AnonymousUser

Logout

आम्दानीको माध्यम बन्यो सयपत्री फूल, माग पुर्‍याउन धौधौ‍

कृत्रिम फूल प्रयोगकर्ता घटेर प्राकृतिक फूलमा आकर्षण बढ्दा धनुषामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गंगा यादवको भनाइ छ।

पाथीभरामा बलिको विकल्प नरिवल

बलि चढाउँदा आफूले चिताएका इच्छा, आकांक्षा पूरा हुने जनविश्वासले पाथीभरा आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे। अहिले भने त्यो चलन हट्दै गएको छ।

सडकले जोडियो दुर्गम गाउँ तिप्लिङ, १ दिनमा धादिङबेँसी पुगिने

धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पासबाट रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ।

बागलुङमा घट्यो फापरखेती, बिउ नै मासिने चिन्ता

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ। 

झिनियाँ रोटीमा मिसाइने रङ स्वास्थ्यका लागि घातक

रङ मिसिएका झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए।

मनाङमा पर्यटकको ओइरो, ६ महिनामा झन्डै १० हजार भित्रिए

गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रूपमा पर्यटक वृद्धि भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालयले जनाएको छ।

बाढीले उजाडेको कागबेनी कहिले होला पुनर्निर्माण?

अनपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो। बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय बताउँछन्।

गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत्यु

हेलिकप्टरमार्फत आधार शिविर पुगेका ढुंगानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको थियो।

कञ्चनपुरको गाउँ-गाउँमा खेलकुद प्रतियोगिता

प्रायः हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय तह, वडा र युवा क्लबको आयोजनामा धमाधम सञ्चालन भइरहेका छन्।

ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

माझकिरात भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता

उक्त अवसरमा मन्त्री साउदले अमेरिकाका निजी क्षेत्रलाई नेपालमा लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए। 

जिल्लाबाहिर जान हुम्लावासीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट बाँडेको गुनासो

तीनचार दिनको अन्तरालमा एउटा उडान गर्ने निजी जहाजले फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका सर्वसाधारण बताउँछन्।

बुद्ध जन्मस्थलबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य गर्न महासचिव गुटेरेसको आह्वान

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दोजुल्दो छ। यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ।”

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच भेटवार्ता

भेटघाटका क्रममा मन्त्री साउदले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि नेपालले कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याएका थिए।

अन्नपूर्ण आधारशिविर भ्रमण गरेर महासचिव गुटेरेस लुम्बिनी जाँदै

मंगलबार बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यहाँ पुगेका गुटेरेसले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका छन्।

महासचिव गुटेरेसले गरे पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार

महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताए।

विश्वसमुदायलाई खुम्बुबाट जलवायु परिवर्तनका असरबारे गुटेरेसको ध्यानाकर्षण

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले खुम्बुबाट जलवायु परिवर्तनले हिमालयक्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि विश्वसमुदायको ध्यानाकर्षण गराएका छन्।

महसुल नबुझाउने २७६ ग्राहक विद्युत् प्राधिकरणको कालोसूचीमा

चितवनमा चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले जनाएको छ।

कोइला अभावमा हेटौँडा सिमेन्ट उत्पादन बन्द

आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द गरिएको हो।

शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो।