गीत–सङ्गीत राम्राे भएका फिल्मले कमाइ पनि राम्राे गरिरहेका छन्। तर, पछिल्लाे समय निर्माताले गीतमा लगानी कम गर्न थालेकाे सङ्गीतकारहरू बताउँछन्।
महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा पेस गरेका छन्।
ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण ज्येष्ठ नागरिकमा शुभकामना व्यक्त गर्दै उनीहरू ज्ञान र प्रेरणाका पुञ्ज रहेको बताएकी छन्।
आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि नआएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो।
भूकम्पले क्षति पुर्याएको नुवाकोटको ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा नयाँ गठबन्धन बनेपछि समाजवादीले यस्तो निर्णय गरेको हो।
महाकाली नदीको भुजेलाबाट दोधारा चाँदनी झोलुङ्गे पुलसम्म ३०० बढी विपन्न परिवार बालुवा र गिट्टी छानिरहेका छन्।
जैविक विविधता पार्कको प्रचारप्रसार गरेर भारतीय पर्यटक आकर्षित गर्ने सामुदायिक वन उपभोक्ता समूहको लक्ष्य छ।
गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात तथा अत्यधिक चिसो हुने २० जिल्लालाई तीन तहमा विभाजित गरी रकम वितरण गर्ने अख्तियारी प्रदान गरेको छ।
अन्नभण्डारका रूपमा चिनिने सुदूरपश्चिम तराईका कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने पहाडी जिल्लामा पनि बसाइँँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ।
पाण्डव र कौरवबीचको लडाइँपछि पाण्डव विजयी भएको दिनलाई स्मरण गर्दै सुदूरपश्चिममा भुवापर्व मनाउने चलन छ।
वीरगन्ज महानगरले घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क र ७० वटा सिँचाइ मिटरमा उठ्ने शुल्क भुक्तानी गर्ने योजना लागू गरेको छ।
तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवर्द्धन गर्न थालेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले केही देशमा संक्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थालाई निगरानी गरिरहेको बताएका छन्।
पूर्वी नवलपरासीको एउटा विद्यालयमा १३ जोडी जुम्ल्याहा पढिरहेको दुर्लभ संयोग भेटिएको छ। विद्यालयमा यस्तो संयोग जुर्नुलाई प्रधानाध्यापकले ऐतिहासिक भएको बताएका छन्।
एकै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हुनु दुर्लभ र गौरवको विषय भएको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयले जनाएको छ।
नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएसँगै नीजि अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ।
वालिङ नगरपालिकाले अन्य शिक्षक नपठाउँदा सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय वर्षदिनयता एकजना शिक्षकका भरमा चलिरहेको छ।
साबिकको ढुवानी भाडादरमा अहिले औसत आठ प्रतिशतले बढाएर लागू गरिए पनि व्यवसायी भने बढेको भाडादर अपुग रहेको बताइरहेका छन्।
बागमती प्रदेशमा दश प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७ महिला गरी कूल चार सय ८४ उम्मेदवारको धरौटी जफत भएको छ।