AnonymousUser

Logout

त्रिशूलीको बाढीले धादिङ र गोरखा जोड्ने झोलुंगे पुलमा क्षति: ९४ घरधुरी प्रभावित

पुलमा क्षति पुग्दा गण्डकी र बेनीघाट रोराङ गाउँपालिकाका किसानले तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्‍याउन पाएका छैनन् भने विद्यार्थी विद्यालय जान सकेका छैनन्।

ललिता निवास प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग सीआईबीले लियो बयान

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ।

कागबेनीका बाढीपीडितलाई तत्काल सहयोग पठाइने

गण्डकी प्रदेश सरकारले मुस्ताङको कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ।

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन जल मापन केन्द्र देवघाटले अनुरोध गरेको छ।

काठमाडौँ महानगरमा खुला दूध बिक्री गर्न रोक

पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको र यस्ता खानेकुराबाट हैजालगायतका रोग छिट्टै सर्ने भन्दै निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारीसमेत काठमाडौँ महानगरले गरेको छ।

दोलखामा बाढीपहिरोमा परी तीनको मृत्यु, चार जना बेपत्ता

दोलखाका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन्।

बबई नदीमा दाउरा संकलन गर्ने क्रममा बगेर तीन बेपत्ता

बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्।

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द, बिरामी यात्रु मर्कामा

हवाई मार्ग रोकिएपछि हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन्।

बेनी–दरबाङ सडकमा पहिरो, यातायात अवरुद्ध

म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन्।

मुग्लिन–पोखरा सडक विस्तार: दमौलीमा घर भत्काइँदै

यो खण्डमा ५०५ घरटहरा भत्काउनुपर्नेमा ३५० घरटहरा भत्काइसकिएको छ। जसको मुआब्जा २६ करोड रुपैयाँ निर्धारण भएको छ। 

अलैँचीको मूल्य बढ्यो, उत्पादन घट्यो

भोजपुरमा यसवर्ष अलैँचीको मूल्य प्रतिमन ६० हजारभन्दा माथि भए पनि उत्पादन ७० प्रतिशतभन्दा बढीले कमी आएको कृषकले बताएका छन्।

बँदेल र बाँदरबाट बाली जोगाउन मुस्किल

दैलेखका ११ वटै पालिकामा बाँदर र बँदेलले बालीनाली नष्ट गर्दै आएका छन्। तर, सरकारले न क्षतिको विवरण संकलन गरेको छ न त किसानलाई राहत दिने योजना नै बनाएको छ।

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्।

मतदानमार्फत जनप्रतिनिधिको मूल्यांकन गर्दै जनमत पार्टी

जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधिको अनुमोदन मूल्यांकन मतदानलाई ‘राइट टु रिकल’को आन्तरिक अभ्यासका रूपमा लिएको छ।

बागलुङमा हरेलो मेलाको तयारी: के हो हरेलो मेला?

हरेलोको दिन खेतमा पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ। हरेलो गरेपछि खेत जोत्न र रोपाइँ गर्नु हुँदैन भन्ने मान्यता पनि छ।

बेनी–जोमसोम–कोरला सडक आइतबारदेखि ५ दिन बन्द हुने

सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि यातायात बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।

भजनी र टीकापुरमा डुबान: खोइ दीर्घकालीन समाधान? 

कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकामा बाढी र डुबानको जोखिम उच्च छ। भजनीमा मात्रै एक हजार ८२२ परिवार विस्थापित भएका छन्। 

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार चिकित्सक पक्राउ

सीआईबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनील शर्मासहित विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत पाँच जना चिकित्सकलाई पक्राउ गरेको छ।

कैलालीका बाढीपीडितको सडकमा बास

उद्धारकर्ता खेमराज पाण्डे बाढीका कारण विस्थापितमध्ये गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बढी समस्या भइरहेको बताउँछन्।

भक्तपुर–नगरकोट सडकखण्ड : १० वर्षमा नवौँ पटक म्याद थप, सास्ती खेप्दै स्थानीय‍

प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने सडक हुँदै ओहोरदोहोर गर्ने यहाँका बासिन्दाले विगत १० वर्षदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडकबाट खेप्नु परेको सास्ती कम दर्दनाक छैन।