बाँकेको नेपालगन्जमा बुधबार मुस्लिम समुदायका अगुवाले आफूले मानेका दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन्।
सरकारले सिँचाइको सुविधा र आवश्यकताअनुसार रासायनिक मलखाद बेलैमा अनुदानमा उपलब्ध गराइदिए नेपाली युवा रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उनीहरूको भनाइ छ।
दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको अञ्जली दिदी (मास्के)को भनाइ छ।
भूकम्प प्रभावितलाई तिहारको भन्दा पनि अहिले रातको समयमा पर्ने शीत र बढ्दै गरेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको छ।
गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् ।
पोखरा महानगरपालिकाले फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप नगद प्रदान गर्ने भएको छ।
वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ।
तिहारमा मौलिक गीत गाउँदै मादल, झ्याली बजाएर देउसी भैलो खेल्ने चलन हराउँदै गएको छ। युवा पुस्ताले चासो नदिँदा तिहारका बेला देखाइने सोरठी, मारुनीलगायतका नाचहरू पनि लोप हुँदै गएको बुढापाकाको गुनासो छ।
जाजरकोट भूकम्पबाट सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।
च्याङ्ग्रा व्यापारी मीनबहादुर गुरुङले भने– ‘यसपालि आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झन्डै भए एक महिना गाउँमै दाना पानी खुवाएर पालेँ।’
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कृषकले उत्पादन गरेको २० लाख रुपैयाँ बराबरको सयपत्री फूल संकलन गरेर बजारीकरणमा सहयोग गरेको छ।
भूकम्पले जाजरकोट र रूकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्याएको छ।
ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन्। यस क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने स्थानीयको भनाइ छ।
उज्यालो र सम्पन्नताको प्रतीक मानिने दीपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ। राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले सबैमा उमंग छाएको छ।
प्लास्टिकका फूलमालाको प्रयोग बढेकाले स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका व्यवसायी जनकबहादुर सिंहले बताए।
एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ।
भक्तपुरमा उत्पादन भएका पाला उपत्यकासहित धुलिखेल, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगन्जलगायत स्थानमा बिक्री हुने गरेको छ।
प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि मुगु सामूहिक हत्याको थप अनुसन्धान जारी रहने कर्णाली प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।
व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।
तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर जाजरकोट दरबार निर्माण गरिएको थियो। त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो।