AnonymousUser

Logout

एमालेको राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट, अध्यक्ष ओली खलंगा आउँदै

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट शुरू गर्दैछन्। बिहान ११ बजे उनले खलंगामा अभियानको उद्घाटन गर्ने भएका हुन्।

माझी बस्ती : जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन सकेका छैनन्।

युरोपमा आगामी वर्ष ग्यासको अभाव हुनसक्ने

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोध स्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।

सुशासनबाटै मुलुकमा समृद्धि कायम हुन्छ : डा कोइराला

कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको बताउँदै नेता शेखर कोइरालाले यसमा शंका नगर्न आग्रह गरे।

लामो बिदा : विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

दशैँतिहार लगायतका विभिन्न चाडपर्वका कारण शिक्षणसिकाइमा देखा परेको ‘ग्याप’ले विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिएका छन्।

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

ओकेबाजेले पाल्पाका विविध समस्यालाई जापानी संघसंस्थाको सहकार्यमा समाधान निकाल्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ।

योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले २५ जनाभन्दा बढी समर्थकलाई लिएर घर दैलो गरेको भन्दै बिना मगर र योगेश भट्टराईसँग स्पष्टीकरण सोधेको छ।

संविधानको रक्षा गर्न गठबन्धन : डा कोइराला

नेपाली कांग्रेसका तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले संविधानको रक्षा गर्न गठबन्धनले जित्नुपर्ने बताएका छन्।

बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल

ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकर्षित बनाएको छ।

तिहारमा एकै जना किसानले बेचे सात लाखको सयपत्री

चितवनमा पाख्रिनले यो पेशा गरेको पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको शुरूआत गरेका थिए।

निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध एकैदिन ९ स्पष्टीकरण

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लंघनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए।

पाल्पामा चिच्याएर वर माग्ने मेला लाग्दै

हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ।

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ।

नारायणी नदीमा डुंगा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते

वनभोज खाएर फर्कँदै गरेका युवा चढेको डुंगा दुर्घटनामा परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्रमा सुजातालाई कत्तिको सहज?

हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नं १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेका थिए।

माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

माओवादीले घोषणापत्रमा किसान र मजदुरको प्रतिनिधित्व न्यूनतम १० प्रतिशत बराबर हुनुपर्ने ठहर गरेको छ।

जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली

कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन्। जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ।

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

केही समयअघि मिथिला क्षेत्रको मुख्य पर्व मानिने छठ अब नेपालकै राष्ट्रिय पर्व नै बनेको छ। काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता छठ मनाइँदै आइएको छ।

गोरखाको विकासका लागि प्रचण्डबाहेक अर्को विकल्प छैन : बाबुराम भट्टराई

डा. भट्टराईले मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताए।