AnonymousUser

Logout

मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

ग्वार्को ओभरपास निर्माण सम्पन्न, आजदेखि गाडी गुड्ने

ओभरपासको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ। ओभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्।

काठमाडौँबाट नेपालगन्ज गइरहेको बस बाढीले बगायो, यात्रु सकुशल

बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए। एक्साभेटरमार्फत उनीहरूको उद्धार गरिएको छ।

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

खल्लागोठ गाउँमा ९० परिवारको बसोबास छ। अधिकांश परिवारले गिट्टी, बालुवा चालेरै जीविका चलाउने गरेका छन्। 

दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास

२०७८ वैशाख २८ गते शुरू गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो। त्यहाँबाट संकलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ।

तनहुँका किसानलाई चैते धान थन्क्याउने चटारो

तनहुँका नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। त्यसमध्ये एक हजार ८०२ हेक्टरमा चैते धानसमेत लगाइन्छ।

वर्षाले नारायणघाट–बुटवल सडक अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

विनयी खोलाको डाइभर्सन बगाएपछि र दाउन्नेमा सडक चिप्लो भएका कारण बुधबार रातिदेखि राजमार्ग पुर्ण रूपमा अवरुद्ध भएको छ। 

मेसिन बिग्रिएपछि १ वर्षदेखि राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ सेवा प्रभावित

२०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएको थियो। त्यसपछि अस्पतालमा सिटीस्क्यान सेवा शुरू भएको थियो।

संघ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फर्छ्यौट हुनै सकस

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सरकारवादी मुद्दा संघीय सरकारको प्रतिनिधिले मात्र चलाउने व्यवस्था भएपछि वन तथा पैदावारसँग जोडिएको मुद्दा फर्छ्यौटमा समस्या देखिएको छ।

चैतेधानको उत्पादन बढ्दा मूल्य आधा घट्यो

बेलबारी–११, भाङबारीका किसान वीरेन्द्र खत्री भन्छन्, ‘भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, धानको भूसको मूल्य ८०० रुपैयाँ मन हुँदा चैतेधान ६०० रुपैयाँ छ।’

९ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक ९ वर्ष बित्दासमेत निर्माण सकिएको छैन।

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा विनयी खोलाको बाढीले डाइभर्सन नै बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेका छन्। उनीहरूको अवस्था सामान्य छ।

ठेकेदारको लापरबाहीले गोलबजार–लगडी–गदियानी सडक अलपत्र

सडक कालोपत्रका लागि २०७७ भदौमा ठेक्का लागेको थियो। २०७९ फागुनमा सक्नुपर्ने सडकको काम दुई पटक थपिएको म्याद सकिँदासमेत पूरा भएको छैन। ठेकेदार काम छाडेर हिँडेका छन्।

हुम्लाको उनापानीमा  आगलागीबाट ८ घर नष्ट, अझै नियन्त्रणमा आएन

आगलागीबाट मानवीय क्षति भएको छैन। सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ। 

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

किसानले पुराना बगानको संरक्षणसँगै धमाधम नयाँ बिरुवा रोपिरहेका छन्। अन्य बालीको तुलनामा बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानहरू सुन्तलाको व्यावसायिक खेतीतर्फ लागेका हुन्।

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर तालिम दिएइको छ।

‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’

सामान्यतया: जहाज ‘टेकअप’ र ‘ल्यान्डिङ’का बेला बढी पावर चाहिन्छ। अलिकति पनि सन्तुलन तलमाथि हुदाँ जहाज ‘स्टल’ हुन्छ। दुर्घटनाको प्रकृति हेर्दा जहाजले उड्नेबित्तिकै नियन्त्रण गुमाएको देखिन्छ।

भारतबाट अवैध रूपमा कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

नेपालमा ११८ ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन्।  कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए। 

कृषिमा रमाइरहेका रघुनाथ, दूध र मह बिक्रीबाट आम्दानी

जैमिनी नगरपालिका–८ छिस्ती फुर्केसल्लाका ६२ वर्षीय रघुनाथ पौडेलको कृषिकर्म साँच्चिकै लोभलाग्दो छ। आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा घाँसखेती। यसैबाट गाउँमा रमाइरहेको छ, पौडेल परिवार।