महामारीका रूपमा देखा परेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन्।
माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ। घरभित्रै ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन्। आदिकवि भानुभक्त आचार्य जन्मिएको यो घर पुनः निर्माण गर्ने तयारी छ।
४० यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ। घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको छ। त्यसपछि भानुको १०८ फिटको विशाल मूर्ति बनाउने योजना छ। तर, यी काम अघि बढ्न सकेका छैनन्।
रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको छ। त्यसपछि भानुको १०८ फिटको विशाल मूर्ति बनाउने योजना छ। तर, यी काम अघि बढ्न सकेका छैनन्।
गाउँपालिकाले प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिएपश्चात् ताराखोलाको गाईघाट झरनामा पर्यटकको आगमनमा वृद्धि भएको छ।
कागजातहरू शंकास्पद देखिएकाे भन्दै असार २५ गतेयता कुवेत लगायतका देश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ।
बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।
प्रदेश सरकारले आगामी आवका लागि बजेट विनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
जोगबनी बजारबाट सामान ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक नहुने कारण सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता किनमेलका लागि भारतीय बजार जाने गरेका छन्।
सीताले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन्। चार सन्तानकी आमा सीतालाई साना छोराछोरी र श्रीमानको भूमिगत राजनीतिको सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो।
बाँकेको ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले २०६२/६३ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको थियो। शुरू भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुग्न थालेको छ।
गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुंगेघर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ।
२०७६ भदौ २५ देखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। २०२४ जनवरीदेखि पेट्रोल पनि पाइपलाइनबाट नै ल्याउने निगमको लक्ष्य छ।
पक्राउ परेका दुवै जनामाथि मन्त्रिपरिषद्को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ।
संकलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहोरबाट समेत मल उत्पादनको गरिनेछ। सुक्खा समयमा वनजंगलमा सुकेका पात संकलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने नगरको अपेक्षा छ।
एक वर्षअघि भारतको राजस्थानमा भएको मेलामा एक हजार ५०० किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको थियो।
स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुने अवस्थामा पुगेका छन्।
बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत मात्र ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।