको छ।

राष्ट्रपति निर्वाचन : अहिलेसम्म के भयो, अब के हुँदैछ?

पूर्व सहमतिअनुसार सत्ता गठबन्धनबाट राष्ट्रपतिमा एमाले उम्मेदवारलाई नै सघाउने कि कांग्रेसलाई समर्थन गर्ने भन्ने माओवादीको रोजाइले नेपालको आगामी राजनीतिक कोर्स निर्धारण गर्नेछ।

एमालेबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ? ओलीबाहेक कसैलाई थाहा छैन

एमाले अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट भावी राष्ट्रपति उम्मेदवारबारे पार्टी कमिटीमा छलफल चलाएका छैनन्। आफूले चाहेको पात्रलाई नै राष्ट्रपतिमा अघि सार्न प्रधानमन्त्रीसँग उनी एक्लै निरन्तर छलफलमा छन्।

चितवन–२ मा उपनिर्वाचन : रवि लामिछानेसँगै स्वर्णिम वाग्ले पनि चर्चामा

चितवन–२ मा हुने उपनिर्वाचन रास्वपा सभापति रवि लामिछानेका कारण जति चर्चामा छ, सम्भावित उम्मेदवारमा डा. स्वर्णिम वाग्लेको चर्चाले त्यसलाई थप रोचक बनाउँदै छ।

सुदूरपश्चिमबाट अस्थिर सरकारको बीजारोपण भएको हो?

अहिलेको अवस्थामा फेरबदल नभए सुदूरपश्चिममा कुनै सरकारले विश्वासको मत नपाउने र प्रदेशसभा नै विघटनसम्म पुग्न सक्ने जोखिम देखिन्छ। तर, मुख्यमन्त्री फेरिएसँगै परिस्थिति फेरिने आकलन पनि भइरहेको छ।

सत्ता समीकरण फेरिने चर्चा : के होला राष्ट्रपति निर्वाचनपछि?

राष्ट्रपति निर्वाचनमा ‘सहमतिको प्रयत्न गर्नुपर्ने’ माओवादी प्रस्तावसँगै तरंगित राजनीतिमा कांग्रेसले वर्तमान सत्तागठबन्धन भत्काउने र एमालेले जोगाउने प्रयत्न गरिरहँदा अबका एक महिना रोचक बन्ने देखिन्छ।

‘लाभका पद’ले जसलाई पटक–पटक पछ्याइरहन्छन्

मन्त्रिपरिषद्‍देखि विभिन्न सरकारी नियुक्तिमा पटक–पटक दोहोरिइरहने केही अनुहार हेर्दा लाग्छ, तिनलाई अवसर र लाभको पदले पनि ‘फुत्किन’ दिँदैन।

समीकरण बदल्नेसम्मको ‘तयारी’मा प्रधानमन्त्री दाहाल, कसको छ भरथेग?

रास्वपालाई पुनः गृह मन्त्रालय नदिने प्रधानमन्त्री दाहालको अडानमा 'स्वार्थको द्वन्द्व रोक्ने' तर्क पनि देखिन्छ। तर, पूर्वसहमति विपरीत एमालेबाट राष्ट्रपति बन्न नदिने रणनीतिपछाडि उनको शक्ति के होला?

मन्त्रालय कटौतीले उकास्ला प्रदेशहरूको गिर्दो साख?

‘झ्याल–झ्यालमा मन्त्रालय’जस्तो विकृत अभ्यासको विम्ब बनेका प्रदेश सरकारहरूले त्यसबाट पाठ सिकेरै हुनसक्छ, मन्त्रालय संख्या कटौती गर्न थालेका छन्। तर, गिर्दो साख उकास्न सुधारका धेरै काम गर्नुपर्ने छ।

नागरिकता लिएको ३ घण्टामा पार्टी सभापति, फेरि स्वार्थ बाझिने गृह मन्त्रालयमै दाबी

आइतबार तीन घण्टामा तीनपटक बसेको रास्वपा केन्द्रीय समिति बैठकले रवि लामिछानेलाई पार्टी सदस्यता दिँदै पुनः सभापति चुन्यो। र, स्वार्थ बाझिने गृह मन्त्रालय ‘कुनै हालतमा नछाड्ने’ अडान राख्यो।

रविको नागरिकता कायम नरहेको सर्वोच्चको ठहर, गयो सांसद, मन्त्री र पार्टी सभापतिको पद

सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेले प्रयोग गरेको नेपाली नागरिकताको कानूनी हैसियत कायम नरहेको ठहर गरेको छ।

राष्ट्रपतिमा खोजी भइरहेको ‘स्वीकार्य’ अनुहार

नयाँ राष्ट्रपति चयनमा ‘राष्ट्रिय सहमति’ भनेर प्रधानमन्त्री दाहालले चलेको चालका पछाडि अरू धेरै रणनीति हुन सक्छन्। प्रमुख उद्देश्य भने ‘भित्र र बाहिर’ सबैतिर स्वीकार्य हुने अनुहारकै खोजी देखिन्छ।

४५ वर्षदेखि कम्युनिष्ट पार्टीमा, ओलीको विश्वासले जुर्‍यो अवसर

सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव छविलाल विश्वकर्मालगायत नेताले रुचि राखेका थिए। तर एमाले अध्यक्ष केपी ओलीले पहिलोपटक प्रतिनिधिसभाको सांसद निर्वाचित विश्वासपात्र घिमिरेलाई अवसर दिए।

जसको जहाँ स्वार्थ, त्यही मन्त्रालयको जिम्मेवारी

ठेक्कापट्टा गर्ने ‘क’ श्रेणीको कम्पनीका मालिक विक्रम पाण्डे निर्माणको काम गर्ने शहरी विकास र जापान श्रमिक पठाउने मात्र नभई रेमिट्यान्स कम्पनीसमेत चलाइरहेका डोलप्रसाद अर्याल श्रममन्त्री भएका छन्।

शोकमा पनि सत्ताकै सुर्ता : प्रधानमन्त्रीको ‘बालकोट परिक्रमा’, पाँच घण्टा ‘लन्च मिटिङ’

यती एयरलाइन्सको विमान दुर्घटनापछि आफैँले शोक घोषणा गरेको दिन, सोमबार प्रधानमन्त्री दाहाल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग ‘लन्च मिटिङ’ गरे। सत्ताको सकस मिलाउन पाँच घण्टा त्यहीँ बिताए।

दिवंगत श्रीमानको सपना साकार पार्न पाइलट बनेकी अञ्जु

पोखराको उडान सफल भएको भए को-पाइलट अञ्जु पाइलट बन्ने थिइन्। त्यसैले प्रशिक्षक पाइलट कमल केसीले उडान र अवतरण नियन्त्रण गर्ने बाँयातर्फको सिट उनैलाई छाडिदिएका थिए।

कांग्रेसको कदमले ‘सचेत’ एमाले

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले सत्तागठबन्धनभित्र खेल्न खोजेको निर्क्योलमा पुगेको गठबन्धनको प्रमुख घटक एमाले त्यसबाट सशंकित मात्र छैन, नेताहरूका भनाइमा ‘सचेत’ पनि बनेको छ।