पूर्वभारतीय खेलाडी पल्सीकार भारतीय र बंगलादेश महिला क्रिकेट टोलीको सहायक प्रशिक्षक भइसकेकी छन्।
अविरल वर्षासँगै शनिबार राति ९ बजेतिर गएको पहिरोले स्थानीय गणेश तामाङको घर पुरेको थियो।
भारतको श्रावस्ती जिल्लास्थित इकौनामा कार दुर्घटना हुँदा नेपालगन्ज–११ त्रिभुवनचोकका छ जनाको मृत्यु भएको छ। वैभवबाट नेपाल फर्कने क्रममा दुर्घटना भएको हो।
आफ्नो 'समाजवादी मोडेल'बाट यिनले सर्वप्रथम स्वयम् शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई 'डेलिभरी' दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु न ओकल्नु हुनेछ।
मोन्टरियल टाइगर्सलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए। दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान दिए।
भूगोल, अवस्थिति, शक्ति राष्ट्रको चासो र अभ्यासले नेपालको आन्तरिक र परराष्ट्र मामिलामा कस्तो असर पारिरहेको छ? भन्ने विषय पुस्तकमा उल्लेख भएको परराष्ट्र मामिला विज्ञ डा. इन्द्र अधिकारीले बताइन्।
आफ्नो ‘समाजवादी मोडेल’बाट यिनले सर्वप्रथम स्वयं शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई ‘डेलिभरी’ दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु र ओकल्नु हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डमा पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
पुलिस क्लबले एन्फा यू–१६ युथ फुटबल लिगमा आर्मीमाथि ६–१ को रबाफिलो जित निकालेको छ।
अर्थमन्त्री महतले स्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायको समस्या समाधान गर्न कठिनाइ भएको बताएका छन्।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम ‘भेप’मा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै केन्द्रीय सदस्यहरूले उनीमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्।
चिकित्सकले कोभिड–१९ झैँ हातको सरसफाइ, सामाजिक दूरी कायम गर्न सके आँखा पाक्ने रोगबाट बच्न सकिने सुझाव दिएका छन्।
तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन्।
गहिरो दर्शन, व्याख्यात्मक आख्यान र अनुसन्धानमूलक कृतिमा मान्छेको रुचि घटेको जस्तो देखिन्छ। त्यसले सतही र हचुवा ज्ञानको खतरा हुन्छ। त्यसबाट बच्नु आवश्यक छ।
इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले अदालतको आदेशलाई पक्षपाती भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र हितका विषयमा दलहरू मिल्नुको विकल्प नरहेको, तर सरकार यसमा गम्भीर नभएको बताएका छन्।
सुडानमा दुई करोडभन्दा बढी मानिसले गम्भीर भोकमरीको सामना गरिरहेका छन्। जुन संख्या गत वर्षको तुलनामा झन्डै दोब्बर हो।
नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन शेर्पाले साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए।
पारो र मछिन्द्रबीचको खेल साउन २३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। उक्त खेल जित्ने टिमले साउन ३१ गते मोहन बगान सुपर जायन्टको सामना गर्नेछ।
प्रधानन्यायाधीश कार्कीले राजनीतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालय न्यायाधीश बिनाको हुने अवस्था आएको बताएका छन्। समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरू रित्तिँदै गएको उनको भनाइ छ।