AnonymousUser

Logout

वीरगन्ज नाकामा भेटिए नयाँ कोरोना संक्रमित

वीरगन्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको परीक्षणमा दुई व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ। दुवै जना भारतको कोलकत्ताबाट आएका थिए।

कतारबाटै सेनामा भर्ती हुन रुस पुगेका प्युठानका युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारीका लागि दुई वर्षअघि कतार पुगेका उनी त्यहीँबाट सेनामा भर्ती हुन रुस पुगेका थिए।

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रंगशाला बनाइने

प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी गौतम बुद्ध क्रिकेट रंगशाला बनाउने तयारी भएको छ।

दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि? अब हुनेछ निगरानी

काठमाडौँ महानगरको सहयोगमा उपत्यका प्रहरीले गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर पत्ता लगाउने अत्यधुनिक क्यामेरा प्रयोगमा ल्याएको छ। 

स्केट खेललाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै

रुपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा पुस ५ देखि ७ गतेसम्म भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सका ३०० खेलाडीको सहभागिता थियो। 

शीतलहरबाट जनजीवन कष्टकर: तरकारीबालीमा डढुवा रोगको जोखिम

लगातारको हुस्सु र कुहिरोसँगै बढेको जाडोले जनजीवन कष्टकर बनेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउनेहरू बढी प्रभावित भएका छन्।

विद्यालय समायोजन गर्दै कञ्चनपुरका स्थानीय तह

कञ्चनपुरका बेदकोट र दोधारा चादँनी नगरपालिकाले विद्यालय समायोजन गरिसकेका छन्। अन्य पालिका प्रक्रियामा छन्।

नेपाली कागजको माग बढ्यो, उत्पादन भने घट्दो

कच्चा पदार्थ तथा कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमिततालगायत कारण मागअनुसार नेपाली हाते कागजको उत्पादन घट्दो क्रममा छ।

प्रतिमन ५४ हजार पुग्यो चिराइतोको मूल्य

मूल्य बढेसँगै व्यवसायी चिराइतो संकलन गर्न गाउँ–गाउँमा पुग्न थालेका छन्। पहिले जस्तो आफैँले बजार खोज्नुपर्ने बाध्यता किसानलाई छैन।

विदेशी पर्यटकलाई गड्डाचौकीबाट भारत प्रवेश गर्न रोक

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै भारतीय पक्षले प्रवेशमा रोक लगाएकाले पर्यटकको चहलपहलमा कमी आएको बताए।

चिसो बढेपछि खुम्बु क्षेत्रमा विकास निर्माण ठप्प

गाउँपालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन  योजनालगायतका काम रोकिएका छन्।

दिक्तेलमा सामुदायिक विद्यालय सुधार्ने अभियान, टोल–टोलबाट सुझाव संकलन गरिँदै

सहभागीले शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षा, अभिभावक शिक्षा, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायत सुझाव दिएका छन्।

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

राखुगाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाख रुपैयाँसम्मको सुन्तला उत्पादन गरेका छन्।

बागलुङका ५ पालिकाको छैन प्रशासनिक भवन, भाडाको घरबाट सेवा प्रवाह

बागलुङका जैमिनी, गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन्। 

अलैँचीको मूल्य ४ वर्षयताकै उच्च, प्रतिमन ८५ हजार पुग्यो 

गत साल पुसमा २८ हजार रुपैयाँ प्रतिमन बिक्री भएको अलैँची खहिले ८५ हजारमा बिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण नेपालमा अलैँचीको मूल्य बढेको व्यवसायी बताउँछन्।

म्याग्दीको मालिका हत्या घटना: मृतकको संख्या २ पुग्यो

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो भएको घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

म्याग्दीको मालिकामा छपनी प्रहार गरी १ जनाको हत्या, २ घाइते

म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो छपनी प्रहार गरी एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन्।

जाजरकोट भूकम्प : अझै त्रिपालमुनि रात काट्दै प्रभावित

भूकम्प गएको दुई महिनामा रूकुमपश्चिमभर १० हजार ४२३ अस्थायी आवास निर्माण भए पनि सबै प्रभावितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाको भनाइ छ।

रोग किराको असर: लमजुङमा घट्यो सुन्तला उत्पादन

विभिन्न रोग कीराको आक्रमण तथा सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

बागलुङको तमानखोलामा मातृशिशु मृत्युदर शून्य

जनप्रतिनिधि आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए। अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन्।