AnonymousUser

Logout

अन्नपूर्ण आधार शिविरमा गुन्जियो ‘फ्रान्सेली संगीत’

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगका छोरा माथिएस हर्जोग नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले प्रस्तुति दिएको हो।

आज पनि यात्रुलाई सास्ती, सहमति भए पनि किन चलेनन् गाडी?

यातायात व्यवसायी र सरकारबीच सोमबार राति ६ बुँदे सहमति भए पनि आन्दोलन नरोकिँदा मंगलबार पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन्।

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति

गण्डकी प्रदेशले ल्याएको निर्देशिका स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायी पनि आन्दोलन फिर्ता लिन सहमत भएका छन्।

जलथल जंगलका दुर्लभ वनस्पति र जीव लोप हुने खतरामा

६ हजार १०० हेक्टर क्षेत्रफलको जंगलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व संकटमा छन्। यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो। 

तिंकरवासीलाई ६ महिनापछि घर फर्किन भारतीय भूमि र अनुमतिको भर

केही वर्षअघि तिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो। गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र अनुमतिको भरपर्नु परेको छ।

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष: हीरक महोत्सव मनाइँदै  

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा जेठ २२ गतेसम्म हीरक महोत्सव मनाइँदै छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा बिदा

भोटो जात्रा शुरू भएको यकिन मिति पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै शुरू भएको किंवदन्ती छ।

महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य

टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मात्रै सम्पन्न भएको छ।

मनसुन भित्रिएसँगै बाढीपहिरोको जोखिम

बिहीबार राति पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो। त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ।

माईखोलाको बाढी बस्ती पस्यो: सुगाबथानका २२ घर डुबानमा

मनसुन शुरू भएसँगै शुक्रबार राति भारी वर्षापछि माईखोलामा आएको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका छन्।

सुदूरपश्चिमको समृद्धिको ढोका: महाकाली करिडोर

दार्चुलाको तिङ्‌करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निर्माण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने स्थानीयको अपेक्षा छ।

खुम्बु क्षेत्रमा ८ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

खुम्बु क्षेत्रमा लेक लाग्ने, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो र स्वास्थ्यसम्बन्धी अन्य समस्याका कारण पर्यटकले ज्यान गुमाउने सगरमाथा आरोही विजय विश्वकर्माले बताउँछन्।

संरक्षणको पर्खाइमा भोजपुरको सेल्मे फलाम खानी

२०१३ सालयता बन्द रहेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ स्थित ‘सेल्मे फलाम खानी’ पुन: सञ्चानलका लागि स्थानीयले सरकारसँग माग गरेका छन्।

पूर्वाधार विकासले सुगम बन्दै बाँकेको सोनारी क्षेत्र

कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा दुर्गम क्षेत्रको रूपमा रहेको राप्ती नदी पारी अवस्थित बैजापुर, बिनौना र फत्तेपुर अहिले सुगम बनेको छ।

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकमा देखिएको सवारीसाधनको चाप कम हुने विश्वास लिइएको छ। 

बजेटमार्फत करमा के–के भयो फेरबदल?

नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट पाउने भएका छन्।

गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

जेठ १५ कै दिन नेपाली जनतालाई स्वतन्त्रता, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वाेच्चता प्राप्त भएको थियो। यो दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो।

लमजुङमा आगलागी, १ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार आगलागीमा परी दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको छ।

सुनसरीको तिरुपति काठ उद्योगमा आगलागी

बुधबार बिहान साढे दुई बजेदेखि लागेको आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

आयोजना बैंकमा निरन्तर छेडखानी : कानून लत्याएर बजेटमा मनोमानी

कानून मिचेर प्रोजेक्ट बैंकमा हुने छेडखानी र बजेटमा अनुकूलता खोज्ने परिपाटी भने हरेक वर्ष दोहोरिइरहेको मात्र छैन नियति नै बनेको छ।