चितवनमा यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ। ४.२६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रयोगविहीन झोलुङ्गे पुलको विवरण संकलन र स्थानान्तरण गर्न पाउने कानून बनाउने तयारी गरिरहेको जनाएको छ।
सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारंगा सुवेदीका नाममा ६, टेकप्रसाद ढुंगानाका नाममा ३ र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए।
सीमान्तकृत समुदायमा पर्ने माझी जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि मन्थली नगरपालिकाले संरक्षणको योजना बनाएको छ।
गाउँमा उत्पादन भएको आलु संकलन गरेर जिमुहाँ शीतभण्डार सहकारी संस्थाले बिउका रूपमा बिक्री गरेको हो। २८४ जना कृषकले भण्डारण गरेको ४०० टन आलुको बिउ बिक्री भएको छ।
समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाइमा रहेको तालमा जमेको पानी हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ।
हिंसाको उजुरी लिएर सम्बन्धित निकायमा पुग्ने महिलाले कानूनी न्याय पाए पनि समाजको पितृसत्तात्मक सोचका कारण तिरस्कृत बन्नुपरेको छ। आर्थिक रूपमा कमजोर महिला हिंसा सहेर बस्न बाध्य छन्।
हिंसाका लागि उजुरी लिएर सम्बन्धित निकायमा पुग्ने महिलाले कानूनी न्याय पाए पनि समाजको पितृसत्तात्मक सोचका कारण तिरस्कृत बन्नुपरेको छ। आर्थिक रूपमा कमझर महिला हिंसा सहेर बस्न बाध्य छन्।
सुन्तला बेचेर केही आम्दानी गर्ने आशामा रहेका किसान औँसेकीराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेपछि चिन्तित बनेका छन्। पर्वतमा झन्डै ९०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्छ।
अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणका बारेमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताएका छन्।
चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्ने स्थानीयको भनाइ छ।
महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ। सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने विभेद र हिंसा घटाउन सकिने अनिताले बताइन्।
मगर खाम भाषा बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोल्ने गरिएको छ।
निःशुल्क आँखा शिविरमा आएकामध्ये ७३ जना बिरामीमा मोतियाबिन्दु पाइएको थियो। उनीहरूमध्ये ५५ जनाको शल्यक्रिया गरिसकिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउँछन्।
विकास सहायताका रूपमा गैरबजेटरी आउने रकम विकास निर्माणका काम र परिणाम देखिने ठाउँमा भन्दा तालिम, गोष्ठी, कर्मचारीको विदेश भ्रमणलगायतमा खर्च हुने पूर्वमहालेखा परीक्षक सुकदेव भट्टराई खत्री बताउँछन्।
तिहारमा बिक्री गर्ने भनेर भण्डारण गरिएका फूल बिक्री भएनन् र अहिले कुहिन थालेपछि नष्ट गरिएको हो।
रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्।
लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि स्थापनामा गरिएको जटायु (गिद्ध) रेस्टुराँका कारण गिद्धको संख्यामा वृद्धि भएको छ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गरेका हुन्।