AnonymousUser

Logout

जोखिममा भटौली खोलाको पक्की पुल

वर्षायामसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठूलो क्षति पुग्ने स्थानीयको भनाइ छ।

सुक्खा आँखाको समस्या बढ्दो, सावधानी अपनाउन सुझाव

आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या देखिएको भए सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

कानूनको अभावले बढ्दो विद्युतीय फोहोरको व्यवस्थापनमा समस्या

नेपालमा विद्युतीय फोहोर (ई-वेस्ट)को उचित व्यवस्थापनका लागि कानूनी व्यवस्थाको अभाव खट्किएको छ। यो समस्याले वातावरण र मानव स्वास्थ्य दुवैमा नकारात्मक असर परिरहेको सरोकारवालाले औँल्याएका छन्।

बाढीले पुल बगाएपछि खोटाङको फोक्सिङटारमा सामान ओसार्न ‘घिर्नी’को सहारा

फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि र त्यसको विकल्पमा जडान गरिएको अस्थायी बेलीब्रिज पनि झिकिएपछि अहिले सामान ढुवानी गर्न घिर्नी जडान गरिएको छ।

लोभ देखाएर बन्धक बनाइ मानब बेचबिखन गर्ने २ जना पक्राउ

भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

संरक्षणको पर्खाइमा ऐतिहासिक ठूलढुंगा

विसं १८२९ मा लमजुङे राजा वीरनारायणका पत्नीहरूले १४० मुरी खेतको गुठी, अन्न संकल्प गरी दान गरिएको अभिलेख यस ढुंगामा कुँदिएको छ।

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बाख्रापालन गर्दै आएका किसानले सामुदायिक वनका वनमारा फाँडेर घाँसखेती गर्न थालेका छन्।

जलवायु कदम ऐच्छिक नभएर कानूनी दायित्व हुने अन्तर्राष्ट्रिय अदालतको फैसला

जलवायु सन्धिहरू र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अब जीवाश्म इन्धनको प्रयोग घटाउनु, उत्सर्जन रोक्नु र प्रभावित मुलुकलाई सहयोग गर्नु राष्ट्रहरूको कानूनी जिम्मेवारी भएको अदालतले ठहर गरेको छ।

बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै

बागलुङमा अव्यवस्थित ग्रामीण सडक निर्माणका कारण बर्सेनि ८ लाख टनभन्दा बढी माटो बग्ने गरेको छ। यसको नियन्त्रणका लागि बायोइन्जिनियरिङमा ध्यान दिनुपर्ने एक अध्ययनले देखाएको छ।

पूर्वमन्त्री रायमाझीको मुद्दामा १८ गते पेसी

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको बकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ।

भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता

गए राति भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

फेवातालको पहिचान जोगाउन सक्रिय पोखरेली, जलकुम्भीलाई आम्दानीको स्रोत बनाउने योजना

फेवातालको सुन्दरता र अस्तित्व जोगाउन स्थानीय समुदाय र महानगरपालिका सक्रिय भएका छन्। प्रदूषण र अतिक्रमणबाट ताललाई बचाउँदै संकलित जलकुम्भीलाई अब आयआर्जनको स्रोत बनाइनेछ।

कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा

नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षमा हालसम्मकै उच्च बिन्दुमा पुगे पनि कुल निर्यातको आधा हिस्सा आयातित कच्चा भटमास र सूर्यमुखी तेलले ओगटेको छ।

विकेन्द्रीकरण माग गर्दै शिक्षक र विद्यार्थीले पारे‍ शैक्षिक गतिविधि ठप्प

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका सबै आंशिक क्याम्पसमा विकेन्द्रीकरण तथा स्वायत्तता पुनः लागू गर्नुपर्ने माग राख्दै १३ दिनदेखि विद्यार्थी र शिक्षक आन्दोलित हुँदा पठनपाठन ठप्प भएको छ।

बुटवल–नारायणगढ दाउन्ने सडकः १ वर्षमा ६३ पटक बन्द

वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटान तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बनिरहेको छ।

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका छन्।

एमाले पोलिटब्युरो बैठकबाट पारित भयो विधान संशोधन प्रस्ताव

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय राजनीतिमा फर्कने विषयमा छलफल भए पनि ठोस निष्कर्षमा नपुगिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

तेस्रो मुलुक निर्यात हुन थाल्यो नेपाली गलैँचा

संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा गलैँचा निर्यात हुन थालेको हो। उद्योगले यसअघि भारतमा मात्रै आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो।

मुस्ताङ आउने पर्यटक ५५.३ प्रतिशतले बढे

आर्थिक वर्ष २०८१/८२ मा आन्तरिकतर्फ पाँच लाख ५५ हजार ३२६ र बाह्यतर्फ एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन्।

पश्चिम नवलपरासीमा फैलिँदै लम्पीस्किन संक्रमण

नवलपरासीमा असारदेखि लम्पीस्किन संक्रमण देखा परेको हो। बर्दघाटमा देखिएको संक्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ।