AnonymousUser

Logout

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

मियामीले ओर्लान्डो सिटीलाई हरायो, मेस्सीको २ गोल

मेस्सीले मियामीका लागि तीन खेलमा पाँच गोल गरिसकेका छन्।

विरोध

सहकारी पीडितको विरोध प्रदर्शन: बिजुलीबजारमा तनाव

सहकारी पीडितले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। सहकारीमा राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै सहकारी पीडितले सडक प्रदर्शन गर्दै आएका छन्। आफूले बचन गरेको रकम फिर्ता माग्दै आन्दोलन गर्दै आएका सरकारी पीडितहरूले माइतीघरदेखि बानेश्वरतर्फ आउँदै गर्दा बिजुलीबजारको पुलमा सडक अवरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गर्दा तनाव स्थिति सिर्जना भएको थियो। उनीहरूले सडकमा बसेर धर्ना दिन थालेपछि प्रहरीले हस्तक्षेप गरी खुलाएको थियो। लगत्तै बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। सहकारीमा राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै आएका छन्। त्यस्तै उनीहरूले फरार, बन्द बचत तथा ऋण सरकारी सञ्चालक समिति कर्मचारी उनका परिवार आफन्त नातागोता र निजका तीन पुस्ते सम्पत्ति तत्काल रोक्का गर्न माग गरेका थिए।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे सम्बन्धविच्छेद

प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राम पोस्टमा ‘गहिरो माया र सम्मानको साथ नजिकको परिवार’ रहने उल्लेख गरेका छन्।

सेनामा जागिर लगाइदिने भन्दै १५ लाख ठगी, ८ जना पक्राउ

पक्राउ परेका नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु, सो बापत नगद दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

सर्रे ८ विकेटले विजयी, जन्मदिनमा सन्दीपलाई प्लेयर अफ द म्याच अवार्ड

उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए।

बागमती र गण्डकीमा भारी वर्षा तथा तराईमा हावाहुरीको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकीमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगलादेशी विपक्षी दलका कार्यवाहक अध्यक्षलाई भ्रष्टाचार अभियोगमा नौ वर्षको जेल सजाय

बेलायत निर्वासनमा रहेका बीएनपीका कार्यवाहक अध्यक्ष तथा थुनामा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई भ्रष्टाचार अभियोगमा नौ वर्षको जेल सजाय सुनाइएको छ।

बिजुलीको अनियमित आपूर्तिले समस्या परेको भन्दै होटल संघ पोखराले गर्‍यो प्राधिकरणको ध्यानाकर्षण

विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीका प्रमुख जगदीशचन्द्र जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण समयसमयमा बिजुली जाने समस्या भएको बताएका छन्।

सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएसँगै सरकारले पायो पूर्णता

सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्रीमा कांग्रेसका शिवराज भट्ट र नागरिक उन्मुक्तिका रामेश्वर चौधरी छन्। नागरिक उन्मुक्तिका कैलाश चौधरी राज्यमन्त्री भएका छन्।

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, सभामुख छाडेका गौतम पनि मन्त्री

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले एक महिनामा दोस्रोपटक शपथ लिएका छन्। सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएर समर्थन गरेपछि थापा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।

डेंगीको संक्रमण रोकथामका लागि काठमाडौँ महानगरले थाल्यो अभियान

डेंगीको संक्रमणबाट हुनसक्ने महामारी रोकथामका लागि काठमाडौँ महानगरले लार्भा नष्टका साथै सचेतना अभियान थालेको छ। यो अभियान महानगरका सबै वडामा सञ्चालन गरिएको छ।

नेप्से परिसूचक ९.२५ अंकले बढ्यो

बुधबार २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर ३५ हजार ८३५ पटक खरिदबिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको छ।

निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिमा सभामुख असन्तुष्ट

सरकारले दिने भुक्तानी रोकिएको भन्दै ठेकेदारले नापी नापी काम गर्दा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नभएको सभामुख घिमिरेले बताएका छन्।

साढे ७ लाख माओवादी कार्यकर्ता भएको दाहालको दाबी, भदौदेखि संगठन सुदृढीकरण अभियान

केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा धेरै १ लाख ४७ हजार ५५३ माओवादी कार्यकर्ता बागमती प्रदेशमा रहेका उल्लेख छ।

एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा हुने

एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता नेपालमा आयोजना हुने अहिलेसम्मकै दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

माओवादी केन्द्रीय समिति बैठक शुरू

बैठकको प्रारम्भमा सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताएका छन्।

असुरक्षाको कारण देखाउँदै एकदिन अगाडी सारियो भारत र पाकिस्तानबीचको खेल

भारतले अस्ट्रेलियासँगको खेलबाट विश्वकपको शुरूआत गर्ने छ। यी दुई टोली ८ अक्टोबरमा चेन्नईमा भिड्ने छन्।

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ: पराराष्ट्रमन्त्री

संसदीय समितिको मंगलबारको बैठकमा प्रस्तावित छ राजदूत सिफारिसका सम्बन्धमा समावेशी चरित्र नदेखिएको भन्दै सांसदले प्रश्न उठाएका थिए।

सोह्रौँ योजनाको अवधारणापत्र स्वीकृत, विद्युतीय सुशासन मुख्य प्राथमिकतामा

संसद्का सदस्य, प्रमुख राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, विद्वत्वर्ग तथा पेसाविद्, मन्त्री तथा सचिव र विकास साझेदारसँग मंसिर तेस्रो हप्तासम्ममा छलफल गरिसक्ने कार्यतालिका बनाइएको छ।