भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
मिटर ब्याजीविरुद्ध अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी छ। कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको पनि पाइएको छ।
काठमाडौँको कन्टेक प्रालिले २०७८ पुसमा सुकेटारबाट काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का लिएको थियो। निर्माण समय सकिन आठ महिना बाँकी हुँदा उसले ११ प्रतिशत मात्रै काम गरेको छ।
दुईचोटि म्याद थप्दा पनि निर्माणाधीन संसद् भवनको प्रगति उत्साहजनक छैन। निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरका अनुसार हाल भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत मात्रै छ।
राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ छ।
शरदयामको शुरूआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्।
साउदीमा साहुको भेडा चराउने काम गरेका बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी अहिले आफैँ मालिक बनेका छन्।
यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएर राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो।
गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पादन गर्ने प्रयासमा लागेको दाहालले बताए।
विमानस्थल हुँदै ल्याएको सुन र विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ।
पर्यटकलाई सहज रूपमा ढोरपाटन ल्याउने उद्देश्यले सडक स्तरोन्नति थालिए पनि काम नसकिँदा यातायातका साधन गुड्न नसकेका स्थानीय बताउँछन्।
पाल्पामा भिण्डीको मूल्य प्रतिकिलो ५० देखि ५५ रुपैयाँ छ। यसले लागत पनि नउठ्ने किसानको गुनासो छ।
कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा छन्। परिवारका एकमात्र सन्तान कुशलको प्रदर्शनले विदेशमा रहेका उनी झनै खुशी छन्।
जिपमा सवार अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
सुन र सुन ल्याउने फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकिल कार्यालयबाट भएका निर्णयले सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको बताउँछन्।
थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।
कुनै बेला जनकपुर क्षेत्रमा प्रसिद्ध बाल मन्दिर पछिल्लो समय भने समस्याले घेरिँदै छ। आर्थिक अभावले शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन गर्न नसक्दा विद्यार्थी घट्दो क्रममा छन्।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।
सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५, मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ।