जोगिन्दरले २०६१ सालदेखि निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याइरहेका छन्। मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय भ्रष्टाचारलाई व्यंग्य गरिएको छ।
केदारनाथमार्गस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा जुम्लाको पातारासी गाउँपालिका वडा नं २ र ३ घर भएका ११ जना परेका हुन्।
लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम मर्दा र रोपाइँ प्रभावित हुँदासमेत यसको नियन्त्रणमा कसैको ध्यान नपुगेको किसानको गुनासो छ।
'सुन तस्करीको अनुसन्धानको नेतृत्व गरिरहेको राजस्व अनुसन्धान विभागको कार्यशैलीले हामीलाई सशंकित बनाएको छ।'
दोस्रो क्वालिफायरमा टाइगर्स र नाइट्सबीच शनिबार राति प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले उपाधिका लागि आइतबार सर्रेसँग खेल्नेछ।
कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब अवरोध खोल्नुपर्ने बताएका छन्।
एमालेका सांसद लीलानाथ श्रेष्ठले सीआईबीले सुन तस्करी प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन्।
आज साउन १९ शुक्रबार, यो हप्ताभर सबैभन्दा बढी सुनकै चर्चा भयो। राजस्व अनुसन्धान विभागको अनुसन्धान, राजनीतिक कनेक्सन र बरामद सुनको व्यवस्थापनको चर्चा हुँदा अन्य केही विषय भने छायामा परे।
सन् २०१९ को लोकसभा निर्वाचनको चुनावी र्यालीमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदी र मोदी थर गरेका नेताको मानहानि हुने गरी भाषण गरेको भन्दै गान्धीविरुद्ध मुद्दा चलेको थियो।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति चित्रबहादुर केसीले कुनै पार्टी तथा व्यक्ति विशेष मात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको टिप्पणी गरेका छन्।
विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले राष्ट्रिय शैक्षिक क्यालेन्डरअनुसार त्रिविलगायत सबै विश्वविद्यालयले तोकिएको समयमा अध्यापन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नुपर्ने बताए।
द्वन्द्वपीडितले संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई संशोधन गर्न संसद्मा विचाराधीन टीआरसी विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिएका छन्।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका छन्।
हिजो सबै अवसर आफैँले लिएको एउटा वर्ग, जाति र परिवारको पोषण समानुपातिक र समावेशिताले समाप्त भएको छ। त्यसकारण कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमासमेत यसविरुद्ध आवाज उठ्यो।
सरकारले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन गर्न नसकेको निर्माण व्यावसायीको आरोप छ।
गौरीशंकर गाउँपालिका– ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती पहिरोमा बेपत्ता छन्। स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको छ।
देशभर आँखा पाक्ने रोगका बिरामी बढेका छन्। यसबाट बच्न स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने, अरूले प्रयोग गरेको रुमाल, तौलिया र साबुन प्रयोग नगर्नेलगायत उपाय अपनाउन सकिन्छ।
बिहीबार आयोजित रात्रिभोजमा प्रधानमन्त्री सरिफले विधानसभाको कार्यकाल सकिनुभन्दा तीन दिन अगाडि अगस्ट ९ मा राष्ट्रियसभा भंग गर्ने जानकारी गराएका छन्।