AnonymousUser

Logout

चितवन गार्डेन रिसोर्टलाई तीन लाख जरिबाना गर्न सिफारिस

चितवन गार्डेन रिसोर्टमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि ३ लाख जरिबाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिएको छ।

खाद्य भन्छ– चाँडो धान किन्दा गुणस्तर नपुग्ने भएकाले ढिलाइ गरिइएको हो

धान काट्नेबित्तिकै किन्दा त्यसको चिस्यान बढी हुने र तौल पनि बढी हुने तर गुणस्तर भने नपुग्ने भएका कारण ढिलो गरी धान किन्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने

संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको मुख्यसचिव श्रीराम ढकालले बताए।

विदेश पुग्छ टोखाको चाकु

टोखामा उत्पादन भएको चाकुको नारायणघाट, पोखरा, बुटवल, विराटनगरसहितका शहर र नेपालबाहिर जापान, अस्ट्रेलिया लगायतका देशमा माग छ।

बागलुङमा २४ करोडको सुन्तला उत्पादन    

बागलुङमा सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ। तर, किसानले उचित बजार र मूल्य पाउन सकेका छैनन्।

पाँचपोखरी क्षेत्रबाट ५ क्विन्टल फोहोर संकलन

पाँचपोखरीमा भक्तजन र पर्यटकको संख्या बढेसँगै दुर्गन्ध पनि बढेको छ। त्यसैले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सफाइ अभियान सञ्चालन गरेको छ।

'क्याबिन क्रु'को करार नवीकरण सहमतिपछि नेवानिको उडान सञ्चालन

निगम व्यवस्थापन र क्याबिन क्रु संघबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनः सञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। 

तराईमा ८.५२ प्रतिशतले बढ्यो महँगी

केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत रहेको छ।

विश्वविद्यालय राजनीतिमुक्त हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त भएर प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन्।

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ।

कता हराए चिरबिर गर्ने भँगेरा?

मानव ढुंगेयुगबाट कृषियुगमा प्रवेश गर्‍यो त्यतिबेलादेखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकिँदै गएको पक्षीविद् भूपाल नेपालीको भनाइ छ।

आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

प्रतिनिधिसभाको दुइटै प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।

पाल्पामा कालीगण्डकी करिडोर निर्माण शुरू 

सार्वजनिक जग्गाका विषयमा स्थानीयसँग विवाद भएपछि तीन वर्षदेखि राेकिएकाे कालिगण्डकी करिडाेर निर्माण अघि बढेकाे छ।

खाद्यलाई धान बेच्न रातभर खुला आकाशमुनि

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि कैलालीका खरिद केन्द्रमा अत्यधिक भीड छ। किसानहरू दुई दिनसम्म लाइन लागेर धान बेच्न बाध्य छन्।

देशको नेतृत्व गर्ने अवसर पाए आउँदो पिँढीले सम्झने काम गर्छु : प्रचण्ड

अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भए पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने बताएका छन्।

चारतारे होटलको ‘किचन’ मा महिला सेफ

अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्स मात्र हुन्छन्, १६ वर्ष एक्लै किचनमा लडेर सेफको ठाउँमा आइपुग्न सफल भएकी छन् भोजकुमारी साह।

ढाका बुनाइबाट स्वरोजगार बन्दै महिला

ढाका कपडा बुनाइले बेरोजगार, विपन्न, फुर्सदिला महिलाका लागि स्वरोजगारको अवसर सिर्जना गरेको छ।

नारायणगढ–मुग्लिनखण्ड : १५ पुल बन्न अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा १५ पुल बनिरहेका छन्। त्यसलाई तीव्रता दिन पुस पाँचदेखि दिउँसो सडक बन्द गरी काम गर्ने तयारी रहेकाे आयोजनाले जनाएकाे छ।

दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत

दमक नगरपालिका र रेडक्रसले सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेका छन्।

काभ्रे बस दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।