शहरी जीवनयापन सुधार परियोजनाका लागि भनेर १६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर अनुदान सम्झाैता भएको हो।
गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो। त्यो खबर उनले तीन महिनापछि मात्र थाहा पाए।
विमानस्थलको भन्सार जाँच तथा सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको टोली परिचालन गरिएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएपछि पालिकाले यसमा बजेट बढाएका छन्। विद्यालयमा पनि खेलकुदका गतिविधि बढेका छन्।
बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छ। तर, पछिल्लो समय युवापिँढीले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रशासनिक प्रणालीको कमजोरीका कारण बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य हुनेजस्ता गुनासा आउने गरेका छन्।
सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोंगदेजस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ।
सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको छ।
बागलुङमा वर्थिङ सेन्टर रहेका २२ स्वास्थ्य संस्थामा प्रसूति प्रतीक्षा घरको व्यवस्था गरिएको छ। जहाँ सुत्केरी र कुरुवालाई खाना खाने र बस्ने प्रबन्ध छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट भारतीय नम्बरप्लेटको जिप त्रिशूलीमा खसेको छ।
देश र जनताका पक्षमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएको बताउँदै प्रधानमन्त्री दाहालले कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई हटाउने चेतावनी पनि दिए।
आफ्नो खुट्टाको अपांगता र श्रीमती हातको अपांगता भएपछि आयआर्जन गर्न समस्या भयो। तर सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन
अपांगताले भने छेक्न सकेन।
घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै पाहुनाहरूको स्वागत गर्ने गरेका छन्।
मुस्ताङमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बताए।
बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन सकेका छैनन्। सिँचाइ सुविधा नहुँदा वर्षौंदेखि खेती हुँदै आएका जमिनमा वनमारा पलाउन थालेका छन्।
भीमबहादुरले वैशाखीकै सहारामा धेरै काम गर्ने प्रयास गरे। अहिले घरछेउमै सानो घर निर्माण गरेर च्याउ खेती थालेका भीमबहादुरले बाँच्ने आधार खेती बनाउने चाहना राखेका छन्।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ।
इलामको रोङ गाउँपालिकाका करिब ९०० किसान मौरीपालनमा आबद्ध छन्। ‘हनी बैंक’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा स्थानीयको आकर्षण बढेको पालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए।
बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन हो। युवा विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पेसा धान्दै आएका छन्। हरेक वर्ष पशुपालन गर्ने किसानको संख्या घट्दै गएको छ।
मीनाका दुई छोराहरू आठ वर्षीय योगेन्द्र र चार वर्षीय प्रकाश मोतिविन्दुको शल्यक्रिया गरेपछि संसार देख्न सक्ने भएका छन्। नेपाल नेत्रज्योती संघले आँखाको उपचार गरिदिएको हो।