AnonymousUser

Logout

शिलान्यास भए, निर्माण भएनन् आधारभूत स्वास्थ्य अस्पताल

सरकारले आधारभूत स्वास्थ्य अस्पताल बनाउने अभियान शुरू गरेको थियो तर तीन वर्ष बित्न लाग्दा कतिपय पालिकामा काम नै शुरू नहुनुले जनतामा निराशा छाएको छ।

एक खर्ब १३ अर्ब कर बक्यौता उठ्न बाँकी, साढे पाँच हजार करदाता मुद्दा मामिलामा

सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दा मामिलामा जाने करदाताको संख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा देखिएको छ। 

तिहारमा अघिल्लो वर्षभन्दा दुई करोड कमको फूल बिक्यो

यो वर्ष एक लाख रुपैयाँको मखमली फूलका माला विदेश निर्यात भएको छन्। माला निर्यात हुने देशहरूमा अस्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन्।

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीले टमाटर, काउली, ब्रोकाउली, च्याउलगायतको व्यावसायिक खेती गर्दै आएका छन्। तरकारी बिक्रीबाट आएको रकम प्रोत्साहनका रूपमा विद्यालयले विद्यार्थीलाई दिने गरेको छ।

मुस्ताङमा महिनामै ८० हजार पर्यटक, व्यवसायी उत्साहित

बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए। मुक्तिनाथको रानीपौवाका होटेल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए। 

खाद्यसम्म पुग्दैन धान, सस्तो मूल्यमा बेच्न बाध्य छन् किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि महेन्द्रनगरमा मात्रै केन्द्र राखेको छ। ग्रामीण भेगका किसानलाई खाद्यसम्म धान पुर्‍याउनै सकस छ।

सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ। 

पढ्ने उमेरमा श्रम गर्न बाध्य छन् बालबालिका

आर्थिक अभावका कारण धेरै बालबालिका अरूका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न बाध्य भएका छन्।

गंगाजमुनामा ऐतिहासिक मेला, कुकुर धारामा नुहाउनेको घुइँचो

धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन लाग्छ। गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो।

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

स्थानीय मिलेर थालेको श्रमदान अभियानमा प्रवासीले पनि सहयोग गरेका छन्। पदमार्ग निर्माणका लागि १३ लाख रुपैयाँभन्दा बढी नगद सहयोग जुटिसकेको छ।

भारतबाट नेपाल आइपुगे उच्च प्रजनन क्षमताका मुर्रा राँगा

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो।

दूधको मूल्य घटेपछि चितवनका किसान निराश

भारतबाट दूध तथा पाउडर आएका कारण नेपालको दूध खपत हुन नसकेको किसानले बताएका छन्। प्रतिलिटर ७९ रुपैयाँमा बिक्री भइरहेको दूध हाल ७० रुपैयाँमा पनि बिक्री हुन छाडेको उनीहरूको गुनासो छ।

आवधिक निर्वाचनका लागि ‘बार’ नै तोकेर प्रस्ताव

निर्वाचन आयोगले संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन, उक्त निर्वाचनको अन्तिम परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न प्रस्ताव गरेको छ। 

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि दबाब दिन व्यापार मेलामा विमानको आकृति

छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा करिब पाँच लाख रुपैयाँको लागतमा भारतबाट कालिगड बोलाएर विमानको आकृति तयार हुँदैछ।

नाका नखुल्दा बिकेनन् चौँरी, निराश छन् किसान

ताप्लेजुङका हिमाली बस्तीमा बसोबास गर्ने समुदाय चौँरीपालनमा निर्भर हुँदै आएको छ। यहाँका चौँरीको मुख्य बजार चीन हो। तर, नाका बन्द हुँदा किसानले चौँरी बिक्री गर्न पाएका छैनन्।

बिक्री नभएपछि खेतमै कुहिन लाग्यो २५ क्विन्टल सयपत्री

झापामा तिहारको बेला एक करोडको सयपत्री फूल र १० करोडको झिलिमिली बत्ती बिक्री हुने गरेको छ। खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सयपत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन्। 

जाजरकोट र रुकुमपश्चिममा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट भूकम्पले प्रभावित पारेका जिल्लाका केही विद्यालयमा मंगलबारदेखि पठनपाठन शुरू हुने भएको छ भने केही विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ।

इलाम बस दुर्घटनामा एक जनाको मृत्यु, ३७ घाइते

आइतबार साँझमा इलाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको र ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।

सिक्लेस र घान्द्रुक जानुअघि जानकारी लिन आग्रह

घुमघामको सिजनमा सिक्लेस र घान्द्रुक जाँदा वासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र जान पर्यटक व्यवस्थापन समितिको आग्रह छ।

विदेशबाट फर्किएर आरनमा रमाउँदै अर्जुन

बन्दीपुर गाउँपालिका–२ तीनपाटेका ३२ वर्षीय अर्जुन गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।