AnonymousUser

Logout

गोरखाको एक्लो कुसुन्डा परिवार

२०३८ सालमा आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ। आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना ताजै छ।

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

सुदूरपश्चिमको आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा छ। कैलालीमा करिब ३३ प्रतिशत र कञ्चनपुरमा २० प्रतिशत मानिसको बसोबास छ।

चितवनका ३ जनामा जापानिज इन्सेफलाइटिस

बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। जसमध्ये एक जना सिन्धुली र तीन जना चितवनका छन्।

कमला नदीमा १४ वर्षमा पनि बनेन पुल

हुलाकी सडक हुँदै यात्रा गर्नेले नदी पार गर्न डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता छ। जसमा प्रतिमोटरसाइकल १०० र प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्छ।

पर्सामा उपचारका क्रममा कैदीको मृत्यु: छानबिन समिति गठन

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका साहलाई मंगलबार बिहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याइएको थियो।

खडेरीको संकट झेलेका पर्साका कृषकलाई मलको पिरलो

​​​​​​​पर्सामा किसानको मागअनुसार सरकारी अनुदानको मल उपलब्ध हुन सकेको छैन। सरकारले तोकेको कोटाले यहाँको कुल मागको ६० प्रतिशत मात्रै धान्न सक्छ।

बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

बासस्थान अतिक्रमणका कारण हात्ती मानव बस्तीमा पस्दा मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेको छ।

कुखुरामा देखियो ‘चिकेन एनेमिया’ भाइरस

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनले अध्ययनका क्रममा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि भएको छ। चितवनसहितका जिल्लामा पालिएका कुखुरामा यो रोग देखिएको हो।

बोडेमा शुरू भयो नीलबाराही नाच

नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र देवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

देशभर ९१ प्रतिशत धान रोपाइँ

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७ तथा सबैभन्दा कम मधेश प्रदेशमा ७६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

बर्खायाममा पनि रोकिएन कालीगण्डकी दोहन

कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ। स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले मध्यरातमा समेत बालुवा निकाल्ने गरेका छन्।

सप्तकोशीमा पानीको बहाव बढ्दो, १९ ढोका खोलियो

पूर्वीपहाडी तथा तराईका जिल्लाका विभिन्न स्थानमा पछिल्लो केही दिनयता निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढेको छ।

पहिरोले पर्वतको कोरुंगा गाउँ जोखिममा

केही वर्ष पहिलेदेखि शुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन्।

कैलाली कारागार घटना: अवस्था सामान्य बन्दै, तर मृतकका परिवारले शव बुझ्न मानेनन्

कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण परिस्थिति सामान्य बन्दै गएको छ। तर मृतकका परिवारले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै शव बुझ्न मानेका छैनन्।

भूमि विधेयकका संशोधित दफा अध्ययन गर्न सांसदलाई २ दिनको समय

भूमि विधेयकका केही दफा अस्पष्ट भएको भन्दै सांसदले अध्ययनका लागि समय मागेपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले साउन २७ गते पुनः छलफल गर्ने निर्णय गरेको छ।

गण्डक नहरमा अतिक्रमण र भारतले कम पानी छाड्दा रौतहटका किसान समस्यामा

बाराको फेटाबजार नजिकै गण्डक नहरको किनारमा अतिक्रमण हुँदा र भारतले पनि सम्झौताअनुसार पर्याप्त पानी उपलब्ध नगराउँदा रौतहटका किसान मर्कामा परेका छन्।

गाईजात्राका अवसरमा काठमाडौँका टोलटोलबाट सांस्कृतिक झाँकी

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्राका अवसरमा नेवार समुदायले काठमाडौँका विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका छन्।

जनकपुरमा रेल र कार ठोक्किए

महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेल कारसँग ठोक्किएको छ। कारमा तीन जना सवार थिए। उनीहरूलाई सामान्य चोटपटक लागेको छ।

मूल्य बढेपछि अलैँचीखेती बिस्तारमा भोजपुरका किसान

अलैँचीको मूल्य प्रतिमत १ लाख २ हजार रुपैयाँसम्म पुगेपछि किसान उत्साहित भएका छन्। उनीहरू परम्परागत बालीलाई हटाएर अलैँची रोप्न थालेका छन्।

गाईजात्रा पर्व मनाइँदै

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ।