AnonymousUser

Logout

नेपाली चिकित्सक र विद्यार्थीबारे यूएसएमएलईले गरेको निर्णयमा अमेरिकी अदालतले उठायो प्रश्न

अदालतले युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई)लाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो। 

सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ।

पदमार्गमा झोलुंगे पुल निर्माण

सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खोंचमाथि झोलुंगे पुल निर्माण भएको हो।

नेपालको ‘तराई भू–परिधि’ विश्व सूचीमा समावेश

‘पारिस्थितिकीय प्रणाली पुनर्स्थापनाको संयुक्त राष्ट्रसंघीय दशक’ले नेपालको तराई भू–परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई विश्व सूचीमा समावेश गरेको छ।

विकास बजेट बढी भएका मन्त्रालयमै न्यून खर्च

हालसम्मको बजेट खर्चको अवस्था हेर्दा विकास बजेट धेरै छुट्याइएका मन्त्रालयहरू नै खर्चमा कमजोर देखिएका छन्। विनियोजित रकममध्ये खर्चको प्रतिशत हेर्दा अर्थ मन्त्रालय सबैभन्दा कमजोर छ।

परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल

प्राधिकरणले २०६९ मा नौ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्र गरेको थियो। तर विमानस्थल हाल प्रयोगविहीन भएको छ।

कम्प्युटर इन्जिनियरको चियापसल: भन्छन्– ‘कुनै पछुतो छैन’

'शुरूमा एउटा पढेर अर्कै काम गरियो भनेर निराश हुन्थेँ तर अहिलेचाहिँ कुनै पछुतो छैन। देशको अवस्था, बिदेसिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु।'

पाखो जग्गा बन्यो कागती बगैँचा

पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरूप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट छ लाख रुपैयाँ कमाइ गर्‍यो।

प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन

प्रधानमन्त्री कार्यालयले कार्यगत एवं नीतिगत सुधारका लागि प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयलाई दिएका निर्देशन कार्यान्वयनको प्रगति प्रतिवेदन माग गरेको छ।

घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन्। सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन

युनेस्को र पुरातत्त्व विभागले तोकेको मापदण्डविपरीत हुने गरी लुम्बिनी क्षेत्रमा संरचना नबनाउन तथा विद्यमान कानूनी प्रक्रियाभन्दा बाहिर गएर काम नगर्न पनि समितिले निर्देशन दिएको छ।

निसीमा खानेपानीको समस्या: बजेट अभावले शुरू भएन आयोजना

संघीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिएको छ। तर, १२ करोड ९८ लाख लागतको खानेपानी आयोजनामा दुई वर्षमा २३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ।

लगानी सम्मेलनअघि कुन-कुन कानूनमा कस्तो संंशोधन सिफारिस?

वैशाखमा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनअघि विभिन्न कानूनमा सुधारका लागि सिफारिस गर्न गठित कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ। 

दरवाङ–धारापानी सडक स्तरोन्नति, छोटियो यात्रा

दरवाङदेखि धारापानी पुग्न गाडीमा ४५ मिनेट लाग्ने गरेको थियो। सडक स्तरोन्नति भएपछि यात्राअवधि १५ मिनेटमा छोटिएको धौलागिरि–७ धारापानीका रिमप्रकाश थापाले बताए।

चिराइतो मूल्य बढ्दो, उत्पादन भने घट्दो

उत्पादन लागतसमेत नउठ्ने भएपछि किसानले चिराइतोको खेती गर्न छाडे। जसका कारण अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने घट्दै गएको छ। अहिले प्रतिमन ४५ हजार रुपैयाँमा बिक्री भइरहेको छ।

बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु

एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

मौसम परिवर्तनको असर: नगदे बाली फेर्दै किसान

बर्दिबास, गौशाला, औरही र भंगाहा नगरपालिका क्षेत्रका १०० भन्दा बढी बस्तीको मुख्यखेती नै भर्जिनिया सुर्ति थियो। जनकपुर चुरोट कारखाना धरासायी बन्दै गएसँगै घट्दै गएको यो खेती अहिले कतै देखिँदैन।

निसीखोलामा ४ वर्षमा १८ झोलुंगे पुल: फेरियो स्थानीयको दैनिकी

झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन।  पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ।

नारायणगढ–बुटवलखण्डमा ठेकेदारको ढिलासुस्ती, ५ वर्षमा ४६ प्रतिशत काम

कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुई पटक म्याद थपिएको छ। दोस्रो पटक थपिएको सम्झौताको म्याद २०८१ साउनसम्म रहेको भए पनि काम सन्तोषजनक हुन सकेको छैन। 

लहानका रतन साहले फलाए रंगीन काउली

लहान नगरपालिका–२४ का रतन साहले भारतबाट बीउ ल्याएर बैजनी र पहेँलो रंगका काउली उत्पादन गरेका छन्। उक्त काउली प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको छ।