कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ माम्ती, वडा नं ९ खहरे खोला र बिरुवाडाँडामा पहिरो र लेदोले सडक पुर्दा यातायात अवरुद्ध भएको छ।
सरकारको १ वर्षको अवधिमा अर्थतन्त्रका बृहत् सूचकमा सुधार देखिए पनि बजेट वक्तव्य र एनडेकका तथ्यले वित्तीय स्वास्थ्य, निजी लगानी, रोजगारी सिर्जना र पूर्वाधार निर्माणमा चुनौती यथावत् रहेको देखाएका छन्।
ड्रोनको सहायताले १० किलोमिटर वनक्षेत्रको निगरानी सहजै गर्न सकिएको र वन संरक्षणमा ठूलो टेवा पुगेको वन अधिकृतको भनाइ छ।
सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ।
ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुंगा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन्।
कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईंलाई महिनावारी भएको समयमा आँगन छेउमा रहेको गोठमा सुतिरहेको बेला सर्पले टोकेको थियो ।
स्थानीय राजस्व परामर्श समितिको बैठकले आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरेको छ। आलु बिक्रीका लागि असार १८ गतेदेखि सुपथ मूल्यको पसल सञ्चालनमा लाइएको छ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन्। दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन्।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो। बाँकी बेपत्ता छन्।
बागलुङ नगरपालिका–१० मा सञ्चालित होमस्टेमा जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती होमस्टे सुनसान भएका छन्।
वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि तथा कर्जा अधिकेन्द्रीकरण कम गर्न मौद्रिक उपाय र विवेकशील नियमनलगायत नियामकीय व्यवस्थामा तादात्म्यता कायम गरिएको गभर्नर पौडेलको दाबी छ।
विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेको अध्ययनको निष्कर्ष छ।
हालको हिमताल विस्फोटबाट अझ सतर्क हुनुपर्ने र तापक्रम वृद्धिका आधारमा समयमै पूर्वसूचनाका प्रणाली अपनाउन अत्यावश्यक देखिएको छ।
आगामी दिनमा भूउपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्वीरहरूले थप पुष्ट्याइँ दिन सक्नेछ। जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने जनाएको छ।
धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ।
महानगरले ट्यांकर तथा दमकमबाट पानी ल्याएर वितरण गरिरहेको छ। यसरी खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्थानीय बताउँछन्।
उपल्लो मुस्ताङको लोमान्थाङमा आएको बाढीले चारभन्दा बढी पुल र कल्भर्ट बगाएको छ। स्थानीय तहले कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
निर्माणाधीन अस्पताल भवन सम्पन्न नभइ सेवा शुभारम्भ गरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।
काभ्रेको बनेपा नगरपालिका– ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो।