AnonymousUser

Logout

तराईमा अत्यधिक गर्मी, देशभर केहीदिन तापक्रम नघट्ने 

अत्यधिक गर्मी, चट्याङ तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

अर्थमन्त्री भन्छन्– कसैको फाइदा, बेफाइदाका लागि करका दर हेरफेर गरेको छैन

अर्थमन्त्री प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने हिसाबले करका दर परिवर्तन गर्ने काम नगरेको स्पष्ट पारेका छन्।

बजेटले लिएका लक्ष्य परिपूर्ति गर्ने गरी मौद्रिक नीति आउँछ: गभर्नर

गभर्नर अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले बजेटमार्फत लिएको ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्ने गरी आउने बताउँछन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद सवालजवाफ

प्रधानमन्त्री दाहाललाई सांसदहरूले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति, सीमा विवाद र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा प्रश्न गर्दा प्रतिनिधिसभामा चर्काचर्कीको स्थिति सिर्जना भएको छ।

सवारीसाधनको क्षमताका आधारमा करका दर कायम गर्नु नीतिगत भ्रष्टाचार : स्वर्णिम वाग्ले

रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन्।

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ९७ करोडको कारोबार

सोमबार २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता शेयर ३६ हजार ५६८ पटक खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रधानमन्त्रीलाई ओलीको प्रश्न– छिमेकीले सीमावारि फौज राख्दा हामी बोल्न नहुने, यस्तो पनि हुन्छ र?

एमाले अध्यक्ष ओलीले बंगलादेशसम्म जानका लागि जमिन दिनुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय प्रचलनमा नरहेको, देशको संविधानभन्दा पनि परको विषय भएको बताएका छन्।

दुई पटक पारित नागरिकता विधेयक सदनमै फिर्ता ल्याउनु संसद्को अपमान हो : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अघिल्लो सदनले विधिसम्मत ढंगले पारित गरेको विधेयकलाई अहिलेको संसद्ले मान्दिन भन्न नमिल्ने तर्क गरे।

के रुसका लागि ह्वेलले जासुसी गर्छ?

चार वर्षअघि पहिलोपटक भेटिँदा ह्वेल गोप्रो क्यामरासहितको माला लगाएको अवस्थामा थियो। मालामा ‘सेन्ट पिटर्सबर्गको उपकरण’ लेखिएका क्लिपहरू थिए।

राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस होइन अनुरोध मात्रै गरिएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणका लागि सिफारिस नगरी अनुरोध मात्रै गरेको बताएका छन्।

जिल्ला निर्वाचन कार्यालय खारेजीबारे आयोगले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

निर्वाचन आयोगले गृहमन्त्रीलाई कार्यालयमा बोलाएर सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको जिल्ला निर्वाचन कार्यालय खारेजीबारे ध्यानाकर्षण गराएको छ।

उडिशामा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालन

भारतको पूर्वी राज्य उडिशाको बालासोरनजिकै भएको दुर्घटनामा २७५ यात्रीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्।

सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' भनेपछि प्रतिनिधिसभामा नोकझोक

प्रधानमन्त्रीलाई भारत भ्रमणबारे प्रश्न गर्ने क्रममा रास्वपा सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' अभिव्यक्ति दिएपछि केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नोकझोक भएको छ।

सदनमा प्रधानमन्त्रीको जवाफ: कालापानी, लिपुलेक र लिम्पियाधुराको विकल्पमा बोलेको छैन

आफूले बोल्नुअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाको बारेमा बोलेको र दुवै देशका प्रधानमन्त्रीले एकैपटक सीमाबारे बोलेको पहिलोपटक भएको दाहालले बताए।

अर्को हवाई प्रवेश विन्दुबारे भारतसँग छलफल भएको छ: प्रधानमन्त्री दाहाल

नेपालगन्जलगायत शहरबाट भारतमा हवाई उडान गर्ने गरी छलफल अगाडि बढाइएको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन्। अहिले काठमाडौँबाट मात्र भारतीय शहरमा उडान हुन्छ।

चार सन्तान हत्या आरोपमा २० वर्ष जेल बसेकी महिला निर्दोष प्रमाणित

अष्ट्रेलियाकी काथ्लिन फोल्बिग चार सन्तानको हत्यामा २० वर्ष जेल बसेपछि निर्दोष प्रमाणित भएकी छन्। उनका १९ दिनदेखि १९ महिनासम्मका सन्तानको १० वर्षबीचमा मृत्यु भएको थियो।

अन्तिम खेलमा ला लिगा च्याम्पियन बार्सिलोना पराजित

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना सिजनको अन्तिम खेलमा १३औँ स्थानको सेल्टा भिगोसँग पराजित भएको छ। तर, लिग समाप्तीमा बार्सा दोस्रो स्थानको रियल मड्रिडभन्दा १० अंकले अघि रह्यो।

'भ्रष्टाचार गर्नकै लागि ठूला–ठूला आयोजना बनाइँदा रहेछन्'

हामी आइसकेपछि वायुसेवा निगममा चार अर्ब नाफा भयो। हामीले ऋण तिर्‍यौँ र जहाज किन्ने अवस्था आयो। 'ई-टिकेटिङ' शुरू गर्‍यौँ। १५/२० दिनमा ५०/६० लाखको मात्र टिकट बिक्ने ठाउँमा करोडौँको टिकट बिक्न थाल्यो।

पाल्पामा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ जना घाइते

रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए।

‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल–भारतबीच भुक्तानीमा सहजता आउँछ: गभर्नर

गभर्नर महाप्रसाद अधिकारीले ‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल र भारतबीच हुने भुक्तानीलाई सहज बनाउने बताएका छन्।