AnonymousUser

Logout

लप्चीबासीले मागे गोठालो जान ‘सीमा पास’

चौँरी चरनमा समस्या भएपछि लप्ची नाकाका स्थानीयले तीन दिन लगाएर सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ‘सीमा पास’ मिलाइदिन अनुरोध गरेका छन्।

साँगा–धुलिखेल सडक विस्तार ठप्प

आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार अदालतको उत्प्रेषण आदेशपछि उक्त क्षेत्रमा निर्माणाधीन संरचनाको कार्य रोकिएको हो। वैकल्पिक सडकमा हिलो र धुलोका कारण सवारी आवागमनमा सकस भएको छ।

कीचक वध उत्खनन:  २ हजार २०० वर्ष पुरानो भवनको संरचना भेटियो

पुरातत्त्व विभागले कीचक वधमा २०५८ सालमा पहिलो पटक उत्खनन गरेको थियो। यस पटकको उत्खनन सातौँ हो।

ठमेललाई चौबिसै घण्टा खुलाउने निर्णयप्रति स्थानीयको असन्तुष्टि

ठमेलका घरधनीको शनिबारको बैठकले यस क्षेत्रलाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।

अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध

फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि संखुवासभा र भोजपुर आवतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले जानकारी दिए।

 प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम, कृषिउपजको बजारीकरणमा राहत

पहिलो कार्यकालमा शुरू भएको दिगो सडक कार्यक्रमलाई जैमिनीले नमूनाका रूपमा कार्यान्वयन गरिरहेको नगर उपप्रमुख हरिहर शर्माले बताए।

जिल्लाभरका एसईई परीक्षार्थी एउटै कोठामा

केन्द्राध्यक्ष श्यामकृष्ण पन्तका अनुसार परीक्षामा प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला) दुई गरी ३९ जना सहभागी भएका छन् ।

पालिकाले बाँडेको उन्नत जातको मकै: घोगा लाग्यो, दाना लागेन

उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानले बताएका छन्। जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ। 

विद्यार्थीलाई व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्दै प्राविधिक शिक्षालय

शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा ‘टनेल’सँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुने गरेको छ।

लोकमार्ग छेउछाउमा बाक्लिँदै बस्ती

मध्यपहाडी लोकमार्गले जोडिएसँगै यातायातका साधन सञ्चालनले व्यापार, व्यवसायका साथै पूर्वाधार निर्माणमा सहजता थपेको छ। यसअघि निसीखोलाको माथिल्लो भाग सबै धानखेत थियो। धानखेत अहिले घर तथा भवनले भरिएका छन्।

अन्न उत्पादन घटेपछि तरकारीखेतीमा म्याग्दीका किसान 

मुस्किलले १२ हजार रुपैयाँ बराबरको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको किसानले बताएका छन्।

चिसापानीदेखि गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै

वि.स. २०५० अघिका दुई र ५० को दशकपछिका १२ गरी १४ वटा राजमार्गमा पर्ने जीर्ण पुल मर्मत भइरहेको महेन्द्रनगरस्थित महाकाली पुल योजना कार्यालयले जनाएको छ।

परम्परागत सीप सिकाउँदै हजुरआमाहरू

निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप पनौती बजारमा नै तीन वृद्धा आमाहरूसँग मात्रै छ। उक्त सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न तालिम आयोजना गरिएको हो।

चैते धान: मूल्य वृद्धि भएसँगै खेती गर्ने किसान पनि बढे

गत वर्ष तीन हजार २५० रुपैयाँ प्रतिक्विन्टल मूल्य कायम भएको चैते धान हाल चार हजार २५० प्रतिक्विन्टल पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

हजुरआमा र आमाहरू छोराछोरीसँगै एसईई दिँदै

श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्बाह नगरी विद्यालय आएको सुनाउँदै ५२ वर्षीया शोभा राईले पहिला कुरा काट्नेहरूले अहिले प्रशंसा गर्न थालेको बताइन्।

चोभार सुक्खा बन्दरगाहमा व्यावसायिक गतिविधि बढ्दै

काठमाडाैँको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ।

समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा

भूमिगत जलस्रोतबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले डिप-ट्युबेलका लागि किसानबाट निवेदन माग गरिनेछ।

कर्णालीका ५ जिल्लामा पोषणयुक्त चामल बिक्री शुरू

भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी पोषणयुक्त चामल उत्पादन गरिन्छ।

मधेश प्रदेशका सभामुख मण्डल ‘महामूर्ख’

सोमबार जनकपुरधामस्थित राममन्दिरको प्रांगणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो।

असिनापानीले म्याग्दीमा हिउँदे बालीमा क्षति

असिनापानीले हिउँदेबालीमा क्षति पुर्‍याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलनको तयारी थालेका छन्।