मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० सदस्य मनोनयन गरेका हुन्।
दिउँसो मधेश, बागमती र गण्डकी तथा कोशी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। मधेश र बागमतीका केही स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
किंग्स कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल पुलिस क्लब र नेपाल गणतान्त्रिक महासंघबीच हुने भएको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विवादास्पद छविका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्ने सरकारको निर्णयप्रति आफ्नो पार्टीको प्रष्ट विमति रहेको बताए।
एमाले सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कामबाट ढुक्क हुन नसकेको बताएका छन्।
सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न ढाकेको प्रधानमन्त्रीसहित शीर्ष नेताबीचको बैठक विनानिष्कर्ष टुंगिएको छ।
प्रतिनिधिसभाको सोमबारका लागि डाकिएको बैठक सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित भएको छ।
सोमबार बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
मछिन्द्रले मंगलबार एएफसी कपको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ।
सीआईबीले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अघि बढाएको छ। यो प्रकरणको छानबिनका लागि प्रहरी उपरीक्षक सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेको छ।
नेपालमा सात हजार ७३३ जनामा डेंगी संक्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा बोलाएको शीर्ष दलका नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ। अर्को बैठक सोमबार नै साढे ३ बजे बस्ने भएको छ।
राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै हिमालयन र कुमारीसहित तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।
प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि सोमबार बोलाइएको राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।
करिब चार दशक सत्तामा रहेका कम्बोडियाली नेता हुन सेनले प्रधानमन्त्री पद त्याग गरेका छन्। उनले आफ्नै छोरा हुन मानेटलाई नयाँ प्रधानमन्त्री नियुक्त गराएका छन्।
पराजुलीको यो छैटौँ कथासंग्रह हो। यसअघि उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासंग्रह प्रकाशित भएका छन्।
सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्ष एमालेका प्रमुख सचेतक र सचेतकहरूको बैठकले संसदीय समितिको भागबन्डा टुंग्याउँदा चौँथो ठूलो दल रास्वपा र पाँचौँ राप्रपालाई बाहिर राखिएको छ।
रकम भुक्तानी माग गर्दै निर्माण व्यवसायीहरूले बिजुलीबजारदेखि बानेश्वरसम्म सिठी जुलस प्रदर्शन गरेको छ। केही दिनदेखि व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन्।