AnonymousUser

Logout

लेकसाइडस्थित पार्क मासेर सार्वजनिक शौचालय नबनाउन गरेको अन्तरिम आदेशले पायो निरन्तरता

पोखरा महानगरले १ करोड ४० लाख रुपैयाँ लागतमा अत्याधुनिक शौचालय बनाउने सम्झौता गरेको थियो। तर लेकसाइडस्थित भीएनवाई पार्क मासेर शौचालय बन्ने भएपछि स्थानीय विरोधमा छन्।

‘क्रसिङ कन्टिनेन्ट’ प्रदर्शनीमा ६ देशका १२ कलाकारका कलाकृति

प्रदर्शनीमा पौवा चित्रकला, मुरल, समसामायिक, मानवता, विश्व परिवेशलगायत विषयका चित्रकला राखिएका छन्। तीन दिन चल्ने प्रदर्शनीमा ५०० अवलोकनकर्ता आउने आयोजकको अनुमान छ।

बेइजिङमा बाढी र डुबानमा परी पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु, अझै १८ बेपत्ता

जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो। १४० वर्षयता रेकर्ड गरिएको सबैभन्दा ठूलो वर्षापछि आएको बाढी र डुबानले व्यापक क्षति गरेको छ।

डुरान्ड कप: अग्रता जोगाउन नसक्दा आर्मीले दिल्लीसँग अंक बाँड्यो

त्रिभुवन आर्मीका लागि खेलको ३९ औँ मिनेटमा दिनेश हेन्जनले गोल गरेका थिए। तर ८८औँ मिनेटमा आई लिग क्लब दिल्ली एफसीका लागि गिरिक खोस्लाले गोल फर्काएका थिए।

नेप्से परिसूचकमा ४१.०६ अंकको वृद्धि, म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक बढ्यो

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्ष काठमाडौँ महानगरले उठायो १० अर्ब राजस्व, बहाल करको हिस्सा सबैभन्दा धेरै

काठमाडौँ महानगरले सबैभन्दा बढी आन्तरिक राजस्व घरबहाल करबाट उठाएको छ। गएको आर्थिक वर्ष बहाल कर २ अर्ब ५६ करोड रुपैयाँ उठेको छ।

कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। छिट्टै सत्यतथ्य बाहिर आउने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। 

एमालेको अवरोधपछि स्थगित भयो संसद्, अर्को बैठक २६ गते

पटक–पटक आग्रह गर्दासमेत एमाले सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका छन्। अर्को बैठक साउन २६ गते बस्नेछ।

कपिलवस्तुमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ।

उपसभामुखको गुनासो– जनजाति भएकाले नै मलाई बोल्न दिइएन

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी छन्। 

संखुवासभा कारागारमा झडप, २ कैदीबन्दीको मृत्यु

कारागारमा झडप हुँदा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभा मादी घरका विनोद तोलांगीको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

आँखा पाक्ने रोग फैलिएपछि बाँकैमा विद्यालय बन्द

बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्।

मकवानपुर पहिरो: २ जनाको शव भेटियो, ३ अझै बेपत्ता

प्रहरीका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिलाको शव फेला परेको हो। यससँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सदन खुलाउने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यतालिका छ। त्यसअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो।

बाढी–पहिरोले देशभरका ४ राजमार्ग पूर्ण अवरुद्ध, खुलाउने प्रयास जारी

तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिरो नरोकिएकाले समस्या भइरहेको छ। 

मदन पुरस्कार २०७९ का लागि उत्कृष्ट ५ पुस्तक छनोट

प्राप्त भएका ३१३ पुस्तकबाट पाँच पुस्तक छानिएको गुठीले जनाएको छ। यिनै पाँचमध्ये सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ को मदन पुरस्कार प्रदान गरिनेछ।

महोत्तरीमा बाढीले बगाउँदा युवक बेपत्ता

मरहा खोला तर्ने क्रममा बाढीले बगाएर सोनम गाउँपालिका–३ का जाबिर अन्सारी बेपत्ता भएका छन्।

आदिवासी जनजाति दिवस मनाइँदै, आदिवासी युवाको सशक्तीकरणमा जोड

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष अगस्ट ९ मा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने निर्णय गरेको थियो। 

कस्तो रहनेछ बुधबारको मौसम?

बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। 

‘जलविद्युतका समस्या समाधान गर्न दलका साझा धारणा र प्रतिबद्धता आवश्यक’

सांसदहरूले जलविद्युतका समस्या समाधान गर्न सबै राजनीतिक पार्टीहरूका बीचमा प्रतिबद्धता जनाउने फोरम आवश्यक रहेको बताएका छन्।