AnonymousUser

Logout

लिग कप: मेस्सी प्रेरित मियामी क्वार्टरफाइनलमा

नियमित समयमा मेस्सीको २ गोलसँगै मियामी र डालासले ४-४ गोलको बराबरी खेलेका थिए। तर पेनाल्टी सुटआउटमा विजयी हुँदै मियामी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

सर्वोच्च अदातलले मन्त्रिपरिषद्को निर्णयमा संलग्नहरूमाथि पनि अनुसन्धान गर्न आइतबार नेपाल प्रहरीसमेतलाई आदेश दिएसँगै तत्कालीन प्रधानमन्त्री तथा विभागीय मन्त्रीहरू अनुसन्धानको दायरामा परेका हुन्।

संसदको अवरोध हटाउने विषयमा सभामुखले शीर्ष दलका प्रमुख नेतासँग छलफल गर्ने

सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख नेतालाई बैठकका लागि बोलाएका छन्।

सर्वोच्चको आदेशपछि बाबुराम भट्टराईको टिप्पणी- मेरो प्रमकालमा भएका निर्णयहरूको निष्पक्ष छानबिन होस्

सर्वोच्चको आदेशसँगै ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेपछि भट्टराईले छानबिन भएमा सहयोग गर्ने बताएका छन्।

मनसुनको न्यूनचापीय रेखा नेपालतिर सर्‍यो, सोमबारबाट अधिक वर्षा हुने

अहिले बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालतिर सरेका कारण सोमबारदेखि तुलनतात्मक रूपमा बढी पानी पर्नेछ।

दीपेन्द्र सम्मिलित टाइगर्सले जित्यो ग्लोबल टी२० को उपाधि, फाइनलमा सन्दीपको टिम पराजित

फाइनलमा १७ बलमा १६ रन मात्र बनाएका दीपेन्द्रले आवश्यक गतिमा रन बनाउन नसकेपछि प्रशिक्षकले 'रिटायर्ड आउट' गराएर आन्द्रे रसेललाई क्रिजमा पठाएका थिए। फाइनलमा अर्का नेपाली खेलाडी सन्दीप पनि विकेटविहीन भए।

द्वन्द्वकालका पीडकलाई उन्मुक्ति दिए आन्दोलनमा जाने चेतावनी

मानवअधिकार तथा शान्ति समाजले सरकारबाट सशस्त्र द्वन्द्वकालका पीडकलाई आममाफी दिने काम भए राष्ट्रिय रूपमै आन्दोलन गर्ने चेतावनी दिएको छ।

माओवादी केन्द्रले तीन महिने अभियान चलाउने, अध्यक्ष दाहाल सात प्रदेशका सात वडामा पुग्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको छ। अभियान सञ्चालनका क्रममा सात प्रदेशका सात वडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल आफैँ सहभागी हुने भएका छन्।

पाकिस्तानमा रेल दुर्घटना हुँदा २८ जनाको मृत्यु

पाकिस्तानको कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेसननजिकै दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ।

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद‍्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतको यो आदेशसँगै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

‘माओवादी केन्द्र एकढिक्का भएको छ, फेरि देशको नेतृत्व लिनेगरी अघि बढ्छ’

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विधि, पद्धतिभन्दा बाहिर नजाने दाबी गर्दै सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्ने बताएका छन्।

१०० किलो सुन तस्करी प्रकरण अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीलाई, राजस्व अनुसन्धान विभागले बुझायाे सबै विवरण

विभागले अहिलेसम्मको अनुसन्धान लगायतका सबै विवरणसहित अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको छ।

मानवअधिकार उलंघनको घटनामा संलग्नहरूलाई आममाफी दिन सकिँदैन: रमेश लेखक

कांग्रेस प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, मानवअधिकार रहने, कानूनको शासन जीवित रहने र दण्डहीनता समाप्त हुने ढंगले टीआरसी विधेयक सांसदबाट पारित गराइने बताए।

नेप्से ३८.३७ अंकले घट्यो, २ अर्ब ६८ करोडको कारोबार

आइतबारको कारोबारपछि नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा सीमित भएको छ।

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासमा राजेन्द्र शाक्यसहित सात खेलाडी दोस्रो चरणमा प्रवेश

घरेलु स्क्वासको सबैभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ।

सदनमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै नेतृत्वप्रति एकीकृत समाजवादीका नेताहरूको असन्तुष्टि

नेकपा एकीकृत समाजवादीका नेताहरूले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको छ : मन्त्री साउद

मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका छन्।

पाँचौँ गणेशमान सिंह बक्सिङ भदौ तेस्रो साता 

ललितपुर किकबक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङ्‌गाउँमा सञ्चालन हुनेछ।   

उत्पादनमा कमी र भारत निर्यात हुन थालेपछि गोलभेँडाको मूल्य वृद्धि: व्यावसायी

अहिले टनेल बाहिरको गोलभेँडा प्रतिक्रेट दुई हजार ५०० र टनेलभित्रको दुई हजार ८०० रुपैयाँ पुगेको छ। भारतमा दुई हजार ८०० प्रतिक्रेटमा निर्‍यात भइरहेको छ।

कम्बोडियामा सत्तारुढ सीपीपीलाई बहुमत, हुन सेन पुनः प्रधानमन्त्री बन्ने

निर्वाचन भएको १२५ सिटमध्ये सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी)ले १२० सिटमा जित हासिल गरेको छ।