काेपमा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्।
मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा, टेबल अग्लो हुँदा छाप लगाउन र मत खसाल्न गाह्रो हुने गरेको अपाङ्गता भएका व्यक्तीकाे गुनासाे छ।
गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ।
जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्यो।
सेनाले निर्वाचन सुरक्षाका लागि ८३२ बम डिस्पोजन टोली परिचालन गरेको छ, १४३ टोली तयारी अवस्थामा रहेको जनाएको छ।
नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणले बताएको छ।
नेकपा माओवादीका अध्यक्ष दाहालले रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका छन्।
बिएएलएलबीकाे एक समूहमा ४० जना विद्यार्थी भर्ना लिने र शुल्क चार लाख रुपैयाँ लाग्ने पाेखरा विश्वविद्यालयले जनाएकाे छ।
विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत नमूना मतदान गरेकाे हाे। जसमा कोही विद्यार्थी उम्मेदवार, कोही मतदाता, कोही निर्वाचन कर्मचारीको भूमिकामा देखिएका थिए।
अस्पतालमा जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
निर्वाचनका बेला १७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जित निकाल्न सहज देखिन्छ।
अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीका कारण मतदाताले यस पटक उम्मेदवारका मुद्दालाई महत्व दिएका छैनन्।
निर्माणको क्षेत्रमा काम गर्न कठिन भएपनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको अनिताको अनुभव छ।
तलबसमेत नपाएर अलपत्र गरेका विवेकराज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशीकाे उद्धार गरिएकाे छ।
युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दाबी गरेको बताएको छ।
गृह मन्त्रालयले यौनिक तथा अल्पसंख्यक समुदायलाई नागरिकता दिए पनि निर्वाचन आयोगले मान्यता नदिएको संविधानसभा सदस्य सुनिलबाबु पन्तले बताए।
नेकपा एमाले अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पुर्याउन कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताएका छन्।
राजनीतिक दलले राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै आसन्न निर्वाचनकाे मुद्दा बनाएका छन्।
वृत्तचित्रमा जलवायु परिवर्तनले हिमालय क्षेत्रका महिला र बालबालिकामा पारेको असरलाई प्राथमिकताका साथ उठाइएकाे छ।