गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको छ।
नेपालले बहुपक्षीयतामा विश्वास पुनर्स्थापना गर्ने, विभाजन घटाउने, जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्न पहल गर्नेछ।
नागरिक उन्मुक्तिले पार्टी अध्यक्षमा रेशम चौधरीका बुवा लालवीर चौधरीलाई चयन गरेपछि रञ्जिता श्रेष्ठले यो निर्णयलाई विधान विपरीत भन्दै कानूनी उपचार खोज्ने बताएकी छिन्।
कमला सिँचाइ आयोजनाले ठूलो क्षेत्रफलमा सेवा पुर्याए पनि हाल नदीमै पानीको सतह घटेका कारण नहरमा पर्याप्त प्रवाह हुन सकेको छैन। यस्तो अवस्थामा आलोपालो प्रणाली लागू गरिएको छ।
तनहुँमा उत्पादित कागती गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा बिक्री भएको थियो। यस वर्ष त्यहाँका व्यपारीले खरिद नगर्ने जनाएका छन्।
श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो जात्रा सञ्चालन हुने जनाइएको छ।
गत आर्थिक वर्षमा सरकारले कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। जसमध्ये ४ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ प्राप्त भएको छ।
सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौँ लगानीको ‘विष्णु भवन’ वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ।
हायू परिवारका १६ जनालाई पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छन्। त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्यांक छ।
नागपञ्चमीलाई वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरूको चाडबाडको याम शुरू हुने दिनका रूपमा पनि लिइन्छ।
संविधान कार्यान्वयनपछि धेरै संरचना खारेज भई जिम्मेवारी तल्लो तहमा हस्तान्तरण भए पनि अहिलेसम्म संघीय मन्त्रालयहरूले ती निकायको बेरुजुको भार खेपिरहेकाले यस विषयमा निकास खोज्नुपर्ने सचिवहरूले बताएका छन्।
सिन्धुलीका प्रमुख राजमार्गमा तीव्र गति, ट्राफिक नियमको बेवास्ता र जनचेतनाको कमीका कारण पछिल्लो एक वर्षमा ३० जनाभन्दा बढीको ज्यान गएको छ भने ५२२ जना घाइते भएका छन्।
वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको छ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि संघीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ।
पश्चिम चितवनको चनौली सबस्टेसनमा विद्युत् भार बढेपछि आलोपालो प्रणालीमार्फत व्यवस्थापन थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
सम्झौताअनुसार विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन्।
म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आइतबार बिहानदेखि आवतजावत अवरुद्ध भएको छ।
२०७२ सालमा निर्माण शुरू भएको आयोजनाको अहिलेसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ। आयोजना सम्पन्न नहुँदा स्थानीय आर्सेनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन्।