AnonymousUser

Logout

बगर सम्म्याएर खेलमैदान

म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्म्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको छ।

हिउँदमा पनि छाडियो नारायणी लिफ्टको पानी, २ हजार हेक्टरमा सिँचाइ पुग्ने

नारायणी लिफ्टको पानी ‘बी’ क्यानलबाट एक दशकपछि हिउँदमा पनि छाडिएको छ। जसबाट लङ्कु, कैलाशनगर र मंगलपुर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ।

जितगढी किल्ला पुनः निर्माण, बुटवल उपमहानगरलाई हस्तान्तरण गरिँदै

किल्ला क्षेत्रमा सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रूपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको छ। अब उपमहानगरले यसको संरक्षण गर्नेछ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको भाका सार्दै आरएस इन्फ्राप्रोजेक्ट

३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा शुरू गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण अझै ढिलो हुने देखिएको छ।

गाजरखेतीको ‘हब’ बन्दै पश्चिम चितवन

प्रांगारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर–१५ का स्थानीयले गाजरखेती गरेका छन्। यहाँका अधिकांश किसानको आम्दानीको पहिलो स्रोत नै गाजरखेती बनेको छ।

सुर्खेतमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन

वीरेन्द्रनगरमा १४ करोड रुपैयाँ लगानीमा जर्मन प्रविधिको ग्यास प्लान्ट स्थापना गरिएको छ। प्लान्टबाट दैनिक ७२० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ।

ढकिया बुन्न सिक्दै थारु महिला

फुर्सदको समयमा काम गरेर थोरै लगानीमा आयआर्जन गर्न सकिने भएकाले ढकियालगायत परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको छ।

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

 प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन्।

कर्णालीको कटानले टीकापुरका बस्तीमा उच्च जोखिम

कर्णाली नदीका कारण टीकापुरका १५ हजारभन्दा बढी नागरिक विस्थापित हुने स्थितिमा रहेको स्थानीय जितबहादुर चौधरीले बताए। टीकापुर–७, ८ र ९ का सबै बस्ती प्रभावित हुने देखिएको छ। 

उपचारखर्च तिर्न नसक्दा छ महिनादेखि अस्पतालमै 

इलामको माई–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद तिम्सिना उपचारको रकम तिर्न नसक्दा छ महिनादेखि अस्पतालमा छन्। चार लाख १५ हजार रुपैयाँ तिर्न बाँकी रहेको उनका भतिजा गोपालले बताए।

ईपीएसको समस्या नेपाली–कोरियाली प्राविधिक टोलीले टुंग्याउने, उत्पादनशील क्षेत्रमा फारम भर्ने समय थप

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले सिप बिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ।

हुम्लाका गाउँ नै रित्तिने गरी कालापहाड जाँदै युवा

कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ।

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

जेठो बुढोको बास्ना हराउनुमा रासायनिक मलको प्रभाव र उन्नत जातको धानको बीउ नै प्रमुख कारण हुन्। पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ।

घलेगाउँका होमस्टे पर्यटकले खचाखच

सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो। 

एउटै बगानबाट १० लाखको सुन्तला बिक्री

इलाममा यस वर्ष दुई हजार ७४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष गत वर्ष दुई हजार ७४४ मेट्रिक टन उत्पादन भएको थियो।

सन् २०२३: ९० हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १९० जना सार्क राष्ट्रका र १८ हजार १६६ जना तेस्रो मुलुकका छन्।

चिसो बढेसँगै कञ्चनजंघा क्षेत्रमा घटे पर्यटक

पर्यटक नआएपछि यहाँका होटल पनि बन्द भएका छन्। केही स्थानीय सदरमकाम फुङ्लिङ झरेका छन्‌ भने कोही काठमाडौँ पुगेका छन्। 

जन्तेढुंगामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग

निर्माणाधीन अस्पतालको जगमा ढलानका लागि सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको जन्तेढुंगा गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर सुरेशकुमार मेहताले बताए।

अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य

भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका सिन्धुपाल्चोकका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन्।

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

परम्परागत रूपमा धान, कोदो, मकै र गहुँखेती गर्दै आएका बेनीका स्थानीयले नगदेबालीको रूपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन्।