नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसीसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनी बजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ।
चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ।
गर्मी बढेसँगै त्रिशूली नदीमा र्याफ्टिङ गर्नेको संख्या केही दिनयता बढेको छ। त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू पनि छन्।
हवाई फायर गर्दा पनि उत्तेजित भएर प्रहरीमाथि आक्रमण गर्न नछाडेपछि तीन राउन्ड गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पूर्वी एशिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु कोशी प्रदेश बाट उता फर्किएको मौसमविद्ले बताएका छन्।
माइक्रोवेभ टेक्नोलोजी आफैमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने अस्पतालले जनाएको छ। मेसिनबाट निस्किने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ।
पृथ्वी राजमार्गस्थित थर्पुबाट २५ मिनेटमा मनपाङ गाउँ पुगिन्छ। यहाँबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वी राजमार्ग, दमौली बजार तथा शुक्लागण्डकीका विभिन्न ठाउँको अवलोकन गर्न सकिन्छ।
गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी मंगलबार र बुधबार नगरभित्र विद्यालय बिदा दिइएको नगरपालिकाले जनाएको छ।
पाल्पाको रम्भा गाउँपालिकामा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो।
कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन्।
संक्रमण फेला परेको गोठको ५०० मिटर आसपासका किसानले पालेका १५० भन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ।
पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ।
तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जोगबुडा नदी र महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको कुतियाकवरबस्ती हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ। तटबन्ध निर्माण रोकिएपछि स्थानीय सुरक्षित स्थान खोज्न थालेका छन्।
बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो।
सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित कान्तालाल चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको थियो। लुटपाटको प्रतिकार गर्दा चौधरीको हत्या भएको प्रहरीले जनाएको छ।
मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी किरा फैलिएको छ।
ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ र जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारको फोहोर व्यवस्थापन हुन सकेको छैन। फोहोरका कारण बजारक्षेत्र दुर्गन्धित बनेको छ।
सरकारले चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८७९ रुपैयाँ तोकेको भए पनि किसान १ हजारदेखि १ हजार ८०० रुपैयाँमा बेच्न बाध्य भएका छन्।