AnonymousUser

Logout

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेको जवाफ- बजेट गोरखा केन्द्रित छैन

धेरैले गण्डकी प्रदेशको बजेटलाई ‘गोखरा बजेट’ भनेर टिप्पणी भइरहँदा आफ्नो गृहजिल्लाका नागरिकले भने बजेटबारे गुनासो गरेको मुख्यमन्त्री पाण्डेले बताए। 

नयाँ आवधिक योजनाका लागि राष्ट्रिय योजना आयोगले माग्यो प्रदेश आयोगसँग सुझाव

सिंहदरबारस्थित योजना आयोगको हलमा बुधबार भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरूसहित जिसस, नगरपालिका र गाउँपालिका महासंघका पदाधिकारी पनि सहभागी थिए।

घरेलु मदिराको ‘ब्रान्डिङ’ कति सहज?

कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन्। गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर कानूनी मान्यता दिने घोषणा गरेका छन्।

बेनी–जोमसोम सडकमा दुई हप्तामै जोडियो बेलीब्रिज

भुरुङखोलामा रहेको कल्भर्ट बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक तथा तीर्थयात्री समस्यामा परेका थिए। बेलीब्रिज सञ्चालन भएपछि सहज भएको छ।

चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण, आहारा व्यवस्थापनमा चुनौती

बजेट अभावका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको गौशाला व्यवस्थापन समितिको भनाइ छ। भजनी नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेका छन्। 

गुगल, फेसबुक, माइक्रोसफ्टसहित ६ विदेशी कम्पनी नेपालको कर प्रणालीमा दर्ता

चालु आर्थिक वर्षको आर्थिक ऐनले ‘गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाइ असुल गरिनेछ’ भनी व्यवस्था गरेको थियो।

विपद्को सूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड

प्राधिकरणले विपद् जोखिमका विषयवस्तुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न ‘विपद् संवाद’ आयोजना गर्दै आएको छ।

राष्ट्रियसभामा खर्च कटौती प्रस्ताव पेस

राष्ट्रियसभा सदस्यहरू इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले बजेटमाथि खर्च कटौती प्रस्ताव पेस भएका छन्।

कंक्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

खहरे गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ। सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर कंक्रिटका नयाँ घर भवन बनिरहेका छन्।

एसईई नतिजा केही दिनमै प्रकाशन गर्ने तयारी, नतिजा पद्धतिबारे निर्णय गर्न बोर्ड बैठक बस्दै

उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको र असार २१ गतेसम्ममा एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डले जनाएको छ। 

पर्याप्त वर्षा नहुँदा मधेश प्रदेशमा नौ प्रतिशत मात्र रोपाइँ

अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन। समयमा वर्षा नहुँदा र सिँचाइको पनि सुविधा नहुँदा मधेशमा करिब ९० प्रतिशत खेतमा रोपाइँ भएको छैन।

पोखराको मासु पसल व्यवस्थित गरिँदै, मापदण्ड पूरा गरेकालाई एकै प्रकारका साइनबोर्ड

पोखरामा सानाठूला गरी करिब ६०० मासु पसल रहेको महानगरको तथ्यांक छ। सबै मासु पसललाई मापदण्डभित्र आउन समय दिइने र नआउनेलाई बन्द गराउने महानगरले जनाएको छ।

कोशीमा प्रदेश प्रमुखद्वारा बिहीबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।

मिटरब्याज पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभा छलफल

सांसदहरूले सर्वसाधारणलाई वित्तीय पहुँचमा सहजता बनाउँदै मिटरब्याज पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानून व्यवस्था गर्न माग गरेका छन्।

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंह मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न हुन्थ्यो। पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो।

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग   

हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा ताप्लेजुङमा मानवीय संकट आउन लागेको भन्दै तत्काल बेलीब्रिज निर्माण गर्न माग गरिएको छ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

पहिरो खस्ने क्रम नरोकिएपछि गत बिहीबारदेखि पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक १० हजार सवारीसाधन आउजाउ गर्छन्।

मुस्ताङ जाने विदेशी पर्यटकको छायामा बागलुङ

पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ। 

रौतहटमा आमाछोरी मृत भेटिए, हत्या गरिएको आशंका

मृतक कविताका श्रीमान् धीरेन्द्र शाह र ससुरा नागेन्द्र घटनापछि फरार छन्। सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिबानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, शेयर र अन्य सम्पत्ति जफत हुने फैसला भएको छ।