प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन्।
इजरायलबाट ल्याइएका दुई थान छपाइ मेसिनबाट वार्षिक ६० करोड अन्तः शुल्क स्टिकर छाप्न सकिन्छ।
तनहुँमा ५ वर्षको अवधिमा चितुवाको आक्रमणमा परी १४ जना बालबालिकाको मृत्यु तथा १९ जना घाइते भएका छन्।
म्याग्दीको मंगला गाउँपालिका–५ पोक गाउँकी १४ वर्षीया रिक्जना माझीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सतर्फ चार स्वर्ण जितेकी छन्।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले जानकारी दिए।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ केन्द्र स्थापना गरी राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको प्रक्रियालाई सहज बनाएको छ।
परिश्रम धेरै गर्नुपर्ने तर मूल्य कम पाइने भएकाले माटाको भाँडा बनाउने पेशा धान्न मुस्किल परेको कुस्मा नगरपालिका–८ का भीमबहादुर कुमालको भनाइ छ।
आफ्नै छोरीको हत्या गरेको आरोपमा बागलुङ जैमिनी–४ सर्कुवा बस्ने सायर दिन पक्राउ परेका छन्।
गुल्मीको रेसुंगा–१४ स्थित जन विकास माध्यमिक विद्यालयमा एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको छ।
राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेका आठ दलका सांसदका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू घोषणापत्रको अन्तिम तयारीमा लागेका छन्।
आठ वर्ष दक्षिण कोरियामा कफी प्रशोधन उद्योगमा काम गरेका पाल्पा रामपुर नगरपालिका–५ का प्रेमबहादुर सिंहले गाउँ फर्किएर कफीखेती गरिरहेका छन्। उनले कफी प्रशोधन उद्योग पनि स्थापना गरेका छन्।
डढेलो नियन्त्रणमा वन कर्मचारी र सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयले बताएका छन्।
मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकी छन्।
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।
नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो घटना रहेको कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा. डा. अनिल आचार्यले बताए।
दुर्घटनामा सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ललितपुरमा व्यवसाय गर्दै आएका चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ।
एकीकृत समाजवादी अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको बताएका छन्।