AnonymousUser

Logout

सुकेटार विमानस्थलमा असारयता उडान ठप्प

“मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। सुरक्षाको दृष्टिकोणले उडान रोक्नुपरेको हो,” स्टेसन इन्चार्ज कार्कीले भने।

ब्रान्ड बन्यो गुल्मीको ‘थोर्गेली गुड’

रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गास्थित गुड प्रशोधन केन्द्रले हालसम्म करिब २४ लाख ६० हजार रुपैयाँ बराबरको नौ हजार ७०० किलोभन्दा बढी गुड बेचिसकेको छ। 

नुवाकोटको ककनीमा बाढीले बगाएर १ जना बेपत्ता

ककनी गाउँपालिका-१ कागतीगाँउस्थित कोल्पु खोलामा शुक्रबार बिहान आएको बाढीले बगाएर ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन्।

रित्ता कक्षाकोठा रुँगेर बस्छन् म्याग्दीका सामुदायिक विद्यालयका शिक्षक

सुविधायुक्त भवन, दरबन्दीअनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका सदरमुकाम बेनीबजार आसपासका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बर्सेनि घट्दो छ।

सुदूरपश्चिममा बाह्रै महिना देखिन थाल्यो डेंगी संक्रमण

डेंगी संक्रमण चुनौतीका रूपमा देखापरेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। सन् २०२५ जनवरीयता सुदूरपश्चिम प्रदेशका १६७ जनामा डेंगी संक्रमण देखिएको छ।

म्याग्दीमा व्यावसायिक अरिंगालपालन

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिंगालको लार्भा निकाल्न सकिने बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले जानकारी दिए।

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको बिनाझ्यालको टहरो। त्यहीँ ओत लागेर बसेका छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु।

खोल्सामा आएको बाढीले बगाउँदा ललितपुरमा १ जनाको मृत्यु

ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा एक सबइन्जिनियरको मृत्यु भएको हो।

बाँकेको दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

वन व्यवस्थापन नहुँदा सालका पुराना रूख कुकाठमा परिणत भइरहेका थिए। चक्ला वनले वन व्यवस्थापनमा नयाँ पुस्ताका सालका रूखलाई हुर्किन उपयुक्त वातावरण तयार गरिरहेको बताइएको छ।

सेफ्टीक ट्यांकीमा डुबेर रौतहटमा २ बालबालिकाको मृत्यु

मंगलबार साँझ हृदय पासवानको घरमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टीक ट्यांकीमा डुबेका उनीहरूको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजार कार्टुन मात्रै हुने गरेको छ। 

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको छ।

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक–वित्तीय संस्थाले पाए थप १ वर्ष समय

बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जा प्रवाहमा कायम गर्नुपर्ने न्यूनतम सीमा पुर्‍याउने समय एक वर्ष थपिएको छ।

करेन्ट लागेर मुगुमा १० खच्चर मरे

विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा  खच्चरलाई करेन्ट लागेको थियो।

राष्ट्र बैंकको अध्ययन: यी हुन् मधेश प्रदेशका आर्थिक चुनौती

राष्ट्र बैंकले मधेश प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ।

कालीगण्डकी करिडोरको गुल्मीखण्ड ३ दिनदेखि अवरुद्ध

सडक ठप्प भएपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन्।

इरानमा रहेका नेपालीको भारतको सहयोगमा उद्धार गरिँदै

तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दै छ। यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ।

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।

चितवनमा सवारी दुर्घटना: सात जनाको मृत्यु, १८ घाइते

धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको कार ठोक्किएर दुर्घटना भएको हो। 

बागलुङमा १५ वर्षदेखि आयोजना अलपत्र, गाउँभर खानेपानी समस्या

गाउँमा २०६७ सालमा ओखरगैंडा खानेपानी आयोजना शुरू भएको थियो। घिनसिङ खोलाबाट लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो। तर त्यो योजना अहिलेसम्म पूरा भएको छैन।