AnonymousUser

Logout

सामाजिक सुरक्षामा समेटिँदै अनौपचारिक, स्वरोजगार र बिदेसिएका श्रमिक

नयाँ योजना कार्यान्वयनमा आएसँगै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका करिब ८२ लाख श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिने आकलन गरिएको छ।

विदेशबाट फर्केर गाईपालन

व्यावसायिकरूपमा उन्नत जातका गाई पालन गरेका दुधेनाका शशी बुढाथोकी वार्षिक १२ लाखसम्म बचत गर्छन्। २ जनालाई रोजगारी समेत दिएका उनी आफ्नो व्यवसायबाट खुशी छन्। ‍

अव्यवस्थित तार हटाउँदै विद्युत प्राधिकरण

प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बुढानीलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने जनाएको हो।

सांसदको सपथपछि मात्रै माओवादीले दलको नेता चयन गर्ने

सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने माओवादी सांसद माधव सापकोटाले बताएका छन्।

फरक भूमिका रुचाउने विपिन

चलचित्र ‘जात्रा’बाट दर्शकमा छाप छाडेका अभिनेता विपिन कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्। लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायत चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।

मधेस प्रदेशमा स्पष्ट छैन सत्ता समीकरण

निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ।

काँक्रो खेतीबाट आत्मनिर्भर बन्दै हुप्सेकोटका किसान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट–१ का किसानले परम्परागत खाद्यबाली छाडेर काँक्रोखेती गर्न थालेका छन्। उनीहरूलाई गाउँपालिकाले पनि सहयोग गरिरहेको छ।

राहदानीको ‘अपोइन्टमेन्ट डेट’ बुकिङ अब साढे ३ बजेपछि मात्रै

एकै समयमा धेरैले राहदानीको ‘अपोइन्टमेन्ट डेट’ माग गर्दा सर्भरमा चाप देखिएपछि राहदानी विभागले समय परिवर्तन गरेको छ। 

नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दिउँसो ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने भएको छ।

बागमती प्रदेशसभा : शपथको मिति तय गर्न सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभामा शपथग्रहणको मिति निर्धारण गर्न पुस ८ गते सर्वदलीय बैठकको आह्वान गरिएको छ।

लक्ष्यभन्दा १३.६३ प्रतिशत कम राजस्व संकलन, आयकर र भ्याट असुली बढी प्रभावित

विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताउँछन्।

धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन्।

स्थानीय तहमा रोजगार शाखा स्थापना गरिँदै

तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तर्क्रिया कार्यक्रममा श्रम र रोजगार शाखा स्थापना गर्ने घोषणा गरेको छ।

न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रम आवश्यक छ : कामु प्रन्या कार्की

न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कानुनमा संशोधन गरेर भए पनि न्यायाधीश नियुक्तिका लागि पाठ्यक्रम बनाउनुपर्ने जरुरी भएको बताए।

रोकिएको धरहरा पुनःनिर्माण अझै शुरू भएन

धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मंसिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्।

सांसदलाई नियमित गराउन संसद्‌मा राखिँदै विद्युतीय हाजिरी

संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जानेक्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो।

क्रेटको ६० रुपैयाँले बढ्यो अण्डाको मूल्य

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ३६० रुपैयाँ तोकेको छ। लगानी नै नउठ्ने भएपछि बढाउँन बाध्य भएको संघको भनाइ छ। 

गुल्मीकी विपना : जसले चिया बेचेरै दिनको ५ हजारसम्म कमाउँछिन्

गुल्मीकी विपना महतले पढाई र कामलाई सँगसँगै अघि बढाएकी छन्। उनी तम्घास बजारमा चिया बेचेर अन्तनिर्भर बनेकी छन्।   

पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्व परिवेषमा नै पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको भन्दै सजग रहन पत्रकारहरूलाई सुझाएका छन्।

वन मन्त्रालयले स्वीकृत गर्‍यो ‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको ईआईए

आयोजनाबाट सिन्धुपाल्चोकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलान्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने जनाइएको छ।