AnonymousUser

Logout

अधुरा खानेपानी आयोजना निर्माण गर्न ३ अर्ब लाग्ने

खानेपानी मन्त्रालयले अपूरा आयोजना सुधार गर्न वित्तीय स्रोतका लागि अर्थमा प्रस्ताव पेश गरेकोमा अर्थले वित्तीय स्रोत उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिएपछि दातृ निकायसँग आग्रह गरेको छ।

उदयपुरको कटारीमा फस्टाउँदै केराखेती 

केराखेती गर्न थालेपछि वन्यजन्तुबाट आजित हुननपरेको तथा परम्परागत अन्नखेतीभन्दा तेब्बरसम्म आम्दानी हुने गरेको किसान बताउँछन्।

पोखरा महानगरले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृंखला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखिएको छ।

चित्लाङमा दूध उत्पादनका लागि बाख्रा विकास गरिँदै

बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन गर्ने जातको बाख्रा विकास गरिरहेको छ।

‘वर्षमा १० जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन्।

बनेन सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल

हिउँदयाममा पानी कम हुँदा ट्याक्टर, एक्स्काभेटर, डोजर, बोलेरोलगायतका सवारीसाधनले जोखिम मोलेर कर्णाली नदी वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ। 

बाँकेमा कम्पोष्ट मलका लागि ढैँचाखेती

धानबालीलाई आवश्यक पर्ने कुल नाइट्रोजनको २५ प्रतिशत भाग ढैँचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदको भनाइ छ।

६२ करोड घटाएर ल्यायो वीरगन्ज महानगरले बजेट

वीरगन्ज महानगरको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा एवं स्वास्थ्य, सरसफाइ एवं वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार, डिजिटलमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।

पाँच हजारबाट व्यवसाय थालेकी मिनाकुमारीलाई अहिले माग पूरा गर्न हम्मे

मिनाकुमारीले स्थापना गरेको लेकाली राडीपाखी उद्योगले उनको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ।

इलाममा हट्दै आकासे पानीमाथिको निर्भरता

सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ।

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

सर्वदलीय बैठकले एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सवारी साधनलाई शनिबारदेखि असार २० गतेसम्म रोक लगाएको छ।

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल

वर्षा शुरू भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए।

बागमतीका ६ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत

नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको, ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले बताए।

भक्तपुरमा देखियो युरोपको रैथाने चरा 

गौँथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा नेपालको पहाडी भूभागमा पहिलो पटक देखिएको हो।

चितवनमा चैते धानको उत्पादन वृद्धि, मूल्य भने घट्दो

खैरहनी नगरपालिकामा यस वर्ष १४ हजार २७० मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान छ। गत वर्ष नौ हजार ८७६ मेट्रिक टन उत्पादन भएको थियो।

रहरले थालेको बाख्रापालन बीउको स्रोतकेन्द्र बन्यो

म्याग्दीका धनबहादुरले १३ वर्षअघि वैदेशिक रोजगारीलाई छाडेर स्थानीय जातका बाख्रापालन शुरू गरेका थिए। अहिले उन्नत जातका बोयर बाख्राको स्रोतकेन्द्र स्थापना गरेका छन्।

ताप्लेजुङमा बाढी पहिरोबाट ८१ परिवार विस्थापित

बाढी पहिरोबाट सिरीजंघा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

ब्रान्डिङ गरेर बजार पठाइँदै भकिम्लीको आलु

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुंगा कृषि फार्मले १०० रोपनी जग्गामा फलाइएको आलु ‘बेलढुंगा’ ब्रान्डमा बजार पठाउने तयारी गरिएको छ।

गरिबी दूर गर्ने भनी रोपिएको मसालाबाट किन त्रस्त छन् तराईवासी?

सपेता, भिक्स, मसाला पनि भनिने इक्युलिप्टिसले अक्सिजन प्रवाहमा खास योगदान नगर्ने विज्ञ बताउँछन्। अस्ट्रेलियाली जलवायुविज्ञ एलन रुटले पनि आफ्नो लेखमा यो पानीको स्रोतका लागि प्रतिकूल हुने जनाएका छन्।

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

लुक्लामा गत जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका छन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज र हेलिकप्टरले उडान भर्न नसकेका हुन्।