AnonymousUser

Logout

भूकम्पले खोसेको गोरख–शोभाको खुशी

सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेस्ट इन्जिनियरिङ कलेजमा स्नातक तह पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन्। कान्छी ऊर्जाले विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्।

जोखिमपूर्ण बन्दै कमलाको काठेपुल

१२ वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका स्थानीयलाई आवतजावत गर्न समस्या हुने गरेको छ।

भूकम्पबाट आठबीसकोटमा मात्रै ४ हजार बढी घर पूर्णरूपमा क्षतिग्रस्त

निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।

राज्य व्यवस्था समितिका सदस्यहरू अनुगमनका लागि भूकम्प प्रभावित क्षेत्रमा

गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उनीहरू बुधबार बिहान सुर्खेतबाट जाजरकोट गएका हुन्।

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल, डेरा बसेकालाई बढी समस्या

राहतस्वरुप त्रिपाल र अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामभन्दा बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेका छन्। 

चिसो बढेपछि बेँसी सारिँदै गोठ, खाली भए लेकका खर्क

अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी असारदेखि नै बेँसीतर्फ झार्न थालिएको छ। अब होचा स्थानमा, घर वरपर नै गोठ राखिने स्थानीयको भनाइ छ। 

होमस्टेमा विदेशी पर्यटक: कोदो टिप्छन्, साग केलाउँछन्

बागलुङको पर्यटकीय गाउँ भकुन्डे पुग्ने विदेशी पर्यटक होमस्टेमा अर्ग्यानिक खानाको स्वाद लिने, पर्यटकीय स्थलको भ्रमण गर्ने र स्थानीयलाई काम सघाएर रमाउने गरेका छन्। 

कोरोनाविरुद्धको ४० लाख डोज खोप खेर जाँदै

बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने भएपछि अनुदानमा आएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोपको ४० लाख मात्रा खेर जाने भएको छ।

गणतन्त्रलाई मजबुत बनाउन भूमिका खेल्ने शीर्ष नेताको प्रतिबद्धता

शीर्ष नेताहरूले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढंगबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन्।

१९ वर्षीया जमुना: जसले भूकम्पमा श्रीमान् र गर्भको शिशु गुमाइन्

भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए।

किसानलाई अलैँची भित्र्याउन चटारो, बगानमै मनाउँछन् चाडपर्व

ताप्लेजुङमा चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। हालको बजार मूल्य प्रतिमन (४० किलो) ५५ हजार रुपैयाँ छ।

भूकम्पमा पुरिएर बाँचेकालाई चिसोबाट बालबालिका र गर्भवती जोगाउने चिन्ता

भूकम्पका कारण छेपारे टोलका ३९ वटै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेका छन्। स्थानीयले चिसो मौसमका कारण बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति समस्या परेको बताएका छन्।

आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च

आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए।

चार दशकपछि किन्ताङ खोलामा 'बेलीब्रिज' बन्दै

पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकामा खोलामा बेलिब्रिज बन्न थालेपछि स्थानीय खुशी भएका छन्।

प्रधानाध्यापक विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला

बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ।

जाजरकोट भूकम्प : १५७ शव परिवारलाई बुझाइयो

गृह मन्त्रालयले जाजरकोट भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको छ।

जाजरकोट भूकम्प: चिउरी गाउँको चोचेटोलका ७०० जना घरबारविहीन

भूकम्पले १६५ घरधुरी रहेको नलगाड नगरपालिका–१ को चिउरी गाउँस्थित चोचेटोलका सम्पूर्ण घर भत्किएपछि ७०० जना घरबारविहीन भएका छन्।

खुला आकाश मुनि रात बिताउँदा…

जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन्। नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ। त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति पुगेको छ।

इजरायलमा ज्यान गुमाएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो

हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना विद्यार्थीमध्ये अहिलेसम्म नौ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गौतमबुद्ध र पोखरा विमानस्थलको सञ्चालन ढाँचाबारे उच्चस्तरीय छलफल

व्यावसायिक रूपमा सञ्चालनमा आएका दुवै विमानस्थलले राम्रो बिजनेस पाएका छैनन्। विमानस्थल सञ्चालन गर्न श्रम, पर्यटन, परराष्ट्रसहितका निकायले गर्नुपर्ने भूमिकाबारे बैठकमा छलफल भएको छ।