नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार मधेश प्रदेशमा विद्युत् चुहावट १५.२९ प्रतिशत रहेको छ।
श्रीमान्सँग सामान्य विवाद भएपछि अस्मिताले तीन र एक वर्षका दुई छोरीलाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ।
राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको हो। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षको करिब १०० धार्नी ऊन पनि बिक्री भएको छैन।
विश्वव्यापीकरण, शहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउँछन्।
बाँकेको नरैनापुर–३ गेगली गाउँका श्यामलाल पासीको घरमा झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्याका कारण भदौ १२ मा उनकी बुहारी उषा, १४ मा भाउजू शान्ति र १६ मा नातिनी नन्दनीको निधन भएको छ।
रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने उल्लेख छ।
म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलको भनाइ छ।
तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ।
भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रूपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ।
‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ भन्ने विश्वास गरिन्छ।
इकाई प्रमुख तेज विक्रम मल्लका अनुसार परम्परागत जातका स्याउका बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिन्छ।
सडकमा जताततै खाल्डाखुल्डी मात्रै छन्। पानी जमेर पोखरी बनेको छ। ठाउँ–ठाउँमा भत्किएर पैदल हिँड्नसमेत सकिने अवस्था छैन।
दैनिक रूपमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले क्षति पुर्याउने गरेका छन्। हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यो पर्याप्त नभएको स्थानीय बताउँछन्।
आफ्नै घरनजिकै बाँसको झ्याङ रहेको र अरूसँग किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि यो पेसामा लागेको धनबहादुर सुनाउँछन्।
नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरूको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारमा जोगीनाच प्रदर्शन गरिएको छ।
टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।
कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख रुपैयाँ लागतमा तीन वर्षअघि ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। रेखदेख एवं सञ्चालन गर्ने निकायको अभावमा टावर बेवारिसे बनेको छ।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइले सबस्टेसन सञ्चालनमा नआउँदा म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार कार्य प्रभावित भएको छ।
बागलुङमा दुई महिनायता शनिबार विद्युत् कटौती भइरहेको छ भने अन्य समयमा पूर्वसूचनाबिना विद्युत् कटौती हुँदा उपभोक्ता र उद्योगी मारमा परेका छन्।