मनोज लावती नामका कैदीबन्दीलाई सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले वसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको छ।
नवलपुरको कावासोती–४ की पियारी गुरुङले आफ्नो नाममा रहेको सबै सम्पत्ति विद्यालयलाई प्रदान गरेकी छन्। उनको सम्मानमा नगरपालिकाले ‘पियारी गुरुङस्तम्भ’ निर्माण गर्ने योजना बनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई ओझेलमा पार्न ललिता निवास प्रकरण र यसलाई पनि ओझेलमा पार्न सुन प्रकरण सतहमा आएको कांग्रेस नेता शेखर कोइरालाको भनाइ छ।
कोरोनाका समयमा निर्माण शुरू गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न भएको छैन। गतहप्ता हावाहुरीले बाँकी भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको छ।
पाल्पाको रामपुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षणका लागि ज्येष्ठ नागरिकले नगर/वडा कार्यालय जानुपर्ने अवस्थाको अन्त्य गरेको छ।
बागलुङको गलकोट नगरपालिकामा आजभोलि विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन्। गाडी घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन्।
स्वास्थ्य मन्त्रालयले एक महिनाभित्र अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न र जुनसुकै समयमा औषधि प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गर्न निर्देशन दिएको छ।
नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर लोपोन्मुख अवस्थामा रहेको प्रशिक्षक विश्वास श्रेष्ठको भनाइ छ।
किसानले हरेक वर्ष रासायनिक मल अभावको समस्या भोग्ने गरेकाले यसको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।
पूर्वाधार विकास समितिले भौगर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न, काठमाडौँ उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकार भएका निकायलाई निर्देशन दिएको छ।
पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह नगर्नेहरू नवीकरण गर्न नआउनु भन्ने पार्टीको मान्यता रहेको कांग्रेस चितवन सभापति राजेश्वर खनालले बताए।
‘ब्लाइन्ड रक्स’ नामक संस्थाले १० दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर मिलाइदिएको थियो। सफलतामा पुग्न अपांगताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको हो।
निर्माण भएको लामो समयसम्म पनि कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडकमा सहज रूपले सवारी चल्न सकेका छैनन्। धुलो र हिलोका साथै सडक साँघुरो हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको छ।
गत वर्ष साउन १२ गतेसम्म देशभर ९० प्रतिशत धान रोपाइँ भएकोमा यो वर्ष ७७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।
तनहुँमा पढ्दै कमाउँदै र एक वडा एक उत्पादन कार्यक्रम लागू भएका गाउँपालिकामा विद्यार्थीले कृषि फार्म चलाउने गरेका छन्। विद्यालयको लगानीमा सञ्चालित फार्मको नाफा विद्यार्थीकै हुन्छ।
एमाले सचिव योगेश भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन्।
प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन्। राज्यको बढी लगानी पनि काठमाडौँ केन्द्रित छ। अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भने भइरहेकै छन्।
एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमा कुरुवा बस्न बाध्य छन्। कतिपय खेतबारी बाँदरकै कारण बाँझिएका छन्।
अपांगतामैत्री बनाउन माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ। माग सुनुवाइ नभए आन्दोलनको विभिन्न कार्यक्रम सञ्चालन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ।