AnonymousUser

Logout

लुम्बिनी सरकारको बेरुजु ४ अर्ब, राजश्व संकलन २६ प्रतिशतले घट्यो

लुम्बिनी प्रदेश मातहत १८९ सरकारी निकाय र समितिसमेत अन्य १६ वटा संस्थाको गरी ५७ अर्ब आठ करोड १२ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो।

अव्यवस्थित घरटहरा भत्काउँदै तानसेन नगरपालिका 

ऐतिहासिक पाल्पा दरबार संग्रहालय वरिपरिका घरटहरा डोजर लगाएर हटाउन थालिएकाे हाे। मापदण्डविपरित बनेका घरटहरा हटाएपछि बजार व्यवस्थित हुने नगरपालिकाले जनाएको छ।

आज आमाको मुख हेर्ने दिन, काठमाडौँको मातातीर्थमा भक्तजनको घुइँचो

आमाको मुख हेर्ने दिनको अवसर पारेर काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेको घुइँचो लागेको छ।

लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ

यार्सा संकलन गर्ने समयअगाडि नै लुकीछिपी पाटन नछिर्न शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ। निकुञ्ज कर्मचारी र सेनाले सो क्षेत्रमा गस्ती गरिरहेका छन्।

काठमाडौँ महानगरभित्र पूर्वाधार निर्माण गर्दा ७ सर्त अनिवार्य

निर्माण कार्य गर्दा तोकिएको सर्त पालना नगरे पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने र अनधिकृत रूपमा राखिएका सामान उठाएर लगिने महानगरले जनाएको छ। 

उपनिर्वाचन प्रचारप्रसारमा हेलिकप्टर प्रयोग गर्न नपाइने

निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमतिविना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन आयोगले आग्रह गरेको छ।

चक्रपथको दोस्रो खण्ड पछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

आगामी दिनमा सरकारले चाहँदा चक्रपथमा मेट्रो रेल,  मोनो रेल वा अरू कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ।

दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक

गतवर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएपछि विद्यार्थीले विद्यालयमा तालाबन्दी नै गरेका थिए। अहिले सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ। 

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा ल्याउने सहमति 

चीन र नेपालका सुरक्षा निकायबीच भएको द्विपक्षीय बैठकमा कोरोना संक्रमणबाट सावधानी अपनाउँदै नाका खोल्ने सहमति भएको छ। 

ठेकेदारको लापरबाही : ७ वर्षमा पनि बनेन हापुरखोला पुल

सुर्खेतको एसपीए सूर्य जेभीले २०७५ चैतमा सक्ने गरी २०७३ असोजमा १० करोड ५० लाख रुपैयाँमा पुल निर्माणका‍े जिम्मा लिएको थियो। 

५ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी 

कृषि सामग्री कम्पनी लिमिटेडले आगामी वर्षका लागि मल खरिद गर्न तत्काल बजेट विनियोजन गरिदिन सरकारसँग अनुरोध गरेको छ। विगतमा बजेट ढिलो विनियोजन हुने गरेकाले मल अभाव हुने गरेको लिमिटेडको भनाइ छ।

लुम्बिनी प्रदेश मुख्यमन्त्रीले वैशाख ११ गते विश्वासको मत लिने

वैशाख ११ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए।

अन्नपूर्ण हिमाल आरोहणमा गएका एक भारतीय नागरिक बेपत्ता

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु अन्नपूर्ण हिमाल आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा चिप्लिएर बेपत्ता भएको बताइएको छ।

आलु महोत्सवमा बिक्यो ५ करोडको आलु

आलु गाउँको नामले परिचित हेमजामा भएको एक साता लामो आलु महोत्सवमा ५ करोड रुपैयाँ बराबरको ८० टन आलु बिकेको छ।

तनहुँको पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाइते

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन्। अन्य घाइतेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

भारतीय लगानीका अलपत्र ठेक्का तोड्ने सरकारको तयारी

भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ६-७ वटा ठेक्का तोड्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भारतीय पक्षसँग छलफल गरेका छन्।

पार्किङ स्थलमा विराटनगर महानगरले जोड्यो सीसी क्यामेरा, सडक किनारामा सवारी राख्न निषेध

विराटनगर महानगरले सडकमा हुने पार्किङलाई हटाएर व्यवस्थित पार्किङ स्थल बनाउन शुरू गरेको छ। अब विराटनका मुख्य चोक तथा बजारका सडक किनारमा गाडी राख्न पाइने छैन।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटाला गरेको अभियोगमा निर्देशक पौडलसहित ९ जनाविरुद्ध मुद्दा

निर्देशक पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक बिल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

राजकुमारी थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जी तथा नेपाली गाइडहरू मिङ्‌मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले अन्नपूर्णकाे आराेहण गरेका छन्।

तुलसीपुरका स्थानीय भन्छन्– उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन

तुलसीपुर उपमहानगरभित्र पर्ने ग्रामीण भेगका बस्ती अझै विकासको दृष्टिले पछि परेका छन्। त्यहाँका स्थानीयले पालिकाको सेवासमेत सहज रूपमा पाउन सकेका छैनन्।