AnonymousUser

Logout

ढिकी, जाँतोको संरक्षण गर्दै आमा समूह

परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर घुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित महतारे आमा समूहले संरक्षण थालेका छन्।

मृग ठानेर बन्दुक पड्काउँदा साथीको 'गयो ज्यान'

भोजपुरको टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएपछि शवलाई अखुवा खोलाको बगरमा पुरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।

हिमाली जिल्ला रसुवामा डेंगीका बिरामी

रसुवाको उत्तरतर्फ पर्ने हिमाली क्षेत्रमा डेंगीका एक बिरामी फेला परेका छन्। अहिले जिल्ला अस्पताल धुन्चेमा उनको उपचार भइरहेको छ।

अखाद्य सामग्री बेच्ने पसललाई काठमाडौँ महानगरले तिरायो डेढ लाख जरिबाना

काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्सलाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।

तटबन्धको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ का नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको खाल्डोमा डुबेर मृत्यु भएको छ। 

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलिफर्म’

बागलुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलिफर्म फेला परेको छ।

कालिकोटको एउटै गाउँमा ३११ जना बिरामी

बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ। 

मानव–वन्यजन्तु द्वन्द्व: ५ वर्षमा १९७ जनाको मृत्यु, ६० करोड रुपैयाँ क्षतिपूर्ति

वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु गाउँ बस्तीमा पस्ने गरेका छन्। यसबाट संरक्षित क्षेत्र तथा यसको वरिपरि बसोबास स्थानीयले मानवीय तथा आर्थिक क्षति बेहोरिरहेका छन्

ककनीको पानी हङकङ र मकाउ निर्यात

गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमुना स्वीकृत भएपछि ककनीस्थित वेभ नेपाल प्रालिले जेठदेखि निर्यात गर्न थालेकाे कम्पनीले जनाएकाे छ।

एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन

शुक्रबार साँझ हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो। लगत्तै अस्पतालले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ। 

बर्खामा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

दोधारा चाँदनीतर्फको तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन

छानबिन नटुंगिँदै पुनः खुलाइयो घोराही सिमेन्टको आईपीओ

धितोपत्र बोर्डले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार घोराही सिमेन्टको आईपीओमा परेको फर्जी आवेदन र शंकास्पद क्रेडिट रेटिङको अनुसन्धान टुंगिइसकेको छैन।

ललिता निवास प्रकरण: ४ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

बाढीले बगायो मेलम्ची र फट्टेको ह्युमपाइप, सवारी आवागमन ठप्प

फट्टेको ह्युमपाइप (पुल) क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन्। 

म्याग्दीको खानीगाउँमा फस्टाउँदै बाख्रापालन

२६ परिवारको बसोबास रहेको खानीगाउँका सबैले व्यावसायिक बाख्रापालन गरिरहेका छन्। गाउँको नाम नै ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ। 

देशभर डेंगी संक्रमण बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको छ।

२८ प्रतिशतले गर्छन् आफूखुशी एन्टिमाइक्रोवियल औषधिको प्रयोग

अध्ययनका क्रममा ४० प्रतिशत औषधि पसल अनुमतिपत्र लिएर, ४८ प्रतिशत औषधि पसल अरूको नाममा सञ्चालन र चार प्रतिशत दर्ता नभएर सञ्चालन भएको पाइएको छ।

एसईई परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ।

तनहुँको म्याग्देमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध

सडकभन्दा करिब १०० मिटरमाथिबाट खसेको सुक्खा पहिरोले म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि सवारी साधन डाइभर्सन गरिएको छ।

तनहुँको म्याग्देमा पहिरो गएपछि पृथ्वीराजमार्ग अवरुद्ध

सडकभन्दा करिब १०० मिटरमाथिबाट खसेको सुक्खा पहिरोले म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि सवारी साधन डाइभर्सन गरिएको छ।