कर्मचारीहरू कार्यालय समय शुरू हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि केन्द्रले अनुगमन गरेको छ।
सांसद पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
नेपालमा ड्रागनखेती गर्ने कृषकको संख्या बढ्दै गएको छ। तर, यसको बजार सुनिश्चितता नहुँदा बिक्री नहुने समस्याले पिरोल्न थालेको उनीहरू बताउँछन्।
सरकारले नै सामुदायिक विद्यालयको स्तर खस्काएर महँगो प्राइभेट स्कुलमा पढाउन बाध्य पारेको श्रेष्ठको भनाइ थियो।
ग्रीसको सरकारले यो सबैभन्दा ठूलो आप्रवासी त्रासदीमध्ये एक भएको जनाउँदै तीन दिन शोकको घोषणा गरेको छ।
असार ३ मा पाँच वर्षे कार्यकाल सकिएर अवकाशमा जान लागेका अर्याललाई सरकारले कार्यकाल सकिनु चार दिनअघि मुख्य सचिव नियुक्त गरेको छ।
कार्कीले अदालतमा हुन सक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, अनुगमन तथा निगरानीमूलक संयन्त्रलाई क्रियाशील बनाउनेलगायत कार्ययोजना प्रस्तुत गरेका छन्।
सिंहदरबारमा बिहान ८:३० बजे शुरू भएको सुनुवाइमा कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरिरहेका छन्। यसपछि समितिका सदस्यले उनीमाथि प्रश्न सोध्नेछन्।
क्रोएशियाले उपाधिका लागि इटाली वा स्पेनसँग खेल्नेछ। फाइल खेल सोमबार हुनेछ।
पक्राउ परेका भारतीय नागरिकलाई अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाइने प्रहरीले जनाएको छ।
देशका मध्य तथा पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी यथावत् रहेको महाशाखाले जनाएको छ।
मृत्यु हुनेमा प्राय: सबै अफगानिस्तान र पाकिस्तानका पुरुषहरू रहेको द गार्डियनले जनाएको छ। तर, इटाली जाँदै गरेका ती आप्रवासी कसैले पनि तत्काल आफ्नो राष्ट्रियता खुलाउन नचाहेको बताइएको छ।
नेपालले यूएईको प्रतिनिधिमण्डलसँग नेपाली श्रमिकलाई यूएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्थालगायत विषयमा प्रस्ताव राखेको थियो।
लेबनानमा भएको शक्ति बाँडफाँटअनुसार त्यहाँ राष्ट्रपति क्रिश्चियन समुदायको हुनुपर्छ। तर, संसद्मा अनेक समूह हुँदा राष्ट्रपति निर्वाचन जटिल बन्दै गएको छ।
एलपीएल इतिहासमा पहिलोपटक भइरहेको अक्सनमा सन्दीपले स्थान बनाए पनि उनलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन्। उनी अघिल्लो संस्करणको एलपीएलमा डम्बुला जायन्ट्ससँग अनुबन्ध भएका थिए।
बेलिङघम सन् २०२० मा बर्मिङ्घम सिटीबाट डर्टमन्ड पुगेका थिए। १७ वर्षको उमेरमै देखाएको परिपक्कताबाट प्रभावित भएर डर्टमन्डले उनलाई अनुबन्ध गरेको थियो।
प्रहरीका अनुसार पाँच जनाले कुल ७४ करोड १३ लाखको कारोबार गर्दा मुख्य एजेन्ट दिनेश खड्काले मात्र ६४ करोड रुपैयाँको कारोबार गरेको पाइएको छ।
इक्वेडरमा चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि अन्त्येष्टिको ठीकअघि ७६ वर्षीया सेवानिवृत्त नर्स बेला मोन्टोयाले बायाँ हात हल्लाएर आफू जीवित भएको जनाउ दिएकी थिइन्।
बुधबार पूर्वी नेपालबाट भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती र गण्डकी प्रदेशसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खाँणका तर्फबाट बुधबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन्।