टिपतालासम्मको मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए।
जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तन र मानवीय गतिविधिको अतिक्रमणले सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ। तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ।
दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन्। सडकले ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सहज भएको छ।
बाढीले घरखेत बगाएपछि चनौटे नयाँबस्तीका स्थानीय घरबारविहीन भएका छन्। उनीहरू पालिकाले दिएको त्रिपाल, खाद्यान्न र कम्बललगायतको साहरामा दिन बिताउँदै आएका छन्।
शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ। तर यस क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन।
हलेसीको संरक्षण, प्रवर्द्धन, भौतिक तथा पर्यटन विकासलाई ध्यानमा राखेर गुरुयोजना निर्माण शुरू गरिएको छ। पुरातत्त्व विभागबाट आएका भूगर्भविद्को टोलीले सर्वेक्षण गरिसकेका छन्।
बागलुङका १० स्थानीय तहमध्ये आठ तहलाई समेटेर ‘अलैँची जोन’ निर्माण गरिएको छ। १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन बनाइएको हो।
अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, रासायनिक मलको प्रयोग, जलप्रदूषण, पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्नेलगायत कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ।
साइबर बुलिङ गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्थासमेत विधेयकमा राखिएको छ।
हरेक वर्ष धान पाक्ने बेला आउने जंगली हात्तीको झुन्ड धान काटिसकेपछि जाने गरेको थियो, तर यसपालि अहिलेसम्म फर्केन नजाँदा स्थानीय असुरक्षित महसुस गरिरहेको छन्।
एपीजीले सम्पत्ति शुद्धीकरण निवारणका लागि कानूनी सुधार र संस्थागत क्षमता विकासमा उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोतसाधन परिचालन, अन्तर्निकाय समन्वयलगायतमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिएको थियो।
दूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता ती कम्पनीमध्ये एउटा चिनियाँ र नौ वटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन्।
चुरोट पिउने मानिसमा हृदयाघातको सम्भावना बढी हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन्। अहिले युवा अवस्थामै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटना पनि बढिरहेका छन्।
झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार ९८८ जना अपांगता भएका व्यक्ति छन्। अपांगता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या छ।
बसाइँसराइका कारण झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी बलेवाका ५२ किसानले कागती लगाएका छन्।
बसवरिया गाउँपालिका–३ नाकैमा मुसहर माझी बस्ती छ। उक्त बस्तीमा झण्डै ४५ परिवार मुसहर खरको झुपडीमा जसोतसो जीवन धानिरहेका छन्।
तिब्बत सरकारले टिपतालाबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्मको सडक कालोपत्र गरिदिन इच्छुक रहेको जनाएको छ।
कुखुरापालन क्षेत्रमा उन्नत प्रविधि भित्रिएकाले यो क्षेत्र आत्मनिर्भर बन्न सकेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा कृषक व्यावसायिक बन्दै कुखुरापालन क्षेत्रमा ठूलो लगानी गरेका छन्।
आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लागेको ५२ वर्षीय दुरजङ गुरुङको भनाइ छ। नयाँ पुस्तालाई प्रोत्साहन गर्दै भेडीगोठ जोगाउनुपर्नेमा उनको जोड छ।
यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुर्व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ।