‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीसँग बराबरीमा रोकिएपछि फ्रेन्ड्सलाई रेलिगेसनको दबाब थपिएको छ।
आर्थिक एवं राजनीतिक संकट गहिरिँदै जाँदा पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको ‘हटस्पट’ बन्ने जोखिम बढेको एफएओ र डब्ल्यूएफपीको चेतावनी छ।
गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
संकटा क्लबले ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ। दुई खेल बाँकी रहँदा संकटाले ३० अंक जोडेको छ।
सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरण प्रक्रियामा त्रुटि भएकाले त्यसलाई खारेज गरेर पुनः संसद्मा दर्ता गर्नुपर्ने बताएका छन्।
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
कृषि मन्त्रालयले कृत्रिम गर्भाधानमार्फत भैँसीको नस्ल सुधार गरी दूध उत्पादनमा वृद्धि गराउने लक्ष्यअनुरूप भारतबाट राँगा ल्याउन लागिएको जनाएको छ।
करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन्।
प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर आइतबार १ घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएको जनाएका छन्।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रतिनिधिसभामा डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितरक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताएका छन्।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन्।
नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको सपथ लिएकी छन्।
शेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले दाखिला गरेको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ।
राष्ट्रपति संस्था सैद्धान्तिक रूपले अभिभावक हुन नसक्ने अध्यक्ष लिङ्देनको भनाइ छ।
प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
११० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका सीता रानामगरले सर्वाधिक ३४ रनको योगदान दिइन्।
कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले गम्भीर राष्ट्रघात गरेको पोखरेल आरोप छ।
सरकारी वकिल कार्यालयका तर्फबाट आठ जनाले बहस गर्ने भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस शुरू हुन लागेको हो।
२०६३ जेठ २१ गते जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष सोही दिन जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउने गरिन्छ।