शनिबारदेखि बुधबारसम्म करिब दुई सयभन्दा बढी उडान स्थगित भएका छन्। लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्या भइरहेको बताउँछन्।
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कृषकले लगाएको उखुबाली जंगली हात्तीले सखाप पारेको छ। एकै रातमा आफ्नो डेढ लाख रुपैयाँको उखु नष्ट गरिदिएको स्थानीय रामकृष्ण रानाले बताए।
काभ्रेको जनसंख्या तीन लाख ६४ हजार ३९ छ। तर, जिल्लामा सहकारीका सदस्य भने छ लाख ७९ हजार ८१८ रहेका छन्।
नेपालगन्जको जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।
सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएकी छन्।
आफूले खाएर बचेको तरकारी बारीबाट नै बिक्ने भएपछि बजारको सहज पहुँच भएका गृहिणी पनि उद्यमशील बनेका छन्।
देशभर पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको पोल्ट्री व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेको व्यावसायीहरूले बताएका छन्।
कृष्णकुमारी राईले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन्। उनका अनुसार अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन्।
सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा भने ध्यान नदिएको उद्यमीको गुनासो छ।
वर्षाका कारण काटेर सुकाएको धान खेतमै उम्रिन थालेको छ। काट्न बाँकी धान पनि सबै लडाएको किसानले बताएका छन्।
वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ।
खेलमा औधी रुचि भएकी अनुजा सानो छँदा छिमेकीकोमा गएर टिभीमा कबड्डी हेर्ने गर्थिन्। त्यसपछि छोरी धेरै गाउँ हिँड्न थाली भनेर आमाले घरमा टिभी किनेर ल्याएकी थिइन्।
पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि भेडा लिएर लेकबेँसी गर्नु परम्परा जस्तै बनेको छ। यहाँ एकै परिवारले एक हजारसम्म भेडा पाल्दै आएका छन्।
विधेयक तर्जुमामा सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन शुरू गरेपछि सहमति हुनु प्रक्रियागत कमजोरी भएको सांसदहरूको भनाइ छ।
बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेका थिए।
प्रवासीले पसिना बगाएर जम्मा गरेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेका छन्। एक जनाले ५०० देखि १० लाख रुपैयाँसम्म सहयोग गरेका छन्।
मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई सहज बनाउन स्थानीयले सरकारसँग माग गरेका छन्।
जितिया पर्वमा व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्।
गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफ्नै लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन्।