AnonymousUser

Logout

हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

चितवनको माडी नगरपालिकाले बाँदरझुलालाई वडा नं. १० बनाउन सिफारिस गरे पनि संघीय सरकारले त्यसबारे निर्णय गरेको छैन। हुँदै नभएको वडा नं. १० मा स्यालोट्युवेल जडानका लागि संघीय सरकारले बजेट पठाएको छ। 

बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। आमाबुवासँगै विद्यालय जाने उमेरका बालबालिका पनि उक्त काममा जुटेका देखिन्छन्।

‘रगत अभावमा कोही मर्न नपरोस्’

विश्व स्वास्थ्य संगठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन जनसंख्याको दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ। तर,  नेपालमा ०.८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको तथ्यांक छ।  

पर्यटन प्रवर्द्धन गर्ने योजना: आकर्षक र नौला झोलुंगे पुल निर्माणलाई प्राथमिकता

सरकारले केही वर्ष पहिले बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको थियो। यो बीचमा पिलर नहुने (सस्पेन्डेड) एशियाको पहिलो पुल भएको दाबी गरिएको छ।

बाढीले पुल बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि सवारी आवतजावत बन्द भएको छ।

पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग

लामो समयदेखि पाठ्यपुस्तकको मूल्यवृद्धि नभएको र कच्चापदार्थको भाउ दोब्बर भएकाले तत्काल मूल्य पुनर्विचारका लागि पहल गर्नसमेत संगठनले माग गरेको छ।

ट्याक्सीको वर्गीकरण गरिँदै, ‘लक्जरी’ ट्याक्सी चढ्न दोब्बर शुल्क

यातायात व्यवस्था विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरेको छ। 

चितवनका हात्तीवाङ र हपनी अझै विद्युत्‌विहीन, टुकीमा भरमा स्थानीय

चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत् उपयोग गर्न पाएका छैनन्। वडा नं १ र २ मा विद्युतीकरणका लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि ढिलो भएको हो। 

म्याग्दीको पोकगाउँमा ‘लिफ्टिङ’ प्रविधिबाट पानी, ५२ घरधुरी लाभान्वित 

हिउँदयाममा खेतीबाली लगाउन समस्या परेपछि 'लिफ्टिङ' प्रविधि अपनाइएको हो। अब समयमा नै धानको ब्याड राख्न पाइने र मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने स्थानीयको अपेक्षा छ। 

सहकारीका बचतकर्ताको २० करोडभन्दा बढी रकम ठगी

भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ।

अर्थमन्त्रीको स्पष्टीकरण : तीन जिल्लामा विनियोजित बजेट ठूलो होइन

अर्थमन्त्री डा. प्रकाशशरण महतले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको स्पष्ट पारेका छन्।

काठमाडौँ उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी काठमाडौँका डाँडामा पोखरी बनाउने र पार्कसमेत निर्माण गर्ने योजना बनाएको छ।

लम्पी स्किन महामारीका कारण चितवनमा बीमा कम्पनीले गर्नछाडे पशुको बीमा

चितवनका किसानले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै बीमा गरिएका पशुधनको मृत्यु भएको क्षतिपूर्ति रकम तुरुन्त पाउनुपर्ने र नयाँ बीमा पनि गरिनुपर्ने माग गरेका छन्।

पानी नपर्दा उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

कञ्चनपुरमा ८०० देखि १ हजार हेक्टर जमिनमा खेती हुने उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन छ। तर, यो वर्षा पानी नपर्दा खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

बनेपाको भैँसेपाटी क्षेत्रमा सडक विस्तारका क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले डोजर चलाउन तत्कालै रोक्न पुरातत्व विभागले जिल्ला प्रशासन काभ्रेलाई पत्र पठाएको छ।

सुडानमा २४ घण्टे युद्धविराम सकिएपछि पुन: झडप

गत अप्रिलको मध्यदेखि सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेजको नेतृत्व सम्हालिरहेका मोहमद हमदान डग्लोको समूहबीच भिडन्त भइरहेको छ।

भद्रपुरमा सन्थाल आवास निर्माणका लागि २ करोड बजेट, नगरपालिकामार्फत खर्च हुने

संघीय सरकारले दिने २ करोड बजेटबाट सन्थाल समुदायका लागि १०० घर बनाउन सकिने भद्रपुर नगरपालिकाले जनाएको छ। उक्त नगरक्षेत्रमा ६३४ घर सन्थाल छन्।

दाइजोका विषयमा विवादपछि महिलाको हत्या आरोपमा २ जना पक्राउ, घाटबाट शव बरामद

शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

चितवनको इच्छाकामना–१ का चेपाङ समुदाय तरकारी खेती र पशुपालनमा लागेका छन्। आर्थिक अवस्थामा सुधार आएको छ। बालबालिका नियमित विद्यालय जान थालेको गाउँपालिकाले जनाएको छ। 

खडेरीले खेतमै सुके मकै

चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। यससिजन भने घोगा लाग्ने बेलामा खडेरीले सुकेपछि अहिले किसान समस्यामा परेका छन्।