AnonymousUser

Logout

‘वातावरण बिगार्नेहरूलाई दायित्व पूरा गराउन राष्ट्रसंघले झकझक्याउनुपर्छ’

राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोगिरहेका नकारात्मक परिणामबारे गम्भीर हुन राष्ट्रसंघका महासचिवलाई अनुरोध गरेका छन्।

सामूहिक हत्या गरिएका चारै जनाको शव  गमगढी ल्याइयो

चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको  हो। अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको अनुमान छ।

दशैँमा लागेको ऋण तिर्न बालुवामा सुन खोज्न हिँडे बाेटे

'दशैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍यो'

झाडी  फाँडेर सामूहिक सुन्तला खेती

सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीनवटा जर्सी जातका गाई र एक साँढे पालिएको छ। गाईको दूध बेचेर एक जनाको तलब व्यवस्थापन गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा

राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

राष्ट्रसंघका महासचिव शनिबार राति काठमाडौँ आइपुग्दै, आइतबार उच्चस्तरीय भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री दाहालसँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दलहरूमाथि प्रश्न उठाउनेलाई मिलेर गतिलो जवाफ दिन्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अराजकता सृष्टि गर्ने उद्देश्यसाथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउनेहरूलाई मिलेर गतिलो जवाफ दिने तयारी भइरहेको बताए।

एमालेका लागि सरकार प्राथमिकता होइन : शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले आधारभूत विश्वव्यापी मान्यताअनुरूप शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए। 

‘संयुक्त राष्ट्रसंघका महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

नदीबाट गिट्टीबालुवा निकाल्दा घाट नै उत्खनन्, दाहसंस्कारमा समस्या

पर्वतको जलजला गाउँपालिका–८ नागलीवाङस्थित फर्सेमा रहेको शिवालय चौपारीघाटबाट वर्षायामको बाढीसँगै अवैधरूपमा बालुवा र ढुंगा उत्खनन् गरिएपछि घाटनै गायब भएको छ।

अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ

ती व्यक्तिले विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीले जनाएको छ।

माछापुच्छ्रेका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने

माछापुच्छ्रे गाउँपालिकाले जारी गरेको सूचनाअनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ।

मुगु घटना अनुसन्धान गर्न प्रहरीको विशेष टोली परिचालन

छायानाथ रारा नगरपालिका–६, स्थित मन्दुमा एकै परिवारका चार जना मृतावस्थामा फेला परेको घटना अनुसन्धान गर्न जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

गौरीफन्टा हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक पाँच सय दरका भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाटै फर्किने गरेको व्यवसायी बताउँछन्।

भरतपुर अस्पतालमा बडादशैँका दिन जन्मिए २० शिशु

टीकाको दिन ६ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएका थिए।

थारू समुदायको मेडरी नाच लोप हुने चिन्ता

नाच लोप हुने डरले थारू अगुवाहरूले मेडरी नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाएका छन्।

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती

लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्र्याक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन्।

कबड्डीकी कलावतीः ‘स्कुलमा कप्तानदेखि एशियाली खेलकुदसम्म’

टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनोट भएर एशियाली खेलकुदसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।

तालबाराही मन्दिरको पुनर्निर्माण शुरू, १ करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने

मन्दिर पुनर्निर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ।

आम्दानीको स्रोत गुमाउँदै हिलामी क्षेत्रका सामुदायिक वन

तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन्।