कोशी बराज हुँदै पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि समयमै व्यवस्थापन नहुँदा वर्षायाममा हिलाम्मे बनेको छ। जसले गर्दा स्थानीय, व्यापारी र दैनिक आवतजावत गर्ने यात्रुलाई समस्या भएको छ।
धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रतिनिधिसभामा दर्ता भएको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि १४ जना सांसदले ६६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
शुक्रबारसम्म २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत धान रोपाइँ भएको छ। पानी परिरहेकाले बाँकी किसानले पनि धमाधम रोपाइँ गरिरहेका छन्।
शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन्। लामो समयदेखि विद्यार्थी संख्या शून्य हुँदा पनि विद्यालय समायोजन गर्ने प्रक्रिया थालिएको छैन।
युवापुस्ता रोजगारी तथा अन्य कार्यमा व्यस्त रहने हुँदा पनि जनै तयार पार्ने सीप सिक्न हस्तान्तरण हुन सकेको छैन। बजारबाट खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ।
कोशी प्रदेश सरकारबाट विनियोजित २५ लाख लागतमा २०८१ मंसिरमा भवन निर्माण थालिएको थियो। निर्माणको क्रममा बजेट नपुगेपछि भवन अलपत्र परेको छ।
स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताएका थिए।
पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकैको सडकमा निरन्तर अवरोध हुँदै आएको छ।
वर्षायाम शुरू भएपछि पहिरोको डरले जाग्रम बस्नुपरेको धरान–३ का स्थानीयको भनाइ छ। पर्खाल निर्माण गरेर पहिरो रोकथामको प्रयास गर्ने उपमहानगरले जनाएको छ।
प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ। कुनै पनि निकायले पुनर्निर्माणमा चासो देखाएका छैनन्।
डहरे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।
गत वर्षको असोजमा गएको बाढीले जिल्लाका विभिन्न स्थानमा खानेपानी संरचना भत्काएको थियो। ती संरचना अस्थायी रूपमा टालटुल गरिए पनि समस्या भएको छैन।
लोकमार्गअन्तर्गत बिमिरे भञ्ज्याङमा पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।
अदालतले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको छ। बजारमा बिक्री नहुँदा भेडाको ऊन जंगलमै फाल्नुपरेको किसानको गुनासो छ।
सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि गाउँपालिकास्तरीय संघर्ष समिति गठन भएको छ।
यो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले गरेका थिए। अहिले फेरि ५१ वर्षपछि देखिएको हो।
पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका छन्। फौजी किरा, बाँदरलगायत विभिन्न जंगली जनावरलेसमेत मकैमा क्षति पुर्याउने गरेको छ।