AnonymousUser

Logout

किसानलाई सधैँ सिँचाइ र मलको पिर

सिँचाइ अभावमा बागलुङका किसान अकाशे पानीका भरमा धान रोप्न बाध्य छन्। वैशाखदेखि असार पहिलो सातासम्म खडेरी परेकाले यसवर्ष रोपाइँ ढिला भएको छ। 

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्।

काठमाडौँको दृश्यावलोकन अब कमलादीको स्काइवाकबाट

काठमाडौँको कमलादीमा निर्मित स्काइवाक टावर शुक्रबारदेखि सञ्चालनमा आउँदैछ। टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। यहाँबाट ३६० डिग्रीमा  उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।

अझै खुलेन नारायणगढ–मुग्लिन सडक, वर्षा नरोकिएपछि पहिरो पन्छाउन ढिलाइ

पहिरो झरेर सडकमा थुप्रिएकाले पन्छाउन कम्तीमा सात घण्टा लाग्ने प्रहरीले जनाएको छ।

शुक्रबार ११ बजेसम्मका लागि स्थगित भयो कोशी प्रदेशसभा बैठक 

बिहीबार बेलुका प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ।

नयाँ सरकार गठनबारे कांग्रेससँग छलफल भएको छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कांग्रेससँग छलफल नभएको, दोस्रो तहका नेताबीचको कुराकानीबारे आफू जानकारी नरहेको बताएका छन्।

ललिता निवास प्रकरण : तीन आरोपीद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्च बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।

हरिशयनी एकादशी पर्व, तुलसीको पूजा गरेर मनाइँदै  

जेठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। 

भर्ना भएको ११ दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

गएको २ गते अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेस मेकर राखिएको छ। उनको अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन्।

सहकारी सञ्चालकले साढे ११ अर्ब हिनामिना गरेको सीआईबीको दाबी

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्मालाई रकम हिनामिना आरोपमा सीआईबीले पक्राउ गरेको छ। 

पूर्वी नेपालको कोसेली निगुरो

मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत  सामुदायिक वनमा निगुरो टिप्न बिहानदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। पूर्व–पश्चिम राजमार्गका यात्रुको रोजाइमा परेको छ, यहाँको निगुरो।

नवलपुरबाट वैदेशिक रोजगारमा गएका २८ जनाको एकै वर्षमा मृत्यु

विदेशमा अत्यधिक समय काम गर्ने, कार्यस्थलको असुरक्षा, तनावलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको छ। 

बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता

प्रमुख प्रतिपक्षी दलले बजेटको सूचना चुहावट भएको दाबी गर्दै बैठक अवरुद्ध गरेपछि जवाफ दिँदै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै

सडक सम्पर्क टुटेपछि यात्रु तथा बिरामी फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन्। ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालेको छ।  

इलामको माङ्सेबुङमा आगलागी: ८ घर जले

गएराति दुई बजे शुरू भएको आगलागी बिहान नौ बजेसम्म नियन्त्रणमा आएको छैन।

गाउँपालिकाको नारा: सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ

देशका मुख्य शहर काठमाडौँ, पोखरा, बुटवल र विराटनगरमा ‘बन्दीपुर घुम्न जाउँ’ अभियानसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गाउँपालिकाको योजना छ।

नक्कली शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार प्रतिवादी आशीष बुढाथोकीलाई प्रहरीले मण्डिखाटारबाट पक्राउ गरेको छ।

सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुलउपरको नीति कार्यान्वयनमा ल्याएको छ।

नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला

इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन्। एकपटक नौमती बाजा बजाएको रू २५ देखि रू ३० हजार लिने गरेका छन्। वर्षमा ६ महिनाजति व्यस्त हुने गरेको उनीहरू बताउँछन्।

नारायणगढ–बुटवल सडक: घाम लाग्दा धूलो, पानी परे  हिलो

सडक निर्माणको जिम्मा पाएको चाइना स्ट्रेट कर्पोरेसनले यो वर्ष वर्षा शुरू हुनुपूर्व धेरै स्थानका पुल निर्माण सम्पन्न गरी डाइभर्सन हटाउने दाबी गरेको थियो। तर, पटकपटक म्याद थप गर्दा पनि आयोजना सकिएको छैन।