शनिबार पशुपतिनाथको दर्शन गर्न गएका प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिंग महाकालेश्वरबाट ल्याएको जलसमेत चढाएका छन्।
पुस्तकमा वांमय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीबारे लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ्क, समाचार र कविता समेटिएका छन्।
संरक्षण अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला क्षेत्रका ऐतिहासिक, प्रचीन लोकनाच लोप हुने अवस्थामा पुगेका छन्। यी नाचमा आश्रित कलाकार पलायन भएका छन्।
एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको संख्या न्यून थियो, तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ।
टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताइन्।
बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि व्यास नगरपालिका–८ सोतीबेँसीका २० जना कृषकले २०० रोपनी जग्गामा बेसार खेतीको शुरूआत गरेका छन्।
लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिका कारण जनताको सार्वभौमसत्ता सम्पन्न संसद्मा पछिल्लो समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी आलोचना हुन थालेको छ।
मन्दिर परिसर वरपर ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ। फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै गाडीबाट इच्छाकामना मन्दिर पुग्न सकिन्छ।
ग्रामीण सडकबाट बर्खामा भल र लेदोसहित आउने माटोले कालोपत्र भएको लोकमार्गलाई क्षति गर्ने गरेको छ भने सडकभन्दा तलका धेरै बस्ती विस्थापित भएका छन्।
मार्सी चामलको माग देशभर बढिरहेको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ। त्यसैले पछिल्लो समय कृषकहरू पनि यसको खेतीप्रति आकर्षित हुन थालेका छन्।
लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम रहेमा लू चलेको मानिन्छ। दुई सातादेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ।
प्रक्षेपण प्रतिवेदन सार्वजनिक गर्दै ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनः उत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताएका छन्।
सांसदहरूले विगतका वर्षजस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका रहेको धारणा राखेका छन्।
ढोडेनीका १५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ। दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो। तर, अहिले उक्त पानी आउन छाडेको छ।
बागलुङको ढोरपाटन गरेपालिका–६, ७, ८ र ९ मा २०७७ भदौमा आएको बाढीले १३१ घरमा क्षति पुर्याएको थियो।
नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको पशु सेवा विभागले जनाएको छ। तराइदेखि हिमाली जिल्लासम्म नै यसको प्रकोप फैलिएको छ।
आगामी असार मसान्तसम्ममा एकीकृत कारोबार शुरू गरेमा तोकिएको क्षेत्रगत कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने राष्ट्र बैंकले जनाएको छ।
माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ।
२५ किमी सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रियामा लागिएको पर्वतस्थित मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालयले जनाएको छ।