AnonymousUser

Logout

महोत्तरीमा फैलियो ‘लम्पी स्किन’, सरकारले सहयोग नगरेको किसानको गुनासो 

महोत्तरीका १५ स्थानीय तहमध्ये अधिकांश तहमा लम्पी स्किन रोग फैलिएको छ। जिल्लाभर यस रोगबाट २० गाईगोरु मरिसकेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। 

न्युयोर्कको सडकलाई ‘तेन्जिङ नोर्गे शेर्पा’ नामकरण

सिटी काउन्सिलले अनुमति दिएपछि क्विन्स बोरो ७५ स्ट्रिटको ब्रोड वे र उडसाइड सडकलाई ‘तेन्जिङ नोर्गे शेर्पा’ नामकरण गरिएको छ।

सगरमाथा दिवस: पूरा भयो चुचुरोमा मानव पाइला राखेको ७० वर्ष

करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा ३०० भन्दा बढीको निधन भइसकेको छ। यो वर्ष वसन्त ऋतुमा मात्र ६०० भन्दा बढीले आरोहण गरिसकेका छन्।

सार्वजनिक संस्थान: २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेका ४४ मध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

नगरपालिकाले शुरू गरेको श्रमदान अभियानमा जिल्लाका सरोकारवालाहरू स्वतःस्फूर्त सहभागी भएका छन्। पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगरपालिकाले जनाएको छ। 

खडेरी र फौजी किराको प्रकोपले मकैमा क्षति

म्याग्दीमा गतवर्ष ११ हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३७ हजार ८१७ टन मकै उत्पादन भएको थियो। 

पदमार्गको आकर्षण: नेपालमा मात्र पाइने गुराँस मौरिस हर्गोज

दुई हजार ८८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार ५५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने पर्यटकलाई अन्नपूर्ण खोला वारिपारिका पाखामा फुलेको गुराँसले लोभ्याएको छ।

व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम हरिचौर बजार

बागलुङको पुरानो सदरमुकाम हरिचौर बजार क्षेत्रमा आवश्यक पर्ने विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ। सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ।

पर्यटक लोभ्याउँदै अन्नपूर्ण पदमार्गका मनोरम झरना 

पदमार्गमा फुतफुते झरना, पञ्च झरना, रातो झरनालगायत आधा दर्जन बढी झरना छन्। झरना र फेदीमा रहेका तलाउमा अधिकांश पर्यटकले तस्वीर र भिडियो खिचेर रमाउने गर्छन्।

बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनमा समस्या

बाघखोरमा फालिएको फोहोर खोलामा मिसिने गरेको छ। फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। आसपासका गाउँसम्म दुर्गन्ध फैलिएको छ।

कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै काठमाडौँ महानगर

वडास्तरीय राजस्व अनुगमनका संयन्त्र बनाएर महानगर राजस्व विभागले ३२ वटै वडा कार्यलयलाई पत्राचार गरेको छ। अनुगमनका क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गरिनेछ।

म्याग्दीमा घट्यो मह उत्पादन, मौरीमा कीराको प्रकोप  

म्याग्दीमा यसवर्ष १२ हजार किलो मह उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गतवर्ष १७ हजार ६०० किलो उत्पादन भएको थियो।

रातो मत्स्येन्द्रनाथको भोटो जात्रा देखाइँदै, काठमाडौँ उपत्यकामा बिदा

भोटो जात्रा शुरू भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन। किम्बदन्ती अनुसार मत्स्येन्द्रनाथको जात्रा भने करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको हो।

शिवशिखर सहकारी ठगीमा सुदूरपश्चिमका चार जिल्लाबाट कागजात संकलन गर्दै प्रहरी

संकलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको छ। सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा  खर्च गरेको छ।

शरणार्थी प्रकरण: प्रहरीको रायमाथि केही थपघटसहित अभियोजन गर्ने तयारी

साेमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन आठ सदस्यीय समितिले अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न २ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख रुपैयाँ ठगी भएको भनी ११३ जनाले २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका छन्।

काठमाडौँ महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौँ महानगरपालिकाले सिंहदरबारको पश्चिमगेट अगाडि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको छ।

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

चैतेधानलाई भन्दा वर्षे धानलाई महत्त्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकैखेती गरिँदै आएको स्थानीय सीता जिसी बताउँछिन्।

बजेट अभावले पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलका लागि अहिलेसम्म २७ करोड ७७ लाख ९१ हजार ८३९ खर्च भइसकेको छ।

व्यापारिक भवन बनाउन बिर्तामोडमा डोजर लगाएर खाली गराइयो हटिया

बिर्तामोड–५ स्थित बुधबारे हटियाका टहरालगायतका पुराना संरचना हटाएर नगरपालिकाले बहुतले बहुउद्देश्यीय व्यापारिक भवन बनाउने योजना अघि सारेको छ।