रुसी क्षेप्यास्त्र आक्रमणबाट युक्रेनको राजधानी किभमा ९ वर्षीया एक बालिका र उनकी आमासहित तीन जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भारतले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएलएस सञ्चालन गर्न अनुमति दिएको छ।
कांग्रेस महामन्त्री गगन थापाले सबै गुट भत्काएर पार्टीलाई पुनर्निर्माण गर्नुपर्ने बताएका छन्। उनले कांग्रेसलाई बदल्न चाहनेहरूलाई विगतका दाइहरूको साथ छाड्न आग्रह गरेका छन्।
रास्वपाले ‘सांसद विकास कोष’ खारेजीका लागि संघीय संसद् सचिवालयमा बिहीबार संकल्प प्रस्ताव दर्ता गराएको छ।
विषेश अदालतले भ्रष्टाचार मुद्दामा कर फर्स्योट आयोगका तत्कालीन सदस्य चूडामणि शर्मासहित ३ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको छ।
पीएसजीका प्रशिक्षक क्रिस्टोफ ग्लाटियले लियोनल मेस्सीले क्लब छाड्ने पुष्टि गरेका छन्।
एनआरटीविरुद्ध जितसँगै पुलिस अंक तालिकामा चौथो स्थानमा यथावत् छ। २३ खेलमा १० जित, ४ बराबरी र ९ हार बेहोरेको पुलिसले ३४ अंक जोडेको छ।
उच्च अदालत पोखराले फेवातालको सिमसार क्षेत्र पुर्ने काम तत्काल रोक्नका लागि प्रहरी निरीक्षकको नेतृत्वमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन, तालको अवस्था बुझ्न समिति गठन गर्न अन्तरिम आदेश दिएको छ।
एमाले उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनुले जनताको अधिकार र संसद्माथि प्रहार भएको बताएका छन्।
‘ए’ डिभिजन क्लबहरूले लिग सकिएपछि मात्रै साफ च्याम्पियन्सिपका लागि खेलाडी फुकुवा गर्ने निर्णय गरेका छन्।
नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ तत्काल कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सात वटा सम्झौतामा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग तीन महिनाभित्र पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने र एक वर्षमा निर्माण अघि काम बढ्ने सहमति भएको बताएका छन्।
हैदराबाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका छन्। बथनाहाबाट भारतीय पक्षले बिदाइ गरेको रेललाई बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन्।
पत्रकार सम्मेलनमा मोदीले सन् २०१४ मा आफूले पहिलोपटक प्रधानमन्त्री बनेको तीन महिनामै नेपाल भ्रमण गरेको स्मरण गर्दै त्यसबेला नेपाल–भारत सम्बन्धका लागि आफूले भनेका कुरा चरितार्थ भएको बताए।
नेपालले तेस्राे खेलमा मलेसियालाई २७ रनले पराजित गरेकाे छ। यसअघि पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो।
आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर अहिले नै महँगो रहेको अवस्थामा भ्याट थप्दा झनै महँगो पर्ने र यात्रुले खरिद गर्न नसक्ने नाट्टाको भनाइ छ।
मृत्युको मुखमा पुगेका एक मलेसियन आरोहीलाई सगरमाथा शिखर नजिकबाट गेल्जे शेर्पाले उद्धार गरेका छन्। उक्त क्षेत्रबाट उद्धार गर्नु लगभग असम्भवजस्तै भएको पर्यटन विभागका अधिकारी बताउँछन्।
दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपालले जेठ २५ मा स्कटल्यान्ड र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने छ। त्यसपछि टोली जिम्बावे प्रस्थान गर्ने छ।
चीनका राष्ट्रपति सी चिनफिङले एआईका कारण राष्ट्रिय सुरक्षा समस्याका जटिलता नाटकीय रूपमा बढिरहेको बताएका छन्। चीनले यसलाई नियन्त्रण गर्न गत महिना नयाँ कानूनको मस्यौदा तयार गरेको छ।