सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको तथ्यांकअनुसार पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटेको छ। स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यत्र जाँदा खुम्बु सुनसान बनेको छ।
गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर आम्दानी गर्ने योजना स्थानीयको छ। चिमखोलाबाट बिस्तारै हिँड्दा दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ।
बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष वीष्णुवीर जर्घाले करिब ४८ लाख बराबरको डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी गरेको ठेकेदारको दाबी छ।
देवशिला उत्खनन गरिएको ठाउँ कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको छ।
गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन्।
स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो। फिस्लिङ–शक्तिखोर सडकको उत्तरतर्फ डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्वीर खिचाउनेको भिड लाग्ने गरेको छ।
चिसोका कारण पशु चौपायामा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। शीतलहरका कारण चरनको पनि समस्या भएको छ।
तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सब डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।
विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो त बनाएको छ, तर योसँगै विभिन्न खालको प्रदूषण पनि बढ्दो छ। जसले त्यहाँको भाैगोलिक सुन्दरतालाई कुरूप बनाउँदै छ।
सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत संकलन गर्ने गर्छ।
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर रानाले च्याउ खेतीमा ३० लाख रुपैयाँ लगानी गरेका छन्। वर्षमा २७ लाखसम्मको च्याउ बेच्छन्। खर्च कटाएर १० लाख रुपैयाँ बचत हुन्छ।
गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको छ। स्थानीयबीच काम गर्ने प्रतिस्पर्धा नै चलेको छ।
१५ शय्याको अस्पताललाई ५० शय्याको बनाइएको छ। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका पनि आधाभन्दा बढी रिक्त छन्।
गाउँपालिकाले किसानलाई तोरी उत्पादनमा प्रोत्साहन गर्ने नीति लिएको छ। कम मिहिनेत लाग्ने भएकापछि किसान पनि यसमा आकर्षित भएका छन्।
परियोजना निर्माणमा ११७ रुखले बाधा पुर्याउँदा सडक निर्माणमा ढिलाई भएको हो।
युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले दिगो विकासका लक्ष्य हासिल तथा दक्षिणी विश्वको आर्थिक विकास र समृद्धिमा नामले जोड दिनुपर्ने बताए।
जर्मनीको मुलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता भएकोमा पहिलो चरणमा ६ लाख कार्ड नेपाल भित्रिएको छ।
२०५७ सालमा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई खान पुगेर अन्न बेच्ने परिङालबासीलाई त्यसयता भने संकट नै संकटले झेलिरहेको छ।
सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको संख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको हो।
जाँगर हुनेका लागि नेपालमा नै प्रशस्त अवसर रहेको मनीषा बताउँछिन्। तर, कामलाई सानोठूलो मान्न नहुने उनको भनाइ छ।