AnonymousUser

Logout

घुम्न जाने होइन मिक्वाखोला लामपोखरी?

हरियाली डाँडाबीच रहेको अण्डाकार पोखरी र वरिपरिको हरियाली दृश्यले झनै सुन्दरता थपेको छ। पोखरीलाई स्थानीय शेर्पा समुदायले छोनासिङ पोखरी पनि भन्ने गर्छन्।

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको छ।

सप्तरीमा प्रहरीको गोली प्रहारबाट १ जनाको मृत्यु

भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो।

पर्यटक तानिरहेको बुकीपाटनमा गोठबासले सहज

महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठबास सञ्चालन गरेका हुन्। गोठबास सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको उनले बताए।

कृषि सामग्री कम्पनी भन्छ– मल छ, किसान भन्छन्– पाइएन

किसानहरूले सहकारीहरूले राजनीतिक आस्था र चिनजानको आधारमा मल वितरण गरेको आरोप लगाउँदै वितरण प्रक्रिया पारदर्शी नभएको गुनासो गरेका छन्।

‘कुलिङ पिरियड’ छानबिन प्रतिवेदन प्रतिनिधिसभामा पेश

संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी त्रुटि छानबिनका लागि गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ।

जीवनको उत्तरार्द्धमा एक्लिँदै वृद्धवृद्धा

वैदेशिक रोजगारी र शहरीकरणले परम्परागत संयुक्त परिवारको संरचना भत्काएपछि जीवनभर सन्तानको हेरचाह गरेका ज्येष्ठ नागरिक बुढेसकालमा गाउँघरमा एक्लै बस्न बाध्य छन्।

पहिरोले दाङ–सल्यान सडक अवरुद्ध

दाङ–सल्यानको सिमाना नजिकै पहिरो गएपछि मंगलबार बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको छ।

गाईघाटमा ट्रक दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको ट्रक सोमबार साँझ दुर्घटना हुँदा उदयपुर रौतामाई–७ का ७२ वर्षीय टंकबहादुर लामिछाने मगरको  मृत्यु भएको छ।

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोशी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिने गरी कानून बन्न लागेको हो?

प्रतिनिधिसभाको बैठकमा सांसदले बहुविवाहलाई कानूनी मान्यता दिने गरी विधेयकको मस्यौदा तयार भइरहेको भन्ने चर्चामाथि सरकारको जवाफ मागेका छन्।

हलेसी दर्शन गरेर फर्कंदै गर्दा माइक्रोबस दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनाग्रस्त माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ। मृतक र घाइतेको पहिचान हुन सकेको छैन।

वर्षाले गुल्मीका प्रमुख सडकहरू अवरुद्ध

वर्षाका कारण गुल्मीका प्रमुख सडकहरू कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार खण्ड अवरुद्ध भएका छन्।

कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा लगातार भएको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढेको छ। नदीको सतह बढेसँगै तटीय क्षेत्रमा जोखिमसमेत बढेको छ।

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौँ वैकल्पिक मार्गका रूपमा पनि प्रयोग हुँदै आएको छ।

गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

भोजपुरको पाँचधारे बजार पहिरोको जोखिममा

विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ।

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल ७ हजार प्रतिशतले बढ्यो

विदेशबाट कच्चा र अर्धप्रशोधित आयात गरेर सामान्य मूल्य अभिवृद्धिपछि निर्यात भइरहेका वस्तुको हिस्सा बढ्दै जाँदा नेपालका आफ्नै उत्पादनमा निर्यात भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।

संखुवासभामा बस दुर्घटना हुँदा १४ जना घाइते, १ को अवस्था गम्भीर

संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

म्याग्दीमा उत्पादित अकबरे खुर्सानीले पाएन बजार

बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वीपहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ। आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ।