टीकापुर घटनाका पीडितको सहानुभूति बटुलेर चुनावमा शक्ति बटुलिरहेको नागरिक उन्मुक्ति पार्टीले थारू समुदायको असन्तुष्टि संकेत गरेको छ। बेलैमा विचार नपुर्याए त्यो असन्तुष्टिको विष्फोट अकल्पनीय हुनसक्छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर उठाउँदै आएका पश्चिम सेती, मेडिकल कलेज निर्माण, बसपार्कदेखि सडक विस्तारलगायतका चुनावी अजेन्डा यसपटकको निर्वाचनमा पनि अघि सारेका छन्।
२०४८ सालको आम निर्वाचनदेखि २०७४ को पछिल्लो निर्वाचनसम्म नयाँ अनुहारलाई विजयी गराउँदै आएको कैलाली-१ ले हालसम्म कुनैपनि दललाई निरन्तर रूपमा जिताएको छैन।
२०४८ सालको आमनिर्वाचनदेखि २०७४ को पछिल्लो निर्वाचनसम्म नयाँ अनुहारलाई विजयी गराउँदै आएको कैलाली-१ ले हालसम्म कुनैपनि दललाई निरन्तर रूपमा जिताएको छैन।
कञ्चनपुर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस नेता एनपी साउद र एमाले नेता नरबहादुर धामीलाई चुनावी प्रतिस्पर्धाका लागि पार्टीभित्रकै समीकरण मिलाउने चुनौती देखिएको छ।
गएको स्थानीय तह निर्वाचनको मतका आधारमा कञ्चनपुर–३ मा कांग्रेस एक्लै अगाडि भए पनि दुई बागी उम्मेदवार र जिल्लामा दुई खेमाको अन्तरसंघर्ष रमेश लेखकका लागि अनुकूल नहुनसक्छ।
२०७४ सालको आमनिर्वाचनमा भूमिगत रहेरै फराकिलो जित हासिल गरेका रेशम चौधरी यसपटक प्रतिस्पर्धामा छैनन्। तर, श्रीमती रञ्जिता नयाँ दल खोलेर उम्मेदवार बन्दा सत्ता गठबन्धन र एमालेलाई चुनौती बनेकी छिन्।
यसपालिको निर्वाचनमा थरीथरीका अनुहार ‘माननीय’ बन्ने दौडमा छन्। त्यही पंक्तिमा सामेल केही ‘हाई प्रोफाइल’हरू पनि छन्, जो गम्भीर कसुरमा मुछिएर पनि अनुसन्धान नै नभएर उन्मुक्ति पाए।
डडेलधुराबाट आइतबार धनगढी झरेका कांग्रेस सभापति देउवा कैलालीका बागी उम्मेदवार तथा असन्तुष्ट कार्यकर्ता कसैलाई फकाउने र कसैलाई कारबाहीको चेतावनी दिएर कैलाली–५ मा नै किन केन्द्रित भइरहेका छन्?
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाले केही दिनअघि ‘हेलिकप्टर चढेर आउनेलाई मात्र जिताउन’ दिएको विवादास्पद भाषणको अन्तर्य बुझ्न देउवाको जन्मथलो रुबाखोला पुग्नुपर्छ।
२०६४ साल यताका हरेक आमनिर्वाचनमा शेरबहादुर देउवाको प्रमुख प्रतिस्पर्धी रहेको माओवादीले यसपटक कांग्रेसलाई सहयोग गर्दा अर्को ठूलो दल एमालेले पनि उम्मेदवारी नदिएर कांग्रेस बीपीलाई समर्थन जनाएको छ।
लोकतान्त्रिक अभ्यासलाई पार्टीहरूले गठबन्धनका नाममा मिलिजुली खाने बाटो बनाउँदा लोकतन्त्रको मर्म नै कमजोर बन्दैछ।
यसअघि सांसद बनेका व्यापारी र ठेकेदारले आफ्नो स्वार्थपूर्ति हुने खालका विधेयक बनाउन दबाब दिएका थिए। यसपटक पनि दलहरूले व्यापारी र ठेकेदारलाई महत्त्व दिँदा मतदाताको मत सदुपयोग हुने सम्भावना कति होला?
प्रत्यक्षमा कांग्रेस र माओवादी केन्द्रको मत कलम चिह्नमै पार्न संयुक्त घरदैलोलाई प्राथमिकता दिएको एकीकृत समाजवादीले समानुपातिक मत बढाउन एमाले समर्थकलाई फकाउने रणनीति बनाएको छ।
एमालेले मंगलबार काठमाडौंको पाँचतारे होटलबाट तामझामर्पूक सार्वजनिक गरेको चुनावी घोषणापत्र हेर्दा आकर्षक छ, अन्तर्यमा भने यसअघि सार्वजनिक ओलीका ‘सपना’हरू नै त्यसमा अनुमोदित भएका देखिन्छन्।
राप्रपासहितको विपक्षी गठबन्धनमा जसपालाई समेत सामेल गराउन सफल एमाले आगामी निर्वाचनमा स्थानीय तहको मत जोगाउने र सत्ता गठबन्धन दलका असन्तुष्ट कार्यकर्तालाई तान्ने रणनीतिमा छ।
सबै प्रमुख दलको समर्थनमा आपराधिक पृष्ठभूमिका दीपक मनाङ्गे मनाङ (ख)बाट निर्विरोध निर्वाचित गराइएको घटना एउटा दृष्टान्त हो। आगामी निर्वाचन राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण देखाउने ऐना बन्दैछ।
एमालेले ‘चुच्चे नक्सा’लाई अजेन्डा बनाउन चुनावी अभियान नै दार्चुलाबाट शुरु गर्ने भएको छ। खलंगामा कात्तिक १८ गते हुने सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने छन्।
सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियानलाई बन्देज गरेर आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथी 'शासन' गर्न थालेको भन्दै नागरिक अगुवाहरूले पनि विरोध जनाएका छन्।
सत्ता गठबन्धनभित्र निर्वाचनपछिको प्रधानमन्त्री को भन्ने प्रश्न टुंगो नलाग्दै माओवादी अध्यक्ष दाहालको सचिवालयले शुरू गरेको ‘क्याम्पेन’ले तरंग ल्याएको छ।