AnonymousUser

Logout

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

पहरामा १६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुन्डिएर आरोहण गर्न सकिन्छ।

बिजुलीले झिलिमिली हुँदै बागलुङका दुर्गम गाउँ

निसीखोला, तमानखोला र ढोरपाटनमा यही वर्षामा केन्द्रीय लाइन बाल्ने गरी काम गरिरहेको छ। पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेसन निर्माण भएको छ। 

आर्थिक चुनौतीका बीच मोरङमा फुटबल एकेडेमी

जिल्ला फुटबल संघ मोरङले कात्तिक १२ देखि फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हो। आर्थिक अभावबीच आवाससहितको एकेडेमी सञ्चालनमा ल्याइएको संघका उपाध्यक्ष नारायण लिङ्थेपले बताए।

रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान   

अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको संक्रमण देखिएको छ। भारत निर्यात भइरहेको अदुवा सखाप भएपछि किसानले वैकल्पिक रूपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन्। 

कबुलियत वनमा लगाइएको अम्रिसोबाट ३ करोड आम्दानी

बर्दघाट सुस्तापूर्वका विभिन्न चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दै आएका छन्। अम्रिसो बिक्रीबाट प्राप्त आएको रकम प्रतिघर बाँड्ने गरिएको छ।

भत्कियो ढलान हुने अवस्थाको पुल, छानबिन गर्न स्थानीयको माग

पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन्।

५ दशकदेखि सीमामा संघर्ष गर्दै बडुवालवासी

दोधारा चाँदनी नगरपालिका–३ स्थित बडुवालटोलका ३५० परिवारमध्ये २० प्रतिशतको मात्रै जग्गाधनी पुर्जा छ। पुर्जा नहुँदा उनीहरू राज्यले दिने आधारभूत सेवा सुविधाबाट नै वञ्चित छन्। 

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धनमा युवाको अग्रसरता

धौलागिरि आइसफल पदमार्ग पर्यटनको अथाह सम्भावना भए पनि प्रचार–प्रसार र पूर्वाधार अभावले ओझेलमा परेको छ। यसको प्रवर्द्धनमा स्थानीय युवाले अभियान नै चलाएका छन्।

गुफापोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

गुराँसको राजधानी मानिने गुफापोखरी पर्यटकीय क्षेत्र रहेकाले खानेपानीको सहज उपलब्धताले यहाँ पर्यटकको संख्यामा थप वृद्धि हुने स्थानीयको अपेक्षा छ।

सेल्फीकलीलाई हात्ती सुन्दरीको उपाधि

चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो। 

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला

तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अंग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए।

ठगी अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

उनी कास्कीको सहकारी रजिस्ट्रारको कार्यालयमा सेवारत हुँदा एक करोड भन्दा धेरै रकम ठगी प्रकरणमा मुछिएका थिए।

८४ पूजाको खर्च कटाएर विद्यालयलाई ४ लाख सहयोग

म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटका घनमाया पुन र उनका परिवारले ८४ पूजामा हुने खर्च कटाएर गाउँको विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्। 

आधुनिक प्रविधिले सुध्रिँदै इलामको अलैँचीखेती

अलैँचीको मूल्य पनि गत वर्षभन्दा तीन गुणाले बढेको छ। गत वर्ष यो सिजनमा प्रतिमन २८ हजार थियो। अहिले ८० हजारसम्ममा बिक्री भइरहेको छ।

एउटै गाउँबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दुई हजार ६०० किसानले अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी गरेका छन्। 

बगर सम्म्याएर खेलमैदान

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लबको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर खेलमैदान तयार गरिएको बताए।

बालबालिका र बुढापाकाले धानेको गाउँ रायडाँडा

जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छे गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको संख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ।

पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु

कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नेवार समुदायले यःमरी पुन्हि मनाउँदै

यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।

चियाको उर्वरभूमिका किसान धानखेतीमा आकर्षित

हरियो चियापत्ती बेच्ने किसानले वास्तविक मूल्य नपाएका कारण समस्या भोगिरहेका छन्। उचित मूल्य नपाएपछि चिया विस्तार गर्न नै छाडिसकेका छन्।