AnonymousUser

Logout

पाल्पामा फस्टाउँदै झिनियाँको व्यापार

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् ।

मेलामा फूल नबिकेपछि पोखरा महानगरले प्रतिमाला २० रुपैयाँ दिने

पोखरा महानगरपालिकाले फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप नगद प्रदान गर्ने भएको छ। 

साहित्यकार शान्तदास मानन्धरको निधन

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। 

प्रविधिको विकासले संकटमा मादल व्यवसाय

तिहारमा मौलिक गीत गाउँदै मादल, झ्याली बजाएर देउसी भैलो खेल्ने चलन हराउँदै गएको छ। युवा पुस्ताले चासो नदिँदा तिहारका बेला देखाइने सोरठी, मारुनीलगायतका नाचहरू पनि लोप हुँदै गएको बुढापाकाको गुनासो छ।

जाजरकोट भूकम्प : गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित

जाजरकोट भूकम्पबाट सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।

दशैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

च्याङ्ग्रा व्यापारी मीनबहादुर गुरुङले भने– ‘यसपालि आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झन्डै भए एक महिना गाउँमै दाना पानी खुवाएर पालेँ।’

कालीगण्डकीबाट २० लाखको सयपत्री निर्यात

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कृषकले उत्पादन गरेको २० लाख रुपैयाँ बराबरको सयपत्री फूल संकलन गरेर बजारीकरणमा सहयोग गरेको छ।

भूकम्पबाट जाजरकोट र रूकुमपश्चिमका ३९ प्रहरी कार्यालयमा क्षति

भूकम्पले जाजरकोट र रूकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको छ।

बागलुङमा बढ्यो भोटे कुकुरको माग, ६० हजारसम्ममा बिक्री

ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन्। यस क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने स्थानीयको भनाइ छ।

दीपावली र छठले उमंगमय मिथिला

उज्यालो र सम्पन्नताको प्रतीक मानिने दीपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ। राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले सबैमा उमंग छाएको छ।

तिहारमै बिक्री भएन फूल, किसान निराश

प्लास्टिकका फूलमालाको प्रयोग बढेकाले स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका व्यवसायी जनकबहादुर सिंहले बताए। 

भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या, चिसोका कारण २ जनाको मृत्यु

एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ। 

तिहार लागेसँगै भक्तपुरमा माटोका पाला र भाँडा बनाउने चटारो, माग धान्न मुस्किल

भक्तपुरमा उत्पादन भएका पाला उपत्यकासहित धुलिखेल, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगन्जलगायत स्थानमा बिक्री हुने गरेको छ।

मुगु घटना: सुन लुट्ने मनसायले सामूहिक हत्या, पक्राउ परेका २ आरोपी सार्वजनिक

प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि मुगु सामूहिक हत्याको थप अनुसन्धान जारी रहने कर्णाली प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।

जग्गा विवादका कारण रामेछापको सामूहिक होमस्टे प्रयोगविहीन

व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।

भूकम्पले मेटिँदै जाजरकोट दरबारको अस्तित्व

तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर जाजरकोट दरबार निर्माण गरिएको थियो। त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो।

भूकम्पले खोसेको गोरख–शोभाको खुशी

सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेस्ट इन्जिनियरिङ कलेजमा स्नातक तह पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन्। कान्छी ऊर्जाले विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्।

जोखिमपूर्ण बन्दै कमलाको काठेपुल

१२ वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका स्थानीयलाई आवतजावत गर्न समस्या हुने गरेको छ।

भूकम्पबाट आठबीसकोटमा मात्रै ४ हजार बढी घर पूर्णरूपमा क्षतिग्रस्त

निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।

राज्य व्यवस्था समितिका सदस्यहरू अनुगमनका लागि भूकम्प प्रभावित क्षेत्रमा

गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उनीहरू बुधबार बिहान सुर्खेतबाट जाजरकोट गएका हुन्।